NE/Prabhupada 1054 - वैज्ञानिक, दार्शनिक, विद्वान सबै नास्तिक छन्



750522 - Conversation B - Melbourne


प्रभुपाद: यो संयुक्त राष्ट्रसंघ असफल भएको छ र यो असफल हुनेछ किनकि त्यहाँ भागवत चेतना छैन |

बब बर्न: मैले लाग्दैन कि यो असफल हुन्छ |

प्रभुपाद: हँ ?

बब बर्न: मलाई लाग्दैन कि यो असफल हुन्छ | मलाई लाग्छ संसारभरि परिस्थिति परिवर्तन हुँदैछ | यो केवल उनीहरुले अपनाउने मार्गमा निर्भर छ |

प्रभुपाद: होइन, के परिवर्तन हुँदैछ ? तिनीहरु पुनः युद्धको तयारी गर्दैछन् | कहाँ परिवर्तन छ ? एउटा सानो निहुँमा युद्ध हुन सक्छ |

रेमन्ड लोपेज: हो, तर मानिसहरु अहिले परिवर्तन हुँदैछन् | हजुरले युवाहरुलाई समौनुभाएको छ जो कैयौं वर्षमा पहिलो पटक सचेत हुँदैछन् र आफ्नो शहर बाहिरको गतिविधिमा रुची राख्न थाल्दैछन्, आफ्नो व्यक्तिगत राज्य वा त्यस्तै क्षेत्रभन्दा बाहिरको मतलब गर्न थालेका छन् | युवावर्गहरु गरिबी लगायतका विषयमा रुची राख्छन् | उनीहरु बंगलादेश जस्ता राष्ट्रमा रुची राख्छन् | यो राम्रो हो | तर ठुलो संख्यामा मानिसहरुको विचार यो छ कि "म ठिक छु र मेरो ख्याल म स्वयं राख्नेछु," र उनीहरु समग्र परिस्थितिलाई पनि हेर्दैनन् | र मलाई लाग्छ भिन्न धारणा, भिन्न विश्वासको कारण हजुरले भन्नुभएको कुरा बुझ्न कठिन हुन्छ | प्रभुपाद: हो, सुरुमा त्यो गाँठो खोल्नुपर्छ | पहिलो कुरा भनेको सबजनाले बुझ्नुपर्छ कि सम्पूर्ण वस्तुहरु भगवानको स्वामित्वमा छन् | तर तिनीहरुसँग भगवानको पनि धारणा छैन | वर्तमान समयमा मानव समाजमा अधिक मानिसहरु, विशेषगरी साम्यवादीहरु नास्तिक छन् | तिनीहरुले स्वीकार्दैनन् | वैज्ञानिक, दार्शनिक, विद्वान सबै नास्तिक छन् | भगवानलाई नकार्नु वैज्ञानिकको विशेष कार्य हुन्छ | तिनीहरु भन्छन् "विज्ञान सबै कुरा हो | हामीले विज्ञानबाट जे पनि गर्न सक्छौं | भगवानको कुनै आवश्यकता छैन |" हँ ?

व्याली स्ट्रोब्स: मलाई लाग्दैन कि अझै त्यस्तो हुन्छ | ऊनीहरु धेरै प्रबुद्ध छन् |

प्रभुपाद: अहिले छैन ?

व्याली स्ट्रोब्स: मलाई लाग्छ कुनै समुहमा छन् |

प्रभुपाद: तिनीहरु नभएको कुनै समय थिएन तर यदि तिनीहरुले अनुभूति गर्दैछन् भने त्यो धेरै राम्रो हो |

रेमन्ड लोपेज: तर हजुरले भन्न सक्नुहुँदैन कि वैज्ञानिकहरु भगवानको इच्छा विपरित कार्य गर्दैछन् |

प्रभुपाद: तिनीहरुले भन्छन् | मैले धेरै वैज्ञानिकहरुलै भेटेको छु | तिनीहरुले भन्छन् कि "हामी हरेक समस्याको समाधान वैज्ञानिक विकासद्वारा निकाल्नेछौँ | हामीले पहिल्यै गरिसक्यौं |" तिनीहरुले त्यसो भन्छन |

रेमन्ड लोपेज: तर तिनीहरुले.......

प्रभुपाद: जस्तै एउटा ठुलो रासायनिक सिद्धान्त छ | एउटा ठुलो वैज्ञानिक..... ठुलो वा सानो, ऊ जे पनि होस्, उसले नोबल पुरस्कार पाएको छ |

रेमन्ड लोपेज: ऊ मध्यम आकारको छ | (हाँस्दै)

प्रभुपाद: हँ ?

रेमन्ड लोपेज: ऊ मध्यम आकारको छ |

प्रभुपाद: उसको सिद्धान्त अनुसार जीवन असयानिक समिश्रण एवं रासायनिक विकासबाट आउँछ | दर्विनको सिद्धान्त पनि त्यस्तै हो | यो तिनीहरुको..... ठुला, ठुला वैज्ञानिकहरु यति मुर्ख छन् कि तिनीहरु जीवन पद्धार्थबाट आउँछ भन्छन् | प्रमाण कहाँ छ ? उसले क्यालिफोर्निया विश्वविद्यालयमा भाषण दिंदैथ्यो र एक विद्यार्थी, उनी मेरा शिष्य हुन्, उनले चुनौती दिए कि "यदि तिमीसँग उपयुक्त रसायन छ भने के तिमीले जीवन उत्पन्न गर्न सक्छौ ?" जवाफ यो थियो कि "त्यो म भन्न सक्दिनँ |" किन ? तिमीले जीवन रसायनबाट उत्पन्न हुन्छ भन्ने सिद्धान्त अघि सरेका छौ | विज्ञानको अर्थ अवलोकन र अनुसन्धान हुन्छ | अब अनुसन्धानद्वारा प्रमाणित गर कि रसायनले जीवन उत्पन्न गरेको छ |

रेमन्ड लोपेज: तिनीहरु प्रयासरत छन् | (हाँस्दै)

प्रभुपाद: त्यो अर्को मुर्खता हो | यदि तिमी वकिल बन्न प्रयासरत छौ भने त्यसको अर्थ तिमी वकिल भइसक्यौ भन्ने होइन | जब तिमी कानुनको विद्यार्थी हुन्छौ, तब तिमीले भन्न सक्दैनौ कि "म वकिल हुँ वा म अधिवक्ता हुँ |" त्यो तिमीले भन्न सक्दैनौ | यो फरक कुरा हो कि तिमी बन्ने प्रयासमा छौ | तर बन्ने प्रयास गर्दा पनि तिनीहरु अगुवाको स्थान ओगट्दैछन् | त्यसको वर्णन श्रीमद भागवतममा दिइएको छ, अन्धा यथान्धैर् उपनीयमानाः (श्री भा ७|५|३१): "एउटा अन्धो मानिसले अरु अन्धा मानिसहरुको नेतृत्व गर्ने प्रयास गर्दैछ |" त्यस्तो नेतृत्वको के अर्थ ? यदि अगुवा अन्धो छ भने उसले अरु अन्धा मानिसहरुको नेतृत्व कसरी गर्न सक्छ ?

बब बर्न: बिथोवेन बहिरा थिए |

प्रभुपाद: हँ ?

बब बर्न: बिथोवेन बहिरा थिए |

प्रभुपाद: के भनेको ? मधुद्विष: माहान संगीतकार बिथोवेन बहिरा थिए |

बब बर्न: कम्तिमा जीवनको केहि भाग |

रेमन्ड लोपेज: मानिसहरुलाई कुनै राम्रो नतिजाको लागि राम्ररी कार्य गराउन सकिंदैन ?

प्रभुपाद: तर उसलाई थाहा छैन कि राम्रो के हो |

रेमन्ड लोपेज: तर केहि विषयहरु.....

प्रभुपाद: तसर्थ मैले अन्धो भनेको | उसलाई थाहा छैन कि राम्रो के हो | वास्तविक राम्रो कार्य भनेको भगवानलै बुझ्नु हो |

रेमन्ड लोपेज: तर केहि विषयहरु छन् जुन....... तिनीहरु राम्रा हुन्छन तर त्यसै हेरर तिनीहरुलाई राम्रो भन्न सकिंदैन | अब, यदि हजुरले एउटा गाडीले हानेको वृद्धा महिलालाई देख्नुभयो भने हजुरले उसको मदत गर्नुहुन्छ | मलाई लाग्छ केहि कार्यहरु आफैँमा राम्रा हुन्छन् र मानिसहरुले ती कार्य भगवानको कुनै धारणा बिना पनि राम्रो कार्य गर्न सक्छन |

प्रभुपाद: होइन | जबसम्म तिमीसँग वास्तविक धारणा छैन, तबसम्म तिमीले कसरी राम्रो गर्न सक्छौ ? जस्तै हाम्रो मधुद्विष महाराजले तिमीप्रति आभारी प्रकट गरे | उनीहरुले कानूनी मामिलामा केहि राम्रो कार्यहरु गरे | तर तिमी वकिल वा कानूनी मानिस नभएसम्म तिमीले कसरी गर्न सक्छौ ? राम्रो कार्य गर्न तिमीसँग दिमाग छ तर यदि तिमी वकिल नभएको भए तिमीले कसरी गर्थ्यौ ?

व्याली स्ट्रोब्स: तर अरु धेरै वकिलहरु हुन्थे.......

प्रभुपाद: होइन, त्यो फरक कुरा हो | मैले तिम्रो बारेमा बोल्दैछु | यदि कसैलाई राम्रो कार्य के हो भन्ने थाहा छैन भने उसले राम्रो कसै गर्न सक्छ ? पहिलो कार्य भनेकी उसलाई राम्रो के हो थाहा हुनुपर्छ | तब उसले कुनै राम्रो कार्य गर्न सक्छ | अन्यथा, बाँदर जस्तै उफ्रिनुको के अर्थ रह्यो ? उसले थाहा पाउनुपर्छ | तिमी वकिल भएको कारण तिमीलाई कानूनी मामिलामा के गर्ने थाहा छ र तिमीले राम्रो गर्न सक्छौ | तर एउटा साधारण मानिस जो वकिल होइन, उसले राम्रो कसरी गर्न सक्छ ? तसर्थ जसले आफुलाई समाजको लागि राम्रो गर्ने अगुवा भनेर प्रस्तुत गर्दैछ , उसले सर्वप्रथम थाहा पाउनुपर्छ कि राम्रो के हो |