NE/Prabhupada 1055 - हामीले हेर्नुपर्छ कि आफ्नो कर्म सम्पन्न गरेर भगवानलाई प्रसन्न बनाएका छौँ कि छैनौं



750522 - Conversation B - Melbourne

प्रभुपाद: कुनै पनि क्षेत्रमा ज्ञानको विकास धेरै राम्रो हो | तर लक्ष्य के हो ? लक्ष्य भनेको भगवानको महिमागान गर्नु हो | जस्तै तिमी एक वकिल हौ | तिमीले हामीलाई कठिन परिस्थितिमा मदत गर्यौ | किन ? किनकि तिमीले भगवानको महिमागानलै निरन्तरता दिन चाहन्थ्यौ र तिमीले सोच्यौ कि "यी मानिसहरुले राम्रो कार्य गर्दैछन् | उनीहरुलाई किन कष्ट दिने ?" त्यसको अर्थ तिमीले भगवानको महिमागानमा मदत गरेका छौ | वकिलको रुपमा त्यो तिम्रो सफलता हो | जसले यस अभियानलाई मदत गर्छ, यो सोचेर कि "उनीहरु कृष्ण भावना वा भागवत चेतनाको प्रचार गर्दैछन् | उनीहरुलै हरेक दृष्टिकोणले मदत गर्नुपर्छ," तब त्यो पूर्णता हुन्छ | सबै कुरा चाहिन्छ तर हरेक कार्य भगवानको महिमागान गर्न सम्पन्न गर्नुपर्छ | तब यो पूर्ण हुन्छ | अर्को स्थानमा..... (सँगै:) यो श्लोक खोज: अतः पुम्भिर् द्विज​-श्रेष्ठा वर्णाश्रम​-विभागशः स्वनुष्ठितस्य धर्मस्य संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | जस्तै तिमीले यस संघलै कठिन परिस्थितिमा मदत गर्यौ | त्यसको अर्थ तिमीले कृष्णलै प्रसन्न बनायौ | त्यो तिम्रो सफलता हो | मेरा भक्तहरु कठिनाईमा थिए | उनीहरुले केहि कानूनी मदत चाहन्थे | तिमीले वकिलको रुपमा उनीहरुको मदत गर्यौ, त्यसैले तिमीले भगवान कृष्णलै प्रसन्न पर्यौ | त्यो जीवनको लक्ष्य हो | मेरो कार्य जुनसुकै क्षेत्रमा होस्- वकिलको रुपमा, व्यापारीको रुपमा, विद्वानको रुपमा, दार्शनिकको रुपमा, वैज्ञानिकको रुपमा, अर्थशास्त्रीको रुपमा..... धेरै क्षेत्रहरु छन् | यसको मतलब हुँदैन | तर तिमीले हेर्नुपर्छ कि तिमी सफल छौ कि छैनौ | र सफलताको स्तर के हो ? सफलताको स्तर भनेको तिमीले भगवानलाई खुसी बनाएका छौ कि छैनौ | (सँगै:) तिमी यो पढ | अतः पुम्भिर् द्विज​-श्रेष्ठाः...

श्रुतकीर्ति: अतः.....

प्रभुपाद: पुम्भिर् |

श्रुतकीर्ति: अतः पुम्भिर् द्विज​-श्रेष्ठाः |

प्रभुपाद: यो श्लोक खोज |

श्रुतकीर्ति: अतः पुम्भिर् द्विज​-श्रेष्ठा वर्णाश्रम​-विभागशः स्वनुष्ठितस्य धर्मस्य संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | "हे द्विजश्रेष्ठ, यो निष्कर्ष निकालिएको छ कि सर्वोच्च पूर्णता भनेको वर्णाश्रम अनुसारआफ्नो धर्म निर्वाह गरेर भगवान हरिलाई खुसी पार्नु हो |"

प्रभुपाद: त्यति हो | त्यस्तो हुनुपर्छ..... कि "मेरो कार्य, मेरो कर्तव्य, मेरो दक्षता, मेरो क्षमता......"- धेरै वर्गहरु छन्-"त्यसबाट मैले भगवानलाई खुसी भनाएको छु कि छैन ?" तब यो सफल हुन्छ | यदि तिमीले आफ्नो कानूनी कार्यबाट भगवानलाई खुसी बनाएका छौ भने- तिमी भिन्न पहिरनमा हुन सक्छौ, यसको मतलब हुँदैन | तिमीहरु पनि सारा समय केवल भगवानको सेवा गर्ने मेरा शिष्यहरु जस्तै राम्रा छौ | किनकि उनीहरुको कर्तव्य पनि भगवानलै खुसी बनाउनु हो | त्यसैगरी, तिमीले भगवानलै खुसी बनाएका छौ भने आफ्नो कानूनी कार्य सम्पन्न गरेर पनि तिमी सन्त पुरुषजस्तै राम्रा छौ | लक्ष्य यो हुनुपर्छ कि "मैले भगवानलाई आफ्नो धर्मद्वारा प्रसन्न बनाएको छु कि छैन ?" त्यो स्तरमा कार्यरत हुनुपर्छ | मानिसहरुले पनि यो स्वीकार गर्नुपर्छ | हामीले भन्दैनौं कि "तिमी आफ्नो स्थान परिवर्तन गर | तिमी सन्यासी बन वा तिमी आफ्नो कार्य त्यागेर तालु बन |" होइन, हामीले त्यस्तो भन्दैनौं | (हाँस्नुहुन्छ) हामी प्राकृतिक रुपमा यस्तो छौं | (हाँसो) कृष्ण भावना भनेको यो हो कि तिमी आफ्नो स्थानमा बस तर हेर कि आफ्नो कर्मद्वारा तिमीले भगवानलाई खुसी बनाएको छौ कि छैनौ | तब सबै कुरा ठिक हुनेछ |