NE/Prabhupada 1064 - भगवान सबैको हृदयमा बास गरिरहेका हुनुहुन्छ



660219-20 - Lecture BG Introduction - New York

परम चेतना, यो बिषय भगवत गीतमा उल्लेख गरिको छ जुन अध्यायमा जीव र ईश्वरको बिचको अन्तरका बारेमा अवगत गराईएको छ। क्षेत्र-क्षेत्रज्ञ।यो क्षेत्रज्ञ भन्ने बिषयमा भगवन स्वयं नै क्षेत्रज्ञ अथवा चेतन हुनुँ हुन्छ भनेर अवगत गराईएको छ। अन्त जीवहरू, प्राणीहरू, तिनीहरू पनि चेतनशील छन। तर फरक के भने जीवहरू आफ्नो सिमित शरिरमा मात्र चेतनशिल हुन्छन भने भगवान सबै शरिरहरूको चेतना हुनुहुन्छ। ईश्वरसर्व भुतानाम् हृदेशे‌ऽर्जुन तिष्ठति। (गीता १८ः १६)

भगवान प्रत्येक प्राणीहरूको मुटु भित्रभित्रै स्थित रहिरहनु हुन्छ। यसै कारणले हो भगवान जीवहरूका मनोबैज्ञानिक गतिबिधीर कृयकलापहरूको बारेमा पुरै सचेत हुनुँ हुन्छ। यो कुरा बिर्सनु हुदैन हामीले। यो पनि उद्घृत गरिईएको छकि भगवान सबै प्राणिहरूको हृदयमा ईश्वरको रुपमा रहिरहनु हुन्छ नियन्त्रकको रुपमा र वहाँलेनै निर्देशन गरिरहनु हुन्छ। वहाँलेनै निर्देशन गरिरहनु हुन्छ। सर्वस्य चाहं हृदिसन्निविस्ठः गीता १५ः१५) प्रत्येककै हृदयमा भगवान बिध्यमान हुनुहुन्छ र उस्को ईच्छा बमोजिम भगवानले निर्देशन दिईरहनु हुन्छ। प्राणिहरुले त के गर्नु पर्ने हो भन्ने बिर्सी हाल्छन। पहिला त तिनीहरूले कुनै एक किसिमले काम गर्ने निर्णय लिन्छन, अनि त तिनीहरू आ-आफ्नै कर्मको कृया-प्रतिकृयामा फस्नतिर लाग्दछन। तर जब तिनीहरू एउटा शरिर छोढेपछि अर्को शरिरमा प्रवेश गर्न लाग्दछन। जस्तै हामीहरूले एक किसिमको लुगा फुकाउछौ अर्को किसिमको लुगा पहिरण लाउनलाई। यसै किसिमले यो भगवत गीतामा बताईएको छ- वासाम्सि जीर्णानि यथा विहाया ((गीता २ः२२) जस्तै जस्ले पनि किसिम किसिमका लुगा कपढा बद्लि गरिरहन्छ, तेसै गरी प्राणिहरूले शरिरलाई बद्लि गरिरहेका हुन्छन- जो वास्तवमा आत्मा स्थानान्तरण हुन्छ र पहिलाको जीवनमा गरेका कृयकलापहरूको कृया प्रतिकृयालाई तान्दै यस जीवनमा ल्याउछन। यस्तो प्रकृयालाई जब जीव स्वयंले सत्वगुणको बिकास गर्योभने बद्लाउन सक्दछन। अनि उस्लाई थाहा हुनँने छ कस्ता कृयाकलापहरूमा चै सम्लग्न हुनुँ भनेर। अनि यदि उस्ले त्यस्तै गर्योभने उस्का बिगतमा गरेका कृयकलापहरूको कृया प्रतिकृया जस्तालाई बद्लाईदिन सक्ने छ। यसै कारणले हो कर्म शास्वत होईन। यी चार चीजहरू - ईश्वर, जीव, प्रकृति र काल अनि कर्म मध्ये, चरावटा चै शास्वत हुन् तर कर्मचै शास्वत होईन। अव, चेतना ईश्वर, परम चेतन, परमेश्वरको बारेमा र, भगवान तथा परम चेतनशिल परमेश्वर र जीवहरूको बिचमा भिन्नता के छ भने यो वातावरणमा यस्तो हो। चेतना, परमेश्वर र प्राणिहरूको चेतना, यो चेतना त शास्वत हो। चेतना कुनै भौतिक पदार्थ द्वारा बनिएको चिज होईन। यहि हो गलत धारणा। चेतना कुनै एक वातावरण भित्रको भौतिक पदार्थको मिस्रनबाट श्रृजना भएकोहो भन्ने कुरा-- भगवत गीतामा स्वीकार गरिएको छैन। यो सम्भव नै छैन। चेतनालाई भौतिक वातावरणले ढाकेको कारणले गर्दा परावर्तीत रुपमा प्रतिबिम्बित भएको हुँन सक्छ। जस्तै भनु, रंगीन शिशामा ठोकिएर परावर्तीत भएको ज्योती त्यहि शिशाको जस्तै रंगीन हुन्छ। सोहि प्रकारले भगवानको चेतना चै भौतिक कलमशले प्रभावित् हुदैन। परमेश्वर, जस्तै श्रीकृष्णले भन्नु भयो- मायाध्याक्षेण प्रकृति (गीता ९ः१०) भगवान यस भौतिक जगतमा अवतरित हुनुँहुदा, उन्को चेतना भौतिकताबाट प्रभावित हुदैन। यदि भगवानको चेतना पनि भौतिक कल्मसबाट प्रभावित हुनेँ हो भने, भगवत गीताको चिन्मय बिषयमा बक्तब्य दिनलाई वहाँ योग्य हुनुँ हुँने थिएनन। प्रभावित भएकाले चिनमय जगतको बिषयमा केहि पनि बताउन सक्दैनन- जब उस्को चेतना भौतिक कल्मस रहीत भईसकेको हुदैन। भगवान भौतिक्ताबाट कलुशित हुनँ हुन्न। तर हाम्रो चेतना चै यो बिध्यमान अवस्थामा भौतिक कलमशबाट कलुशित भईसकेको हुन्छ। यसै कारण सम्पुर्ण रुपमा भगवत गीताले दिएको उपदेश, लिएर हामीले आफ्नो भौतिक कलुशित चेतनालाई शुद्ध पार्नु पर्दछ। अनि त्यहि शुद्ध चेतनाको आधारमा काम गर्नु पर्दछ। त्यसले हामीलाई खुशी तु्ल्याउने छ। हामीले आ-आफ्नो काम छोडंन सक्दैनौ। कृयाकलापलाई शुद्ध पार्नु पर्दछ। अनि त्यहि बिशुद्ध कृयकलापलाई भक्ति भनिन्छ। भक्ति पनि सामान्य कृयाकलाप जस्तै देखिन्छ। तर त्यो कृयकलाप चै कलुशित भएको हुँदैन। ति त शुद्ध कृयाकलाफ‍पहरु हुनँ। यसो हुँदा अनजान मानिसले कुनै एक भक्तलाई सामान्य मानिसले जस्तै काम गरिरहेको देख्ला। ज्ञान कमि भएको मानिसले त भगवानका लीला या भक्तले गरेका कामकाजहरू अशुद्ध भौतिक चेतनाद्वारा कलुशित भएका हुदैनन् भन्ने जान्दैन, जस्तो कि तीन गुणहरूको अशुद्धता तर त्यो त चिन्मय चेतना हो। यसै कारण हाम्रो चेतना चै भौतिक कलमशबाट भएको हुन्छ, यो कुरा जान्नु पर्दछ।