NE/Prabhupada 1079 - भागवद गीता एक अल्लौकिक साहित्य हो जुन एकले धेरै ध्यान पुर्वक पढ्नु पर्दछ



660219-20 - Lecture BG Introduction - New York

यो भागवद - गीतावा श्रीमद -भागवतमको श्रवण बुझे व्यक्ति बाट गर्ने, जसले स्वयं, एकलाई, चौबिसै घण्टा भगवानको चिन्तन गर्न तालिम दिन्छ, जसले एकलाई अंततः श्री भगवानको सम्झना गराउछ, अनन्त काल र यसरी यो शरीर छोडेर, उस्ले एक आध्यात्मिक शरीर प्राप्त गर्ने छ, एक आध्यात्मिक शरीर, जुन परमेश्वर संगतिको लागि योग्य छ । श्रीभगवान अत भन्नु हुन्छ, अभ्यास योग युक्तेन चेतसा नान्य गामिना परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ( भ गी ८।८) । अनुचिन्तयन्, निरन्तर भगवानको स्मरण । यो धेरै गाह्रो प्रक्रिया होइन । एकले यो प्रक्रिया अनुभवी व्यक्तिबाट सिक्नु पर्छ । तद विज्ञानार्थं स गुरुमेवाभिगच्छेत (मु उ १।२।१२) । एकले पहिलेदेखि नै अभ्यास गरिरहेको व्यक्ति सँग जानुपर्छ । त्यसैले अभ्यास योग युक्तेन । यस्लाई अभ्यास योग भनिन्छ , अभ्यास । अभ्यास...कसरी सधैं भगवानको निरन्तर चिन्तन गर्ने । चेतसा नान्य गामिना । मन, मन सधैं यता उता उधिरहन्छ । त्यसैले एकले सधैं सर्वोच्च भगवान श्री कृष्णको रूप ध्यान गर्न अभ्यास गर्नु पर्छ वा उहाको नामोच्चारणमा जुन सजिलो बनाएको छ । मन लाई एकाग्र गर्न सट्टामा-- मन चंचल हुन्छ, यता उता भडकिन्छ , तर म मेरो कान लाई भगवान श्री कृष्णको नाम उच्चारणमा एकाग्र गर्न सक्छु । अनी त्यसले मलाई पनि मद्घत गर्दछ. त्यो अभ्यास-योग पनि हो । चेतसा नान्य गामिना परमं परुषं दिव्यं । परमं पुरुषं, परमेश्वर अाध्यात्मिक धाममा , आध्यात्मिक आकाशमा , प्राप्त हुनसक्छ, अनुचिन्तयन्, निरन्तर चिन्तन गरेर । त्यसैले यी प्रकृयाहरु, मार्ग र साधन, सबै कुरा भागवद गीतामा उल्लेख गरिएको छ, र कसैको लागि कुनै रुकावट छैन यो हैन कि एउटा कुनै विशेष वर्गको मानिसहरूले मात्र प्राप्त गर्छन् । भगवान कृष्णको चिन्तन सम्भव छ, भगवान कृष्णको बारेमा सुन्न सबैलाई सम्भव छ । अनी भगवान भागवत्-गीतामा भन्नुहुन्छ, मां हि पार्थ व्यपाश्रित्य ये अपि स्यु: पापयोनय: स्त्रियो वैश्यस तथा शूद्रास ते अपि यांति परां गतिम् ( भ गी ९।३२) । किं पुनर् ब्राह्मणा: पुण्य भक्ता राजर्षयस्तथा अनित्यम् असुखं लोकमिमं प्राप्य भजस्व माम् ( भ गी ९।३३) । भगवान भन्नुहुन्छ कि निम्न इस्थरको जीवन भएको मानिस पनि, इस्थरको जीवन, वा चरित्रहीन स्त्री, वा वैश्य, वा श्रमिक... वैश्य, श्रमिक, र स्त्री वर्ग, तिनीहरू एउटै श्रेणीमा गनिन छन् किनभने तिनीहरूको बुद्धिको त्यती बिकास भएको हुँदैन । तर भगवान भन्नुहुन्छ , तिनिहरु पनि, वा तिनिहरु भन्दा पनि निम्न, मां हि पार्थ व्यपाश्रित्य येपि स्यु: ( भ गी ९।३२), तिनीहरु मात्र हैन, भन्दा निम्न वर्गको पनि, वा कोही पनि चाहे पुरुष वा चाहे नारी, जसले पनि यो भक्ति - योग को यस सिद्धान्तलाई स्वकार गर्न सक्छ र सर्वोच्च भगवानलाई जीवन अाश्रय तत्वको रूपमा स्वीकार गर्छ, उच्चतम लक्ष्य, जीवनको उच्चतम उदेश्य.. मां हि पार्थ व्यपाश्रित्य ये अपि स्यु: ते अपि यांति परां गतिम् । त्यो आध्यात्मिक जगत र आध्यात्मिक आकाशको परां गतिम्, सबैले प्राप्त गर्न सक्दछ । बस एकले यो पद्धतिको अभ्यास गर्नुपर्छ । यो पद्धतिको संकेत राम्रो तरिकाले भागवत गीतामा गरिएको छ । र एकले यसलाई अपनाहुन सक्छ र आफ्नो जीवन्लाई सार्थक बनाउन सक्छ र जीवनको सबै समस्याको स्थायी हल निकाल्न सक्छ । त्यो नै सर्वस्व भागवद गीताको सार हो । अत, निस्कर्समा भागवद गीता दिव्य साहित्य हो जस को अध्ययन सबैले धरै ध्यान पुर्वक गर्नुपर्छ । गीता शास्त्र इदं पुण्यं य: पठेत् प्रयत: पुमान । र परिणाम त्यो हुनेछ , यदी उस्ले उपदेश्को राम्रो सँग पालना गर्ने छ, त्यसपछि उ जीवनको सबै दु:ख, सबै चिन्ता बाट मुक्त हुनेछ । भय शोकादि वर्जित: । जीवनको सबै भय, यो जीवनमा , साथै उसले अाध्यात्मिक जीवन पाहुने छ । भय शोकादि वर्जित: । जीवन के सरे भय, इस जीवन में, अौर उसका अगला जीवन अाध्यात्मिक होगा । त्यस्तै अर्को लाभ के छ भने यदी कसैले भागवद गीत पढ्छ, धरै नै ईमानदारी र गंभीरता पुर्वक, त्यस पछी भगवानको कृपाले, उस्को पुरानो दुष्कर्मको फलले उस माथि प्रभाव केही प्रभाव पार्न सक्दैन ।