NE/Prabhupada 0064 - सिद्धि भनेको जीवनको पूर्णता



Lecture on SB 6.1.15 -- Denver, June 28, 1975

केचित् अर्थात् "कुनै व्यक्ति" । "अत्यन्त दुर्लभ |" "कुनै व्यक्ति " अर्थात् "अत्यन्त दुर्लभ |" वासुदेव​-परायणाः बन्न सजिलो छैन। हिजो मैले वर्णन गरेको थिएँ कि भगवान् कृष्ण भन्नुहुन्छ कि

यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः
मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
(भ गी ७।३ )

सिद्धि भनेको जीवनको पूर्णता। सामान्यतया उनीहरु योगमर्गको अष्ट सिद्धिलाई लिन्छन् - अणिमा, लघिमा, महिमा, प्राप्ति, सिद्धि, ईशित्व​, वशित्व​, प्राकाम्य​ | यिनीहरुलाई सिद्धि भनिन्छ , योग सिद्धि | योग सिद्धि भनेको तपाई सानोभन्दा पनि सानो बन्न सक्नु हुन्छ | हाम्रो आकार वास्तवमा निकै नै सानो छ। योग सिद्धिद्वारा यो भौतिक शरीर भए तापनि , एउटा योगी सबैभन्दा सानो आकारमा आउन सक्छ, र तपाईले उसलाई जहाँ बन्द गरेर राख्नुभए पनि ऊ बाहिर आउनेछ। यसलाई अणिमा-सिद्धि भनिन्छ। त्यसैगरी, महिमा-सिद्धि, लघिमा-सिद्धि हुन्छ। तपाई कपासभन्दा पनि हलुका हुन सक्नुहुन्छ। योगीहरू निकै नै हलुका हुन्छन्।

अझै पनि भारतमा योगीहरू छन् । हाम्रो बाल्यकालमा हामीले एक योगी देखेका थियौं , उनी हाम्रो पितालाई भेट्न आउँथे । उनले भने कि उनी कुनै पनि स्थानमा केही सेकेन्डमा पुग्न सक्छन् । र कहिलेकहीं उनीहरु बिहान नै जगन्नाथ पुरी, रामेश्वरम्, हरिद्वार पुग्थे, र गंगा तथा अन्य नदीमा स्नान गर्दथे। यसलाई लघिमा सिद्धि भनिन्छ ।

तपाई निकै नै हलुका बन्नुहुन्छ। उनले भन्ने गर्थे कि "हामी आफ्नो गुरुसँग बसेर उहाँलाई स्पर्श गरिरहेका छौं । हामी यहाँ बसिरहेका छौं, र केहि सेकेन्डको अन्तरमा हामी अर्कै स्थानमा बस्छौं।" यसलाई लघिमा सिद्धि भनिन्छ। योग सिद्धि विभिन्न प्रकार हुन्छन्। मानिसहरु यी योग सिद्धि देखेर भ्रमित हुन्छन्। तर कृष्णले भन्नुहुन्छ: यतताम् अपि सिद्धानाम्: (भ गी ७।३ ) "यी योग सिद्धि प्राप्त गरेका सिद्धहरु मध्ये," यतताम् अपि सिद्धानाम् कश्चिद् वेत्ति मां तत्त्वतः (भ गी ७।३ ) "थोरै व्यक्तिले मलाई बुझ्न सक्लान् । "

कुनै व्यक्तिले केहि योग सिद्धि प्राप्त गर्ला; तर पनि कृष्णलाई बुझ्न सम्भव छैन। यो सम्भव छैन। कृष्णलाई केवल ती व्यक्तिले बुझ्न सक्छन् जसले आफ्नो सर्वस्व कृष्णको लागि समर्पित गरेका छन् । त्यसकारण कृष्ण चाहनुहुन्छ, माग्नुहुन्छ , सर्व​-धर्मान् परित्यज्य माम् एकम् शरणं (भ गी १८।६६) | कृष्णलाई केवल उहाँका शुद्ध भक्तले बुझ्न सक्छन्, अरु कसैले पनि सक्दैनन् ।