NE/Prabhupada 0257 - तपाईले भगवानका नियमहरु कसरी उल्लंघन गर्न सक्नुहुन्छ ?

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture -- Seattle, September 27, 1968


हाम्रो कार्यक्रम भनेको मूल भगवान कृष्णको आराधना गर्नु हो | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | यो भौतिक जगतमा सबजना खुसी प्राप्त गर्न र दु:खबाट मुक्त हुन प्रयासरत छन् | दुई प्रयासहरु चल्दैछन् | विभिन्न प्रक्रियाहरु छन् | भौतिक प्रक्रिया पूर्णतः बेकार हो | त्यसको पुष्टि पहिल्यै भइसक्यो | कुनै पनि मात्राको भौतिक आनन्द वा तथाकथित सुखले हामीलाई आफुले खोजेको आनन्द दिन सक्दैन | त्यो सम्भव छैन | अरु विभिन्न प्रक्रियाहरु पनि छन् | हाम्रो भौतिक बद्ध जीवनको कारण तीन प्रकारका दु:खहरु भोग्नुपर्छ: आध्यात्मिक, आधिभौतिक, आधिदैविक | आध्यात्मिक भनेको शरीर र मनको कारणले उत्पन्न हुने | जस्तै, यो शरीरको कार्य-प्रणालीमा कुनै खराबी हुनासाथ हामीलाई ज्वरो आउँछ, हाम्रो टाउको दुख्छ- धेरै कुराहरु | शरीरको कारणले हुने यस्तो दु:खलाई आध्यात्मिक भनिन्छ | र यस आध्यात्मिक दु:खको अर्को पाटो भनेको मनको कारण हुने दु:ख | मानौं मैले ठुलो क्षति बेहोर्नुपरेको छ | त्यस समय मेरो मन ठिक अवास्थामा हुँदैन | यो पनि दु:ख हो | शरीरको कुनै रोगी अवस्था वा कुनै मानसिक असन्तुष्टिको कारण दु:ख हुन्छ | अनि फेरी, आधिभौतिक- अरु जीवहरुको कारण हुने दु:ख | जस्तै हामी मानवहरु लाखौं पशुहरुलाई दैनिक वधशालामा पठाउँदैछौं | उनीहरुले भन्न सक्दैनन् तर यसलाई आधिभौतिक भनिन्छ, अरु जीवहरुको कारणले उत्पन्न हुने दुःख | त्यसैगरी, हामीले पनि अरु जीवहरुको कारण दुःख भोग्नुपर्छ | तपाईले भगवानको नियम उल्लंघन गर्न सक्नुहुन्न | भौतिक कानुन, राज्यको कानुनबाट आफुलाई जोगाउन सक्नुहुन्छ तर भगवानको कानुनबाट तपाईले आफुलाई बचाउन सक्नुहुन्न | धेरै साक्षीहरु छन् | सूर्य तपाईको साक्षी हुन्, चन्द्रमा तपाईको साक्षी हुन्, दिन तपाईको साक्षी हो , रात तपाईको साक्षी हो, आकाश तपाईको साक्षी हो | तपाईले भगवानको कानुन कसरी उल्लंघन गर्न सक्नुहुन्छ ? तर यो भौतिक प्रकृति यसरी भनेको छ कि हामीले दुःख भोग्नुपर्छ | आध्यात्मिक, शरीर र मनको कारणले उत्पन्न हुने दु:ख, अरु जीवहरुद्वारा प्राप्त हुने दुःख र अर्को आधिदैविक | आधिदैविक, जस्तै कसैलाई भुतले आक्रमण गरेको छ | भुतलाई देख्न सकिंदैन तर उसले आक्रमण गरेको मानिस बेहोस हुन्छ वा केहि बेकार बोल्छ | वा कुनै महामारी हुन्छ, भूकम्प हुन्छ, युद्ध हुन्छ, भोकमरी हुन्छ, धेरै कुराहरु | दुःखहरु सधैं हुन्छन् | तर हामी टालटुल गरेर यसको व्यवस्था गर्न प्रयासरत छौं | दुःखहरु सधैं हुन्छन् | सबजना दुःखबाट मुक्त हुन प्रयासरत छन्, यो तथ्य हो | अस्तित्वको सम्पूर्ण संघर्ष दुःखबाट मुक्त हुनको लागि हो | तर यसका विभिन्न प्रकारका उपचारहरु छन् | कसैले भन्छ कि तपाई दुःखबाट यसरी मुक्त हुनुहोस्, कसैले भन्छ कि तपाई दुःखबाट त्यसरी मुक्त हुनुहोस् | आधुनिक वैज्ञानिक, दार्शनिकले विभिन्न उपचार दिएका छन्, नास्तिक वा आस्तिक, कर्मकाण्डी एवं अरु धेरैले अनेक उपाय दिन्छन् | तर कृष्ण भावनामृत अभियान अनुसार तपाई सम्पूर्ण दु:खबाट तब मुक्त हुन सक्नुहुन्छ, जब तपाईले केवल आफ्नो चेतना परिवर्तन गर्नुहुन्छ, त्यति हो | कृष्ण भावना भनेको यस्तो हो | जसरी मैले तपाईलाई धेरै पटक उदाहरण दिइसकें..... हामीले सम्पूर्ण दुःखहरु ज्ञानको कमी वा अज्ञानताको कारण भोग्नुपर्छ | उपयुक्त अधिकारीहरुको सङ्गद्वारा उक्त ज्ञान प्राप्त गर्न सकिन्छ |