NE/Prabhupada 0264 - माया पनि कृष्णको सेवा गर्दैछिन्, तर उनलाई कुनै धन्यवाद ज्ञापन हुँदैन



Lecture -- Seattle, September 27, 1968


तमाल कृष्ण: के माया शुद्ध भक्त हुन् ? माया |

पभुपाद: शुद्ध भक्त, होइन, उनी मायाको नियन्त्रणमा हुँदैन |

तमाल कृष्ण: होइन, होइन | के मायादेवी शुद्ध भक्त हुन् ?

प्रभुपाद: हुन्, अवश्य पनि | के प्रहरी बल सरकारका इमानदार सेवक होइनन् ? के यसको अर्थ प्रहरी बलले तिमीलाई पीडा दिएको कारण उनीहरुलाई सरकारी सेवाबाट अस्वीकार गरिन्छ ? उनीहरुको कार्य अकृतज्ञ कार्य हो, त्यति हो | त्यसैगरी, माया पनि कृष्णको सेवा गर्दैछिन् तर उनलाई कुनै कृतज्ञता ज्ञापन हुँदैन | त्यो भिन्नता छ | उनले नास्तिक मानिसलाई सजाय दिन अकृतज्ञ कार्य सम्हाल्छिन्, त्यति हो | यो होइन कि उनी कृष्णको सम्पर्क बाहिर छिन् | वैष्णवी | चण्डी वा मायादेवीको पुस्तकमा "वैष्णवी" भनिएको छ | मायालाई वैष्णवी भनिएको छ | जसरी शुद्ध भक्तलाई वैष्णव भनिन्छ, उनलाई पनि वैष्णवी भनिएको छ |

विष्णुजन: हजुरले सबै कुरा बुझ्न यति सजिलो कसरी बनाउनुहुन्छ ?

प्रभुपाद: किनकि सम्पूर्ण दर्शन धेरै सजिलो छ | भगवान् महान हुनुहुन्छ; तिमी महान छैनौ | तिमी भगवान् हौ भन्ने दाबी नगर | भगवान् हुनुहुँदैन भन्ने दाबी नगर | भगवान् हुनुहुन्छ र उहाँ महान हुनुहुन्छ र तिमी सुक्ष्म छौ | त्यसोभए तिम्रो स्थिति के हो ? तिमीले कृष्णको सेवा गर्नुपर्छ | यो सरल सत्य हो | यस विद्रोही मनोभावलाई माया भनिन्छ | जसले धोषणा गर्छ कि "भगवान् हुनुहुन्न | भगवान् मृत हुनुहुन्छ | म भगवान् हुँ, तिमी भगवान् हौ," तिनीहरु सबै मायाको प्रभावमा छन् | पिशाची पाइले येन मति-च्छन्न हय​ | जस्तै, जब एउटा मानिस भुतको प्रभावमा हुन्छ, उसले सबै नचाहिने कुरा बोल्छ | यी सबै मानिसहरु पनि मायाको प्रभावमा छन्, त्यसैले तिनीहरु भन्दैछन्,"भगवान् मृत हुनुहुन्छ | म भगवान् हुँ | तिमीहरु भगवानलाई किन खोज्दैछौ ? सडकमा धेरै भगवानहरु घुम्दैछन् |" तिनीहरु सबै भुतको प्रभावमा भ्रमित छन् | त्यसैले हामीले तिनीहरुलाई यस दिव्य ध्वनि, हरे कृष्णद्वारा सन्चो पार्नुपर्छ | यो उपचारको एकमात्र विधि हो | उनीहरुलाई केवल सुनाऊ र उनीहरुको उपचार क्रमिक रुपमा हुनेछ | जस्तै, एउटा सुतिरहेको मानिसको छेउमा गएर उसको कानमा करायो भने ऊ उठ्छ | त्यस्तै, सुतिरहेको मानव समाजलाई जगाउन यो मन्त्र महत्वपूर्ण छ | उत्तिष्ठ उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत​ | वेदमा पनि भनिएको छ,"हे मानव समाज, कृपया उठ | अब नसुत | तिमीसँग मानव जीवनको अवसर छ | यसको उपयोग गर | आफुलाई मायाको बन्धनबाट निकाल |" यो वेदहरुको घोषणा हो | तिमीले त्यो कार्य गर्दैछौ | हरे कृष्ण, हरे कृष्ण जप र तिनीहरु.....

भक्तहरु: हरे कृष्ण !

प्रभुपाद: भन ?

जय-गोपाल: भौतिक हिसाबले अतित, वर्तमान र भविष्य उही कुराको विकृत प्रतिबिम्ब......

प्रभुपाद: हो | अतित, भविष्य र वर्तमान विभिन्न प्रकारका सापेक्षिक अवस्था अनुसार अनुभव हुन्छन् | त्यसको वैज्ञानिक प्रमाण छ | प्राध्यापक आइन्स्टाइनले यसलाई प्रमाणित गरे | जस्तै तिम्रो अतित ब्रह्माजीको अतित होइन | तिम्रो वर्तमान कमिलाको वर्तमान होइन | त्यसैले अतित, वर्तमान, भविष्य- समय शाश्वत छ | यो शारीरिक अवस्थाको विभिन्न सपेक्षिकता अनुसार अनुभव हुन्छ | समय शाश्वत हुन्छ | जस्तै एउटा सानो कमिला | चौबिस घण्टामा चौबिस पटक अतित, वर्तमान र भविष्य हुन्छ | रुसी स्पुत्निकले पृथ्वीको परिक्रमा पच्चीस मिनेट वा त्यस्तै समयमा गरेको थियो | तिनीहरु पृथ्वीको वरिपरी पच्चीस पटक घुमे | त्यो भनेको एक घण्टा, पच्चीस मिनेटमा स्पुत्निकको मानिसले पच्चीस पटक दिन र रात देख्यो | त्यसैले उच्च वातावरणमा अतित र वर्तमान भिन्न हुन्छ | यो अतित, वर्तमान र भविष्य तिम्रो शरीर अनुसार, परिस्थिति अनुसार सापेक्षिक हुन्छ | वास्तवमा, अतित, वर्तमान र भविष्य हुँदैन | सबै कुरा शाश्वत हुन्छ | तिमी पनि शाश्वत हुन्छौ, नित्यो शाश्वतो ऽयं न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | तिमी मर्दैनौ | तसर्थ..... मानिसलाई थाहा छैन कि उनीहरु शाश्वत छन् | मेरो शाश्वत संग्लाग्नता के हो ? मेरो शाश्वत जीवन के हो ? तिनीहरु केवल क्षणिक जीवनमा आकर्षित छन् "म अमेरिकी हुँ," "म भारतीय हुँ," "म यो हुँ," "म त्यो हुँ |" त्यति हो | यो अज्ञानता हो | हरेक मानिसले कृष्णसँगको शाश्वत संग्लाग्न्ता पत्ता लगाउनुपर्छ | तब ऊ खुसी हुनेछ | धन्यवाद |