NE/Prabhupada 0286 - कृष्ण र तपाई बीचको शुद्ध प्रेमको विकृत प्रतिबिम्ब



Lecture -- Seattle, September 30, 1968


कुनै कठिनाइ छैन | तथ्यो यो हो कि हामीले कृष्णलाई प्रेम गर्ने तरिका सिक्नुपर्छ | त्यहाँ निर्देशन छ र त्यहाँ विधि छ, र सम्भव भएसम्म हामी तपाईको सेवा गर्न प्रयासरत छौं | हामीले आफ्ना युवाहरुलाई सडक र शहरमा तपाईलाई निमन्त्रणा दिन पठाउँदैछौं | र यदि तपाईले यो अवसर ग्रहण गर्नुहुन्छ भने तपाईको जीवन सफल हुनेछ | प्रेमा पुम्-अर्थो महान् | किनकि यो मानव जीवन भागवत्-प्रेम विकास गर्नको लागि हो | अरु सबै जीवनमा हामीले प्रेम गर्यौं | पंक्षीको जीवनमा, पशुको जीवनमा हामीले आफ्ना बच्चाहरुलाई प्रेम गर्यौं, हामीले आफ्नी पत्नीलाई प्रेम गर्यौं, हामीले आफ्नो खोरलाई प्रेम गर्यौं | त्यहाँ प्रेम छ | एउटा पंक्षी वा पशुलाई बच्चाहरुलाई प्रेम गर्न सिकाउने कुनै आवश्यकता छैन | त्यहाँ कुनै आवश्यकता छैन किनकि त्यो प्राकृतिक हुन्छ | आफ्नो घरलाई प्रेम गर्नु, आफ्नो देशलाई प्रेम गर्नु, आफ्नो पतिलाई प्रेम गर्नु, आफ्नो बच्चाहरुलाई प्रेम गर्नु, आफ्नी पत्नीलाई प्रेम गर्नु आदि-इत्यादी, यी सब प्रेमहरु, पशु राज्यमा पनि तिनीहरु धेरै-थोरै मात्रामा छन् | तर त्यस प्रकारको प्रेमले तपाईलाई खुसी दिनेछैन | यो शरीर अस्थायी भएको कारण तपाई निराश हुनुहुनेछ | तसर्थ यी सब प्रेममय सम्बन्ध पनि अस्थायी हुन् र तिनीहरु शुद्ध छैनन् | तिनीहरु केवल कृष्ण र तपाईको बीचको शुद्ध प्रेमको विकृत प्रतिबिम्ब हुन् | त्यसैले यदि तपाई वास्तवमा शान्ति चाहनुहुन्छ, यदि तपाई वास्तवमा सन्तुष्टि चाहनुहुन्छ, यदि तपाई भ्रमित हुन चाहनुहुन्न भने कृष्णलाई प्रेम गर्ने प्रयास गर्नुहोस् | त्यो सरल कार्यक्रम हो | तब तपाईको जीवन सफल हुनेछ | कृष्ण भावनामृत अभियान भनेको मानिसलाई गलत मार्गमा लान वा मानिसलाई ठग्न उत्पादन गरिएको होइन | यो सबभन्दा आधिकारिक अभियान हो | वैदिक साहित्य, भगवद् गीता, श्रीमद् भागवतम्, वेदान्त सूत्र, पुराणहरु, र धेरै, धेरै सन्त पुरुषहरुले यस माध्यमको अनुसरण गरेका छन् | र ज्वलन्त उदाहरण चैतन्य महाप्रभु हुनुहुन्छ | तपाईले उहाँको तस्विर देख्नुहुन्छ, उहाँ नृत्य भावमा हुनुहुन्छ | तपाईले यो कला सिक्नुपर्छ, तब तपाईको जीवन सफल हुनेछ | तपाईले कुनै कृत्रिम साधना वा कल्पनाको अभ्यासद्वारा आफ्नो दिमागलाई दु:ख दिनुपर्दैन........ तपाईसँग अरुलाई प्रेम गर्ने प्रवृत्ति छ | त्यो स्वाभाविक प्रवृत्ति हो | हामीले आफ्नो प्रेमलाई गलत स्थानमा राखेर निराश भएका छौं | निराश | भ्रमित | त्यसैले यदि तपाई भ्रमित हुन चाहनुहुन्न, यदि तपाई निराश हुन चाहनुहुन्न भने कृष्णलाई प्रेम गर्ने प्रयास गर्नुहोस् र तपाईले आफैं अनुभव गर्नुहुनेछ कि कसरी तपाईले शान्ति, खुसी र तपाईले चाहनुभएको सबै कुरामा प्रगति गर्नुहुन्छ |

धेरै, धेरै धन्यवाद |