NE/Prabhupada 0290 - जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture -- Seattle, September 30, 1968

उपेन्द्र: प्रभुपाद, क्रोधको प्रकृति कस्तो हुन्छ ? क्रोध कसरी.......

प्रभुपाद: क्रोध भनेको काम | जब तिमी कामुक हुन्छौ र तिम्रो कामवासना पुरा हुँदैन, तिमी क्रोधित हुन्छौ | त्यति हो | यो कामवासनाको अर्को लक्षण हो | काम एष क्रोध एष रजो-गुण​-समुद्भवः | जब तिमी रजो गुणद्वारा धेरै नै प्रभावित हुन्छौ, तब तिमी कामुक हुन्छौ | र जब तिम्रो कामवासना पुरा हुँदैन, तब तिमी क्रोधित हुन्छौ | र त्यसपछिको अवस्थामा भ्रम उत्पन्न हुन्छ | र त्यसपछि प्रणश्यति हुन्छ, तब तिमी संसार रुपी कुवामा हराउँछौ | तसर्थ यो काम र क्रोधलाई हामीले नियन्त्रण गर्नुपर्छ | यो नियन्त्रण भनेको तिमीले आफुलाई सतो गुणमा राख्नुपर्छ, रजो गुणमा होइन | भौतिक प्रकृतिका तीन गुण छन्: तमो गुण, रजो गुण र सत्त्व गुण | तसर्थ यदि कसैले भगवानको विज्ञान जान्न चाहन्छ भने उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा उसले सक्दैन | तसर्थ हामीले आफ्ना शिष्यहरुलाई सिकाउँदैछौँ कि "तिमी यसो नगर, तिमी यसो नगर, तिमी यसो नगर," किनकि उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा ऊ बुझ्न सक्षम हुनेछैन | कृष्ण भावना तमो गुण र रजो गुणको स्तरमा बुझ्न सकिंदैन | सारा संसार तमो गुण र रजो गुणको प्रभावमा छ | तर यो प्रक्रिया यति सरल छ कि यदि तिमीले केवल चार नियम पालन गर्छौ र हरे कृष्ण जप्छौ भने तिमीले तत्काल भौतिक प्रकृतिका सम्पूर्ण गुणलाई पार गर्छौ | क्रोध रजो गुणको स्तरमा हुन्छ |