NE/Prabhupada 0295 - एउटा जीव-शक्तिले अन्य सम्पूर्ण जीवहरुको माग पूरा गर्नुहुन्छ



Lecture -- Seattle, October 4, 1968


यो जीवन, यो मानव जीवन...... हामीसँग अहिले..... अरु जीवनमा हामीले पूर्ण क्षमतामा इन्द्रियातित आनन्द लिइसक्यौं | हामीले यो मानव जीवनमा के आनन्द लिन सक्छौं ? अरु जीवनमा...... अवश्य पनि, डार्विनको सिद्धान्त अनुसार यो मानव जीवनभन्दा अगाडि बाँदर जीवन थियो | बाँदरहरु......... तपाईसँग कुनै अनुभव छैन | भारतमा हामीसँग अनुभव छ | हरेक बाँदरसँग कम्तिमा सय सुन्दरी हुन्छन् | एक सय | हामीले के आनन्द लिन सकेका छौं ? हरेकको एउटा समुह हुन्छ र हरेक समुहमा एउटा बाँदरसँग पचास, साठ्ठी, पच्चीसभन्दा बढी हुन्छन् | सुँगुरको जीवनमा पनि तिनीहरुसँग दर्जन हुन्छन् | र तिनीहरुबीच कुनै भेद हुँदैन,"मेरी आमा को हुन्, मेरी बहिनी को हुन्, मेरा आफन्त को हुन् |" तपाईले बुझ्नुहुन्छ ? तिनीहरु आनन्द लिंदैछन् | के तपाईलाई लाग्छ कि मानव जीवन बाँदर, सुँगुर, बिरालो र कुकुर जसरी बाँच्नको लागि हो ? के इन्द्रियतृप्ति गर्नु मानव जीवनको पूर्णता हो ? होइन | त्यो आनन्द हामीले विभिन्न योनीमा पाइसक्यौं | अब ? वेदान्तमा भनिएको छ, अथातो ब्रह्म जिज्ञासा | यो जीवन ब्रह्मको बारेमा सोध्न र बुझ्नको लागि हो | ब्रह्म के हो ? ईश्वरः परमः ब्रह्म वा परम​, ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | र कृष्ण पर-ब्रह्म हुनुहुन्छ | हामी सबै ब्रह्म हौँ तर उहाँ पर-ब्रह्म हुनुहुन्छ | ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | जस्तै तपाईहरु सबै अमेरिकी हुनुहुन्छ तर तपाइको राष्ट्रपति जोनसन प्रमुख अमेरिकी हुनुहुन्छ | त्यो प्राकृतिक हो | वेदमा भनिएको छ कि सबजनाको प्रमुख भगवान् हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | भगवान् को हुनुहुन्छ ? उहाँ सबभन्दा पूर्ण शाश्वत हुनुहुन्छ, उहाँ सबभन्दा पूर्ण जीव हुनुहुन्छ | ती भगवान् हुनुहुन्छ | एको बहूनां विदधाति कामान् | यसको अर्थ यो हो कि एउटा जीवले अन्य सम्पूर्ण जीवहरुको माग पुरा गर्दै हुनुहुन्छ | जस्तै एउटा सानो परिवारमा पिताले पत्नी, बच्चा, सेवकका मागहरु पुरा गर्छन् | त्यसैगरी, तपाईले यसलाई विस्तार गर्नुहोस्: एउटा सरकार, राज्य वा राजाले सम्पूर्ण प्रजाहरुको मागहरु पुरा गर्छ | तर सबै कुरा अपूर्ण हुन्छन् | तपाईले आफ्नो परिवारका माग पुरा गर्न सक्नुहुन्छ, तपाईले आफ्नो समाजका माग पुरा गर्न सक्नुहुन्छ, तपाईले आफ्नो देशको माग पुरा सक्नुहुन्छ, तर तपाईले सबैको माग पुरा गर्न सक्नुहुन्न | तर प्रकृतिमा करोडौं-अर्बौं जीवहरु छन् | कसले भोजन प्रदान गर्दैछ ? कसले तपाईको कोठाको प्वालका लाखौं कमिलाहरुका माग पुरा गर्दैछ ? कसले भोजन प्रदान गर्दैछ ? जब तपाई ग्रीन लेक जानुहुन्छ, त्यहाँ हजारौं हाँसहरु छन् | तिनीहरुको ख्याल कसले राख्दैछ ? तर तिनीहरु जीवित छन् | लाखौं भंगेरा, पंक्षी, पशु, हात्ती छन् | एउटा समयमा हात्तीले सय पाउण्ड खान्छ | कसले भोजन प्रदान गर्दैछ ? यहाँमात्र होइन तर लाखौं-करोडौं ग्रहहरु र ब्रह्माण्डहरु छन् | ती भगवान् हुनुहुन्छ | नित्यो नित्यानाम् एको बहूनां विदधाति कामान् | सबजना उहाँमा निर्भर छन् र उहाँले सम्पूर्ण माग पुरा गर्दै हुनुहुन्छ | सबै कुरा पूर्ण छ | जसतै यो ग्रहमा सबै कुरा पूर्ण छ | पूर्णम् इदं पूर्णम् अदः पूर्णात् पूर्णम् उदच्यते पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (इशो मंगलाचरण) हरेक ग्रह यसरी बनेको छ कि यो आफैंमा पूर्ण हुन्छ | समुद्र र महासागरमा पानी भण्डारण गरिएको छ | सूर्यले पानीलाई बाफ बनाउँछ | यहाँमात्र होइन तर अरु ग्रहहरुमा पनि उही प्रक्रिया चल्दैछ | यो बादलमा परिणत हुन्छ, त्यसपछि जमिनमा वितरित हुन्छ, र जमिनमा तरकारी, फल र वनस्पति उम्रन्छन् | सबै कुराको पूर्ण व्यवस्था छ | हामीले बुझ्नुपर्छ कि कसले यो व्यवस्था सबैतिर मिलाएको छ | सूर्य ठिक समयमा उदाउँछ, चन्द्रमा ठिक समयमा उदाउँछ, मौसमहरु ठिक समयमा परिवर्तन हुन्छन् | तपाईले कसरी भन्न सक्नुहुन्छ ? वेदमा प्रमाण छ कि भगवान् हुनुहुन्छ |