NE/Prabhupada 0304 - मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : अगाडि बढ |

तमाल कृष्ण : "यो एकैसाथ हुने समानता र भिन्नता सधैं विद्यमान हुन्छ, जीवात्मा र परमात्माबीचको सम्बन्धमा |"

प्रभुपाद: यो एकैसाथ हुने समानता र भिन्नता, उही जमिनको उदाहरण लिऊ | कसैले भन्छ, "ओहो, मैले देखें कि त्यो भाग पानी हो |" र कसैले भन्छ,"होइन | मैले देखें कि त्यहि भाग जमिन हो |" त्यसैले एकैसाथ समानता र भिन्नता | हाम्रो स्तर... हामी जीवात्मा हौँ र कृष्ण, भगवान्..... उहाँ पूर्ण आत्मा हुनुहुन्छ र म उक्त आत्माको अंश हुँ | जस्तै सूर्य, सूर्य परिधि , र सूर्यकिरण, अणुको चम्किने तत्वहरु पनि सूर्य किरण हुन् | त्यो अणुको तत्वहरुको समिश्रणले हामीलाई सूर्यकिरण दिंदैछन् | हामी पनि सूर्यका अणुहरु जस्तै चम्किंदैछौँ, तर हामी पूर्ण सूर्य समान छैनौं | चम्किने तत्वहरुको परिमाण सूर्य परिधि समान छैन, तर गुणको हिसाबले त्यो समान छ | त्यसैगरी, हामी जीवात्माहरु, हामी परमात्मा, कृष्ण वा भगवानका अणु अंश हौँ | तसर्थ हामी पनि चम्किन्छौँ | हाम्रो गुण पनि समान छ | जस्तै सुनको सानो अंश पनि सुन नै हुन्छ | त्यो फलाम हुँदैन | त्यसैगरी, हामी जीवात्मा हौँ ; त्यसैले हामी समान हुन्छौं | तर म सुक्ष्म भएको कारण.... जस्तै उही उदाहरण | तटस्थ शक्ति धेरै सानो भएको कारण यो कहिले पानीले ढाकिन्छ | तर जमिनको ठुलो भाग पानीरहित हुन्छ | त्यसैगरी, मायाले पनि सुक्ष्म अंश रुपी आत्मालाई ढाक्न सक्छिन्, तर मायाले परम तत्वलाई ढाक्न सक्दिनन् | जस्तै उही उदाहरण, आकाश, सूर्यको किरण | सूर्य किरण, सूर्यको सानो अंश बादलले ढाकेको हुन्छ | तर यदि तिमी हवाईजहाज वा जेट प्लेन चढेर बादल माथि पुग्छौ भने तिमीले सूर्यलाई बादलले ढाकेको छैन भनेर देख्नेछौ | बादलले सूर्यलाई ढाक्न सक्दैन | त्यसैगरी, मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन् | मायाले ब्रह्मका सानो अंशलाई मात्र ढाक्न सक्छिन् | मायावादी सिद्धान्तमा भनिन्छ कि : "म अहिले मायाले ढाकिएको छु | जब म मुक्त हुन्छु, म पूर्णसँग एकाकार हुन्छु ..." हामी पूर्णसँग उही रुमा एक छौँ | जस्तै सूर्यको किरण र सूर्य परिधिको गुणमा कुनै भिन्नता छैन | जहाँ सूर्य हुन्छ, त्यहाँ सूर्य किरण हुन्छ, तर सानो अंशहरु, सूर्यका अंशहरु कहिल्यै पनि सूर्यको परिधिसँग समान हुन सक्दैनन् | त्यो कुरा चैतन्य महाप्रभुले यस अध्यायमा वर्णन गर्नुभएको छ |