NE/Prabhupada 0305 - हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ



Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : अगाडि बढ |

तमाल कृष्ण :" जीवात्मा सूर्यको किरण जस्तै हुन्छ, तर कृष्णलाई सूर्यसँग तुलना गरिएको छ | चैतन्य महाप्रभुले जीवात्मालाई आगोको झिल्कासँग तुलना गर्नुभएको छ र परमात्मालाई सूर्यको दन्किएको आगो जस्तै भन्नुभएको छ | भगवानले यो कुरा विष्णु पुराणबाट उद्धृत गर्नुभएको हो, जहाँ भनिएको छ कि ब्रम्हाण्डमा हरेक वस्तुहरु भगवानका शक्ति हुन् | उदाहरणको लागि, एक स्थानमा बलेको आगोले आफ्नो ताप र प्रकाश वरपर फैलाउँछ, त्यसैगरी, यद्यपि भगवान् आध्यात्मिक जगतको एउटा स्थानमा विराजमान हुनुहुन्छ, तर उहाँले आफ्ना शक्तिहरु सर्वत्र व्यक्त गर्नुहुन्छ |"

प्रभुपाद : यो धेरै सजिलो छ | बुझ्ने प्रयास गर | जस्तै यो आगो, यो बत्ति, कुनै एउटा स्थानमा अवस्थित छ तर यसको प्रकाश सारा कोठाभरि फैलिएको छ, त्यसैगरी तिमीले देख्ने यो ब्रह्माण्डको हरेक अभिव्यक्ति परमपुरुष भगवानको शक्तिको प्रदर्शन हो | भगवान् एकै स्थानमा विराजमान हुनुहुन्छ | हामी ब्रह्म-संहितामा भन्दछौँ : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | उहाँ एक व्यक्ति हुनुहुन्छ | जस्तै तिम्रो राष्ट्रपति, श्री जोन्सन, उनि वाशिंगटनमा आफ्नो कोठामा बस्दैछन्, तर उनको शक्ति सारा राष्ट्रभर कार्यरत छ | यदि यो भौतिक रुपमा सम्भव हुन्छ भने कृष्ण वा भगवान् पनि आफ्नो स्थानमा, धाममा, वैकुण्ठमा विराजमान हुनुहुन्छ, तर उहाँको शक्ति कार्यरत छ| अर्को उदाहरण सूर्य | तिमीले देख्छौ कि सूर्य एउटा निश्चित स्थानमा अवस्थित छ तर तिमीले सारा ब्रह्माण्डभरि सूर्यकिरण फैलिएको देख्न सक्छौ | सूर्यकिरण तिम्रो कोठामा हुन्छ | त्यसैगरी, तिमीले जे प्रयोग गर्दैछौ, तिमी स्वयं पनि, हामी सबै भगवानको शक्तिका प्रदर्शन हौँ | हामी उहाँभन्दा भिन्न छैनौँ | तर जब माया अथवा भ्रमको बादलले हाम्रो आँखा ढाकिदिन्छ, हामी सूर्यलाई देख्न सक्दैनौं | त्यसैगरी, जब हामी जीवनको भौतिक अवधारणाद्वारा ढाकिन्छौँ, हामीले भगवान् को हुनुहुन्छ भनेर बुझ्न सक्दैनौं | हामीले भन्छौं कि भगवान् मृत हुनुहुन्छ | हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ | तब तिमीले प्रत्यक्ष रुपमा भगवानलाई देख्न सक्छौ:"यहाँ भगवान् हुनुहुन्छ |" हो | ब्रह्म संहितामा भनिएको छ, प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३८) सर्वोच्च पुरुषोत्तम भगवान् श्यामसुन्दर हुनुहुन्छ | श्यामसुन्दर | श्याम भनेको कालो, तर धेरै, धेरै सुन्दर | ती सुन्दर व्यक्ति, परम पुरुष, कृष्णलाई पुण्य व्याक्तिहरुले सदैव दर्शन गर्छन् | प्रेमामाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन​ | किन उनीहरुले दर्शन गर्छन् ? किने उनीहरुको आँखा भागवत प्रेमको मलमले सफा बनाएको हुन्छ | जस्तै यदि तिम्रो आँखा कमजोर भयो भने तिमीले चिकित्सकसँग परामर्श गरेर कुनै मलम लगाउँछौ र तिम्रो आँखा सफा र चम्किलो हुन्छ, तिमीले राम्ररी देख्न सक्छौ | त्यसैगरी, जब तिम्रा भौतिक आँखामा भागवत प्रेमको मलम लगाइन्छ, तब तिमीले भगवानलाई देख्नेछौ, "यहाँ भगवान् हुनुहुन्छ |" तिमीले भन्नेछैनौ कि भगवान् मृत हुनुहुन्छ | त्यो आवरणलाई हटाउनुपर्छ, र त्यो आवरणलाई हटाउन तिमीले यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुपर्छ |

धेरै धेरै धन्यवाद |