NE/Prabhupada 0342 - हामी सबै पृथक छौं, कृष्ण पनि पृथक हुनुहुन्छ



Lecture on CC Adi-lila 7.7 -- Mayapur, March 9, 1974

हामी सबै जीवात्माहरु पृथक छौं र कृष्ण पनि पृथक हुनुहुन्छ | यो ज्ञान हो | नित्य नित्यानां चेतनश् चेतनानाम् एको यो बहूनां विदधाति कामान् (कठ उपनिषद २|२|१३) | कृष्ण अथवा भगवान् नित्य वा शाश्वत हुनुहुन्छ | हामी पनि नित्य वा शाश्वत छौँ | न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | हामी मर्दैनौं | यो आध्यात्मिक धारणाको प्रारम्भिक ज्ञान हो कि "म यो शरीर होइन, म आत्मा हुँ, अहं ब्रह्मास्मि, तर म पृथक छु |" नित्यो नित्यानाम | कृष्ण पनि पृथक हुनुहुन्छ ; म पनि पृथक छु | जब कृष्णले भन्नुहुन्छ कि सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६), यसको अर्थ यो होइन कि म पनि कृष्णसँग एकाकार हुन्छु, अथवा भगवानको अस्तित्वमा एकाकार हुन्छु | मेरो पृथकता कायम हुन्छ, कृष्णको आफ्नो पृथकता कायम हुन्छ, तर म कृष्णको आज्ञा पालन गर्न सहमत हुन्छु त्यसैले भगवद् गीतामा कृष्णले अर्जुनलाई भन्नुहुन्छ कि "मैले तिमीलाई सबै कुरा भनिसकेँ | अब तिम्रो निर्णय के छ ?" स्वतन्त्रता | यो होइन कि कृष्णले अर्जुनलाई जबर्जस्ती गर्दै हुनुहुन्छ | यथेच्छसि तथा कुरु: (भ गी १८|६३) "अब तिमी जे चाहन्छौ, त्यो गर्न सक्छौ |" त्यो स्वतन्त्रता हो | यो मायावाद दर्शन हो, कि एकाकार हुने, पूर्णतामा एकाकार हुने, पूर्णतामा एकाकार हुने अर्थात् हामी कृष्णको स्वरूपमा एकाकार हुन्छौं | वर्तमान समयमा हाम्रो स्वतन्त्रता मायाद्वारा ढाकिएको छ, किनकि हामी धेरै योजना बनाउँदैछौँ | त्यसैले तिम्रो र मेरो स्वतन्त्रताको टक्कर पर्छ | तर जब कुनै टक्कर हुँदैन- हामीले सहमत हुनेछौं कि"कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ "- त्यो एकाकार हो, यो होइन कि हामीले आफ्नो पृथकता गुमाउँछौं | वेदिक दर्शनमा उल्लेख भए अनुसार र कृष्णले भन्नुभए अनुसार, हामी सबै पृथक जीव हौँ | सबै पृथक |

स्वयं भगवन् एकले ईश्वर​ | भिन्नता यो छ कि उहाँ परम शासक वा ईश्वर हुनुहुन्छ | ईश्वर भनेको शासक हो | वास्तवमा उहाँ शासक हुनुहुन्छ, र हामी पनि शासक हौँ तर हामी अधिनस्थ शासक हौँ | त्यसैले उहाँ एकले ईश्वर, एक शासक हुनुहुन्छ | ईश्वरः परमः कृष्ण, ब्रह्म-संहितामा भनिएको छ | एकले ईश्वर | ईश्वर धेरै हुन सक्दैन | त्यो ईश्वर होइन | सबै भगवान हुन् भन्ने मायावाद दर्शन ठिक निष्कर्ष होइन | त्यो धूर्तता हो | कृष्ण भन्नुहुन्छ, मुढ | न मां प्रपद्यन्ते मूढाः (भ गी ७|१५)| जो परम ईश्वर वा भगवानमा शरणागत हुँदैन, तिमीले राम्ररी जान्नुपर्छ कि "यो मुढ, धूर्त हो," किनकि यो होइन कि हामी सबैजना ईश्वर बन्न सक्छौं | त्यो सम्भव छैन | तब ईश्वरको कुनै अर्थ हुँदैन | ईश्वर भनेको शासक हो | मानौँ हामी यो समूहमा छौँ, यो, अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ | यदि सबैजना शासक अथवा आचार्य भए भने कसरी व्यवस्थापन गर्न सकिन्छ ? हुँदैन | त्यहाँ एउटा मालिक हुनुपर्छ | त्यो हाम्रो व्यावहारिक जीवनको सिद्धान्त हो | हामी राजनैतिक नेताहरुको अनुसरण गर्छौं | हामीले कुनै नेताको अनुसरण नगरी "म यो पार्टीको हुँ " भनेर बताउन सक्दैनौं | त्यो प्राकृतिक हुन्छ | यो वैदिक सिद्धान्त हो, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद २|२|१३)| एउटा अगुवा हुनुहुन्छ, समान गुण वा नित्य गुण भएको अगुवा | म नित्य हुँ, कृष्ण नित्य हुनुहुन्छ | कृष्ण पनि जीवात्मा हुनुहुन्छ | म पनि जीवात्मा हुँ | नित्यो नित्यानां चेतनश् चेतनानाम् | कृष्ण र मबीच के भिन्नता छ ? भिन्नता यो छ कि दुईवटा नित्यहरु अथवा दुईवटा चेतनहरु छन् | एकथरीको संख्या एक छ, र अर्कोथरीको संख्या धेरै छ | नित्यो नित्यानां | यो नित्यानां बहुसंख्या हो, र नित्य एक्संख्या हो | भगवान् नित्य हुनुहुन्छ, एक्संख्या, र हामी अधिनस्थ छौं | हाम्रो संख्या धेरै छ | यो भिन्नता छ | र उहाँले बहुसंख्यालाई कसरी शासन गर्नुभएको छ ? किनकि एको यो बहूनां विदधाति कामान् | उहाँले यी बहुसंख्यक जीवका सम्पूर्ण आवश्यकताहरु पूरा गर्दै हुनुहुन्छ; त्यसैले उहाँ ईश्वर हुनुहुन्छ, उहाँ कृष्ण हुनुहुन्छ, उहाँ भगवान् हुनुहुन्छ | जसले जीवनका सम्पूर्ण आवश्यकता पूरा गर्छ, उहाँ नै ईश्वर हुनुहुन्छ, उहाँ कृष्ण हुनुहुन्छ, उहाँ भगवान् हुनुहुन्छ | हामीले सजिलै बुझ्न सक्छौँ कि हाम्रो पालनपोषण कृष्णले गर्नुभएको छ, र किन हामी उहाँद्वारा शासित हुन सक्दैनौं ? यो तथ्य हो |