NE/Prabhupada 0416 - केवल जप्ने, नाच्ने र मिठो मिठाई, कचोरी खाने



Lecture & Initiation -- Seattle, October 20, 1968


यो अभियानको ठुलो आवश्यकता छ र हामी यस कृष्ण भावनामृत अभियान फैलाउँदै छौं, र यो व्यवहारिक छ, धेरै सजिलो, र यस युगको लागि उपयुक्त | यसले हेर्दैन कि तपाई कति योग्य हुनुहुन्छ | यसले हेर्दैन | तपाईको अतितको जीवन जस्तो भए पनि, तपाई केवल यहाँ आउनुहोस्, आफ्नो जिब्रोले हरे कृष्ण जप्नुहोस्- भगवानले तपाईलाई एउटा जिब्रो दिनुभएको छ- त कृष्ण प्रसादको स्वाद लिनुहोस्, प्रेम भोज, र आफ्नो जीवन सफल बनाउनुहोस् | धेरै सजिलो विधि | यो हाम्रो कार्यक्रम हो | त्यसैले सबजनालाई यो अभियानमा संग्लग्न हुन निमंत्रना दिनुहोस् र तपाईलाई फाइदा हुनेछ | र तपाईले व्यवहारिक रुपमा देख्नुहुनेछ | यो प्रत्यक्षावगमं धर्म्यम् हो | भगवद गीतामा भनिएको छ कि आत्म-साक्षात्कारको यो विधि प्रत्यक्ष रुपमा अनुभव गर्न सकिन्छ | प्रत्यक्ष रुपमा अनुभव गर्न सकिने | प्रत्यक्षावगमं धर्म्यम् | जस्तै जब तपाई खानुहुन्छ, तपाईले बुझ्नुहुन्छ कि तपाईले खाँदै हुनुहुन्छ, तपाईले बुझ्नुहुन्छ कि तपाईको भोक सन्तुष्ट हुँदैछ, तपाईले बुझ्नुहुन्छ कि तपाई बल प्राप्त गर्दै हुनुहुन्छ | तपाईले प्रमाणपत्र लिनुपर्दैन | तपाईले आफैं बुझ्न सक्नुहुन्छ यो यति राम्रो कुरा हो | प्रत्यक्षावगमं | प्रत्यक्ष भनेको सिधै, अवगमम् | तपाईले यो प्रत्यक्ष रुपमा बुझ्नुहोस् | यदि तपाई ध्यान गर्नुहुन्छ, तथाकथित ध्यान, तपाईलाई थाहा हुँदैन कि तपाईले कति प्रगति गर्दै हुनुहुन्छ | तपाई देख्नुहुन्छ, तपाई विस्मृतिमा रहनुहुन्छ | तपाईलाई थाहा हुँदैन | तर यहाँ, यदि तपाई हरे कृष्ण जप्नुहुन्छ, तपाईले प्रत्यक्ष रुपमा अनुभव गर्नुहुन्छ | मसँग यति धेरै विद्यार्थीहरु छन्, धेरै पत्रहरु छन् उनीहरुले कसरी प्रत्यक्ष रुपमा अनुभव गर्दैछन् | यो धेरै राम्रो छ | प्रत्यक्षावगमं धर्म्यं सु-सुखं कर्तुम् अव्ययम् (भ गी ९|२) | र पालन गर्न धेरै राम्रो | जप्नुहोस् र नाच्नुहोस् र खानुहोस् | तपाईलाई अरु के चाहियो ? (हाँसो) केवल जप्ने, नाच्ने र मिठो मिठाई, कचोरी खाने | त्यसैले सु-सुखम् र कर्तुम् अव्ययम् | यो विधि पालन गर्दा, अभ्यास गर्दा धेरै आनन्दमय र अव्ययम् छ | अव्ययम् भनेको तपाई जे गर्नुहुन्छ, यस अभियानमा एक प्रतिशतमात्र सम्पन्न गर्नुभए पनि, त्यो तपाईको नित्य सम्पत्ति हो | नित्य सम्पत्ति | यदि तपाई दुई प्रतिशत, तीन प्रतिशत, चार प्रतिशत गर्नुहुन्छ....... तर अर्को जीवनको प्रतिक्षा नगर्नुहोस् | सकाउनुहोस्, शत प्रतिशत | यो सम्पन्न गर्न धेरै सजिलो छैन; तसर्थ सकाउनुहोस् | प्रतीक्षा नगर्नुहोस् कि "यो जीवनमा आत्म-साक्षात्कारको केहि प्रतिशत सकाउँछु र अर्को जीवनमा मैले गर्नेछु |" र त्यस अनुभूतिको परिक्षण के हो, पूर्ण प्रतिशत सकाएको ? परिक्षण यो हो कि तपाईले भगवान, कृष्णलाई प्रेम गर्न कति सिक्नुभएको छ, त्यति हो | तपाईसँग आफ्नो प्रेम छ, तपाई कसैलाई प्रेम गर्नुहुन्छ, तर यदि तपाई आफ्नो प्रेम विभाजन गर्नुहुन्छ, कि "म यो देश, मेरो समाज, मेरी प्रेमिका, मेरो प्रेमी, यसलाई र त्यसलाई प्रेम गर्छु, र म कृष्णलाई पनि प्रेम गर्ने प्रयास पनि गर्नेछु......" हुँदैन | त्यो पनि राम्रो हो, तर यदि तपाईले आफ्नो पूर्ण महत्व केवल कृष्णलाई प्रेम गर्न दिनुहुन्छ, तपाईले स्वत: अरु कुरालाई प्रेम गर्नुहुनेछ र तपाईको जीवन पूर्ण हुनेछ | अरु प्रेमका गतिविधिहरु घट्नेछैनन् | जस्तै एउटा कृष्ण भावनाभावित व्यक्तिले आफ्नो परिवार र समाजलाईमात्र प्रेम गर्दैन; उसले पशु, कमिलालाई पनि प्रेम गर्छ, उसको प्रेम धेरै विस्तारित हुन्छ | यो यति धेरै राम्रो कुरा छ | तपाईले कति प्रेम गर्नसक्नुहुन्छ ? जे पनि कुनै असमझदारी हुने बित्तिकै, प्रेम टुट्छ | तर कृष्ण-प्रेम यति स्थिर छ कि तपाई कहिल्यै टुट्नुहुनेछैन र तपाईको प्रेम सार्वभौमिक रुपमा विस्तारित हुनेछ | यो यति धेरै राम्रो कुरा छ | र तपाईसँग प्रेम छ | तपाईले आफ्नो प्रेम क्षमता धेरै गलत स्थानमा राख्नुभएको छ | तपाई त्यसलाई केवल कृष्णतर्फ मोड्नुहोस् र जब तपाई कृष्णलाई पूर्णत: प्रेम गर्नुहुन्छ, तपाईले देख्नुहुनेछ कि तपाई आफ्नो देश, आफ्नो समाज, आफ्नो मित्रलाई पहिलेभन्दा धेरै प्रेम गर्नुहुनेछ | यो धेरै राम्रो कुरा छ |