NE/Prabhupada 0474 - आर्यन भनेको जो विकसित छन्

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture -- Seattle, October 7, 1968


वेदान्तमा सुझाव दिइएको छ,"अब तिमी ब्रह्मको जिज्ञासा गर्नतर्फ लाग |" अथातो ब्रह्म जिज्ञासा | यो सबै सभ्य मानिसलाई लागु हुन्छ | मैले अमेरिकी, युरोपेली वा एसियालीलाई भनेको होइन | जहाँ पनि | आर्यन भनेको जो विकसित छन् | अनार्य भनेको जो छैनन्....... यो संस्कृत अर्थ हो, आर्य | र शुद्र...... आर्यनलाई चार जातमा विभाजन गरिन्छ | सबभन्दा बुद्धिमान वर्ग लाई ब्राह्मण भनिन्छ र...... ब्राह्मणभन्दा कम भनेको जो प्रशासक छन्, राजनीतिज्ञ, तिनीहरु क्षत्रिय हुन् | र उनीहरु पछी व्यापारी वर्ग, व्यापारी तथा उद्योगपति, प्रशासक वर्गभन्दा कम | र त्योभन्दा तल शुद्रहरु | शुद्र भनेको मजदुर | यो प्रणाली नयाँ होइन | यो सर्वत्र छ | जहाँ मानव समाज छ, यी चार वर्गका मानिसहरु हुन्छन् | कहिलेकाही मलाई सोधिन्छ कि भारतमा जातीय प्रथा किन छ | यो जातीय प्रथ त्यहाँ छ | यो प्राकृतिक रुपमा छ | भगवद गीतामा भनिएको छ, चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः: (भ गी ४|१३) | "चार वर्गका मानिसहरु छन् | त्यो मेरो नियम हो |" उनीहरु चार वर्गका कसरी भए ? गुण-कर्म-विभागशः | गुण भनेको विशेषता र कर्म भनेको कार्य | यदि तपाईसँग धेरै राम्रो गुण छ, बुद्धिमानी, ब्राह्मण गुण...... ब्राह्मण गुण भनेको तपाईले सत्य बोल्नुहुन्छ, तपाई धेरै सफा हुनुहुन्छ र तपाई आत्म-संयमित हुनुहुन्छ, तपाईको मन सन्तुलनमा हुन्छ, तपाई सहनशील हुनुहुन्छ र धेरै गुणहरु...... तपाईले भगवानमा विश्वास गर्नुहुन्छ, तपाईई व्यवहारिक रुपमा शास्त्रहरु थाहा हुन्छ | यी गुणहरु उच्च वर्ग, ब्राह्मणको लागि हुन् | ब्राह्मणको पहिलो गुण भनेको ऊ सत्यवादी हुन्छ | उसले आफ्नो शत्रुलाई पनि सत्य बोल्छ | उसले कहिल्यै पनि केहि लुकौन्दैन | सत्यम् | शौचम्, धेरै सफा | एउटा ब्राह्मणले दैनिक तीनपटक स्नान गर्नुपर्छ, र हरे कृष्ण जप्नुपर्छ | बह्याभ्यन्तर​, बाहिर सफा, भित्र सफा | यी गुणहरु छन् | त्यसैले...... जब यी अवसरहरु हन्छन्, तब वेदान्त-सूत्र, वेदान्तमा सुझाव दिइन्छ,"अब तिमी ब्रह्मको बारेमा जिज्ञासा राख्न सुरु गर |" अथातो ब्रह्म जिज्ञासा | अथातो ब्रह्म जिज्ञासा | जब कोहि भौतिक पूर्णतामा पुगेको हुन्छ, तब अरुको कार्य भनेको जिज्ञासा गर्नु हो | यदि हामी जिज्ञासा गर्दैनौं, यदि हामीले ब्रह्म के हो बुझ्ने प्रयास गर्दैनौं, तब हामी विचलित हुन्छौं | इच्छा भएको कारण ज्ञानको विकास हुन्छ | ज्ञानको विकासको सिद्धान्त भनेको कोहि सन्तुष्ट हुनुहुँदैन, आफुलाई पहिल्यै थाहा भएको ज्ञानद्वारा | उसलाई धेरै थाहा हुनुपर्छ | तपाईको देशमा, वर्तमान समयमा अरु देशको तुलनामा, तपाईले भौतिक रुपमा धेरै रामरती विकास गर्नुभएको छ | अब यो ब्रह्म​-जिज्ञासा, परमब्रह्मको बारेमा जिज्ञासा लिनुहोस् | परमब्रह्म के हुनुहुन्छ ? म के हुँ ? म पनि ब्रह्म हुँ | म ब्रह्मको अंश भएको कारण म पनि ब्रह्म हुँ | जस्तै सुनको सानो अंश, सानो कण पनि सुन हो | यो अरु कुरा हुँदैन | त्यसैगरी, हामी पनि ब्रह्म वा परब्रह्मको अंश हौँ | जस्तै सुर्यका अणु, तिनीहरु पनि सुर्यलोक जसरी प्रज्वलित छन्, तर तिनीहरु धेरै सानो छन् | त्यसैगरी, हामी जीवहरु, हामी पनि भगवान समान छौं | तर उहाँ सुर्यलोक वा सुर्यलोकका देवता जस्तै ठुलो हुनुहुन्छ, हामी साना कण हौँ, सुर्यका कण | यो परब्रह्म र हामीबीचको तुलना हो |