NE/Prabhupada 0818 - सत्त्व गुणको स्तरमा सबैभन्दा असल व्यक्तिलाई बुझ्न सकिन्छ



Lecture on SB 7.9.8 -- Seattle, October 21, 1968


तमाल–कृष्णः हामी कसरी सत्वगुणमा प्रवेश गर्न सक्दछौँ ?

प्रभुपादः केवल हामीले निर्देशन दिएबमोजिम चार नियमहरू पालन गर्ने प्रयास गरः नशालु पदार्थको सेवन नगर्ने, जुवातास नखेल्ने, अवैध यौन सम्बन्ध नराख्ने तथा मांस भक्षण नगर्ने । यति नै हो । यो सत्वगुण हो । यो सत्व गुण हो । यी निषेधहरू दिइएका छन् । किन ? केवल तिमीहरूलाई सत्वगुणमा राख्नका लागि । प्रत्येक धर्ममा...र अब दश आज्ञाहरूमा समेत, मैले देख्दै छु “तैँले हत्या नगर्नू ।” त्यहाँ पनि यही आदेश दिइएको छ, तर मानिसहरू आज्ञापालन गरिरहेका छैनन् । त्यो अलग कुरा हो । कुनै पनि धार्मिक मानिस...सत्वगुणमा अवस्थित नभएसम्म कोही पनि धार्मिक हुन सक्दैन । एउटा रजोगुणी अथवा तमोगुणी मानिस, तिनीहरूलाई धार्मिक स्तरमा उकास्न सकिँदैन । धार्मिक स्तर भनेको सत्वगुण हो । त्यसपछि तिमीले बुझ्न सक्दछौ । सत्वगुणको स्तरमा हुँदा, तिमीले सबैभन्दा असल व्यक्तिलाई बुझ्न सक्दछौ । यदि तिमी तमोगुणमा छौ भने, यदि तिमी रजोगुणमा छौ भने, तिमीले सबैभन्दा असल व्यक्तिलाई कसरी चिन्न सक्छौ ? त्यो सम्भव छैन । त्यसैले, मानिसले आफूलाई सत्वगुणमा राख्नुपर्दछ, र सत्वगुण भनेको मानिसले निषेधित वस्तुहरू त्याग्नुपर्दछ । या त तिमीले दश आज्ञाहरू पालन गर अथवा यी चार नियमहरू पालन गर, कुरा एउटै हो । त्यसको अर्थ हो कि तिमीले आफूलाई सत्वगुणमा राख्नुपर्दछ । यो सन्तुलन सत्वगुणमा हुनै पर्दछ । भगवद्गीतामा उल्लेख गरिएको छ, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भगवद्गीता १०।१२) अर्जुनले कृष्णलाई परमपवित्रका रुपमा स्वीकार्नुभयो । आफू पवित्र नभएसम्म तिमी परमपवित्रको नजिक कसरी जान सक्छौ ? त्यसैले, यो शुद्ध बन्नका लागि पाइला टेक्ने ढुंगा हो किनभने हामी अशुद्ध छौँ । त्यसकारण, शुद्ध बन्नका लागि...एकादशी, हामी किन एकादशी पालन गर्दछौँ ? शुद्ध बन्नका लागि । ब्रह्मचर्य, तपस्या, मनलाई सधैँ कृष्णभावनामृतमय बनाइराख्नु, शरीरलाई सधैँ सफसुग्घर राख्नु – यी वस्तुहरूले हामीलाई सत्वगुणमा रहन सहायता गर्दछन् । सत्वगुणबिना यो सम्भव छैन । तर कृष्णभावनामृत यति असल छ कि रजोगुण तथा तमोगुणमा रहेका मानिसहरू समेत, तिनीहरू पनि तत्काल सत्वगुणको स्तरमा आउन सक्दछन्, शर्त यो हो कि उसले चार नियमहरू पालन गर्न तथा हरे कृष्ण महामन्त्रको जप गर्न स्वीकार गर्नुपर्र्दछ । यो हरे कृष्ण महामन्त्रको जप तथा चार नियमहरू पालन गरेपछि तिमी अखण्ड रुपमा सत्वगुणमा स्थित हुन सक्दछौ । ढुक्क होऊ । निस्सन्देह । के यो त्यति कठिन छ र ? उफ् ? त्यो ठीक छ ।