NE/Prabhupada 0918 - कृष्णको शत्रु बन्नु त्यति लाभदायक छैन । कृष्णको मित्र बन्नु नै ठीक छ

Revision as of 09:46, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


730421 - Lecture SB 01.08.29 - Los Angeles


अतः यहाँ भनिएको छ : न वेद कश्चिद् भगवन् चिकीर्षितम् (श्रीमद्भागवत १।८।२९) । “कोही पनि हजुरको अवतार तथा तिरोधानको उद्देश्यलाई जान्दैन । कोही पनि जान्दैन ।” अतः तव ईहमानस्य नृणाम् विडम्बनम् (श्रीमद्भागवत १।८।२९) । यो भ्रमित पार्ने किसिमको छ । कोही पनि जान्दैन कि उहाँको वास्तविक प्रयोजन के हो । वास्तविक प्रयोजन हो : उहाँको स्वतन्त्र इच्छा । “म त्यहाँ जानेछु र हेर्नेछु ।” असुरहरुको विनाश गर्नका लागि कृष्णलाई यहाँ आइरहनुपर्ने आवश्यकता छैन । उहाँका अनेकौँ प्रतिनिधिहरु छन्, जस्तै, यदि शक्तिशाली वायु बहन्छ भने हजारौँ असुरहरुलाई एकै क्षणमा विनाश गर्न सकिन्छ । अतः असुरहरुको विनाश गर्नका लागि कृष्णलाई यहाँ आइरहनुपर्ने आवश्यकता छैन । र भक्तहरुलाई सुरक्षा दिनका लागि पनि उहाँ यहाँ आइरहनुपर्ने आवश्यकता छैन । केवल आफ्नो इच्छाद्वारा कृष्णले सबै कुरा गर्न सक्नुहुन्छ । तर कृष्णले लीलाको आनन्द लिनुहुन्छ, “म जानेछु र हेर्नेछु ।” कहिलेकाहीँ कृष्ण युद्ध गर्न चाहनुहुन्छ । किनभने कृष्णसँग पनि युद्ध गर्ने प्रवृत्ति छ । नत्र, हामीसँग यस्तो प्रवृत्ति कसरी आउँदथ्यो ? किनभने हामी कृष्णका अंशहरु हौँ । त्यसकारण, कृष्णका सम्पूर्ण गुणहरु सूक्ष्म रुपमा हामीभित्र पनि विद्यमान छन् । हामी पनि कृष्णकै नमुना हौँ तर हामीले युद्ध गर्ने प्रवृत्ति कहाँबाट प्राप्त गरेका हौँ ? कृष्णसँग युद्ध गर्ने प्रवृत्ति छ । उदाहरणार्थ, कहिलेकाहीँ ठूलाठूला मानिसहरु अथवा राजाहरुले युद्ध गर्नका लागि केही पहलमानहरुलाई नियुक्त गर्दछन् । तिनीहरुले ती पहलमानहरुलाई राजासँग युद्ध गराउनका लागि तलब दिन्छन् । तर ऊ राजाको शत्रु भने हुँदैन । उसले नक्कली युद्ध गरेर राजालाई आनन्द प्रदान गर्दछ । त्यसैगरी, जब कृष्ण युद्ध गर्न चाहनुहुन्छ तब उहाँसँग कसले युद्ध गर्छ ? कृष्णका केही महान् भक्तहरु नै कृष्णसँग युद्ध गर्दछन् । साधारण मानिसहरु सक्दैनन् । एउटा राजाजस्तै, यदि राजाले नक्कली युद्ध गर्न चाहन्छ भने, केही अत्यन्त दक्ष योद्धाहरु अर्थात् पहलमानहरुलाई नियुक्त गरिन्छ । त्यो पनि एउटा सेवा हो । त्यसैगरी, कृष्ण पनि युद्ध गर्न चाहनुहुुन्छ, त्यसकारण, कृष्णका केही भक्तहरु यो संसारमा आएर कृष्णको शत्रु बन्दछन् । ठीक जय र बिजयजस्तै । यिनीहरु हिरण्याक्ष र हिरण्यकशिपु बने । के तिमी ठान्दछौ कि ती साधारण जीवात्माहरु हुन् ? यदि हिरण्यकशिपुलाई मार्नका लागि नृसिंहदेव स्वयं आउनुप¥यो भने, तिमी तिनीहरुलाई अझै साधारण मानिस ठान्दछौ । अहँ, तिनीहरु साधारण मानिसहरु होइनन् । तिनीहरु कृष्णकै भक्तहरु हुन् । तर कृष्णले युद्ध गर्ने चाहना गर्नुभयो । वैकुण्ठ जगतमा भगवानसँग युद्ध गर्नु सम्भव हुँदैन किनभने त्यहाँ सर्वत्र, त्यहाँ सबैजना कृष्णको सेवामा संलग्न रहन्छन् । अब त्यहाँ कृष्ण कोसँग युद्ध गर्नुहुन्छ ? (हाँसो चल्छ) त्यसकारण, कृष्णले आफ्ना केही भक्तहरुलाई शत्रुको भेषमा संसारमा पठाउनुहुन्छ । अनि कृष्ण स्वयं उसँग युद्ध गर्नका लागि आउनुहुन्छ । साथसाथै, कृष्ण हामीलाई शिक्षा दिनुहुन्छ कि उहाँको शत्रु बन्नु त्यति लाभदायक हुँदैन । बरु कृष्णको मित्र बन्नु लाभदायक छ । त्यो लाभदायक हुनेछ । (हाँसो चल्छ) अतः भनिएको छ कि : न वेद कश्चिद् भगवन् चिकीर्षितम् (श्रीमद्भागवत १।८।२९) । “कोही पनि जान्दैनन् कि हजुरको अवतार तथा तिरोभावको प्रयोजन के हो ।” तव ईहमानस्य नृणां विडम्बन “हजुर यो संसारमा एउटा साधारण मानिसजस्तै बनिदिनुहुन्छ । यो भ्रमित पार्ने किसिमको छ ।” अतः साधारण मानिसहरुले यसलाई विश्वास गर्न सक्दैनन् । “भगवान् कसरी एउटा साधारण मानिसजस्तै बन्न सक्नुहुन्छ.....?”कृष्ण खेलिरहनुभएको छ । हुन त उहाँ कुनै साधारण बालकजस्तै भएर खेलिरहनुभएको थिएन । उहाँले त भगवानको रुपमा खेलिरहनुभएको थियो । जब–जब आवश्यकता पर्दथ्यो तब कृष्णले आफ्नो ऐश्वर्य प्रकट गर्नुहुन्थ्यो । जस्तै, कृष्णले १६,००० ओटी श्रीमतीसँग विवाह गर्नुभयो । जब कृष्णले विवाह गर्नुभयो उहाँ एक्लो हुनुहुन्थ्यो र १६,००० युवतीहरुले कृष्णको शरण लिए : “अब हामी अपहरणमा परिसकेका छौँ । यदि हामी घर फक्र्यौँ भने कसैले पनि हामीसँग विवाह गर्ने छैनन् ।” यो वैदिक प्रणालीको एउटा कठोर नियम हो । यदि कुनै अविवाहिता युवती केवल एक रातका लागि समेत घरबाहिर बसिन् भने उनीसँग कसैले पनि विवाह गर्नेछैन । यो नियम अहिलेसम्म पनि प्रचलित छ । कसैले पनि उसँग विवाह गर्नेछैन । यो प्राचीन नियम हो । यी सम्पूर्ण युवतीहरुलाई भौमासुरले अपहरण गरेको थियो.... तिनीहरुले कृष्णलाई प्रार्थना गरे र त्यसपछि कृष्ण आउनुभयो, भौमासुरको वध गर्नुभयो र ती सम्पूर्ण युवतीहरुको उद्धार गर्नुभयो । त्यसपछि, जब कृष्णले उनीहरुलाई सोध्नुभयो :“अब तिमीहरु सुरक्षित रुपले आ–आफ्ना पिताका घरमा जान सक्छौ” उनीहरुले जवाफ दिए: "प्रभु, यदि हामी आफ्नो पिताको घरमा जान्छौं भने हाम्रो भविष्य के हुनेछ ? कसैले हामीसँग विवाह गर्नेछैनन् | किनकि यो राक्षसले हाम्रो अपहरण गर्यो |" "तब तिमीहरु के चाहन्छौ ?" "हामी चाहन्छौं कि हजुर हाम्रो पति बन्नुहोस् |" कृष्ण धेरै दयालु हुनुहुन्छ | "हुन्छ |" उहाँले तत्काल स्वीकार्नुभयो | ती कृष्ण हुनुहुन्छ | जब उनीहरुलै घर ल्याइयो, यो होइन कि १६,००० पत्नीहरुले कृष्णलाई भेट्न १६,००० रात प्रतिक्षा गर्नुपर्नेछ | (हाँसो चल्छ) कृष्णले आफुलाई १६,००० रुपमा विस्तार गर्नुभयो र १६,००० महल सिर्जना गर्नुभयो र हरेक महलमा राम्रो व्यवस्था...... यसको विवरण...... ती भगवान हुनुहुन्छ | जो धुर्त छन्, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरु कृष्णको नि| उहाँले १६,००० पत्नीहरुसँग विवाह गर्नुभयो | (हाँसो चल्छ) उहाँ कामुक भए पनि उहाँ असिमित रुपमा कामुक हुनुहुन्छ | (हाँसो चल्छ) किनकि उहाँ असिमित हुनुहुन्छ | किन 16,००० ? यदि उहाँले १६ लाख पत्नीसँग विवाह गर्नुहुन्छ भने पनि त्यो पूर्ण हुन्छ | ती कृष्ण हुनुहुन्छ |