NE/Prabhupada 0982 - हामीले जति बिग्रिएको गाडी प्राप्त गरे पनि हामी सोच्छौं कि यो धेरै राम्रो छ

Revision as of 09:56, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


720905 - Lecture SB 01.02.06 - New Vrindaban, USA


भागवतमा भनिएको छ यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके, म यो शरीर होइन | यो गाडी हो | जस्तै हामी गाडीमा यात्रा गर्छौं | म यो गाडी होइन | त्यसैगरी, यो एउटा यन्त्र हो, यान्त्रिक गाडी हो | मैले इच्छा गरेको कारण कृष्ण वा भगवानले मलाई यो गाडी दिनुभएको छ | भगवद गीतामा यो कुरा बताइएको छ, ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भ गी १८|६१) | "मेरो प्रिय अर्जुन, परमात्मा रुपी भगवान सबैको हृदयमा अवस्थित हुनुहुन्छ |" भ्रामयन् सर्व​-भूतानि यन्त्रारूढानि मायया (भ गी १८|६१): "र उहाँले जीवलाई यात्रा गर्ने, घुम्ने अवसर दिनुहुन्छ," सर्व-भूतानि, "सम्पूर्ण ब्रह्माण्डभरि |" यन्त्रारूढानि मायया, गाडीमा यात्रा गर्दै, भौतिक प्रकृतिद्वारा दिइएको गाडीमा यात्रा गर्दै | हाम्रो वास्तविक स्थिति भनेको हामी आत्मा हौँ, मलाई राम्रो गाडी दिइएको छ- रो राम्रो गाडी होइन, हामीले जति बिग्रिएको गाडी प्राप्त गरे पनि हामी सोच्छौं कि यो धेरै राम्रो छ, (हाँसो) र आफ्नो पहिचान यो गाडीसँग दिन्छौं | "मसँग यो गाडी छ, मसँग त्यो गाडी छ |" जब कसैले बिर्सन्छ....... यदि कसैले धेरै महँगो गाडी चलाउँछ भने उसले बिर्सन्छ कि ऊ गरिब मानिस हो | उसले सोच्छ कि "म यो गाडी हुँ |" यो परिचय हुन्छ | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः (श्री भा १०|८४|१३) | जसले यो शरीरलाई आफु भनेर सोच्छ, र शारीरिक नाता, स्व-धीः, "यी मेरा हुन् | मेरो भाई, मेरो परिवार, मेरो राष्ट्र, मेरो समुदाय, मेरो समाज,: धेरै कुराहरु, म र मेरो | यो शरीरलाई "म" भन्ने अवधारणा र यो शरीरसँग सम्बन्धितलाई "मेरो" भन्ने अवधारणा | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः (श्री भा १०|८४|१३) | भौम इज्य​-धीः भूमि, भूमि भनेको जमिन | इज्य​-धीः, इज्य भनेको आराध्य | वर्तमान समयमा धेरै दृढतापूर्वक सोचिन्छ "म यो शरीर हुँ," "म अमेरिकी हुँ," "म भारतीय हुँ," "म युरोपेली हुँ," "म हिन्दु हुँ," "म मुस्लिम हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म शुद्र हुँ," "म यो, त्यो हुँ.......," धेरै | यो धेरै बलियो छ र भौम-इज्य-धीः, मैले आफ्नो परिचय निश्चित किसिमको शरीरसँग दिएकाले शरीर उत्पन्न भएको स्थानलाई म आराध्य मान्छु | यो राष्ट्रवाद हो | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः (श्री भा १०|८४|१३), यत्-तीर्थ​-बुद्धिः सलिले र तीर्थस्थल | हामी तीर्थस्थल गएर नदिमा स्नान गर्छौं, जस्तै इशाईहरु जोर्डन नदिमा स्नान गर्छन् वा हिन्दुहरु हर्द्वार गएर गङ्गामा स्नान गर्छन् वा वृन्दावनमा स्नान गर्छन् | तर तिनीहरु सोच्छन् कि त्यस जलमा स्नान गरेको कारण उसको कार्य समाप्त हुन्छ | होइन | वास्तविक कार्य भनेको त्यस्तो तीर्थस्थलमा, पवित्र स्थलमा गएर अध्यात्मिक विकासको तरिका पत्ता लगाउने र अनुभव गर्ने | किनकि त्यहाँ धेरै आध्यात्मिक रुपमा विकसित मानिसहरु बस्छन् | तसर्थ त्यस्तो स्थानमा गएर अनुभवी आध्यात्मवादीलाई खोज्नुपर्छ र उनीबार ज्ञान लिनुपर्छ | त्यो वास्तवमा तीर्थस्थलको यात्रा हो | यो होइन कि केवल गएर स्नान गर्दा कार्य समाप्त हुन्छ | होइन | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः यत्-तीर्थ​-बुद्धिः सलिले न कर्हिचिज् जनेष्व् अभिज्ञेषु... (श्री भा १०|८४|१३) | अभिज्ञे, जसलाई थाहा हुन्छ | (अस्पष्ट) हामीले हरेक कुरा राम्ररी जानेका व्यक्ति, अभिज्ञः सामु जानुपर्छ | कृष्ण अभिज्ञः, स्वराट हुनुहुन्छ | त्यसैगरी कृष्णको प्रतिनिधि पनि प्राकृतिक रुपमा अभिज्ञः हुन्छन् | यदि कोहि कृष्णको सङ्ग गर्छ, यदि कोहि कृष्णसँग बोल्छ भने ऊ धेरै अभिज्ञः, धेरै शिक्षित हुनुपर्छ किनकि उसले कृष्णबाट शिक्षा लिएको हुन्छ | कृष्णको ज्ञान पूर्ण छ, तसर्थ उहाँबाट प्राप्त ज्ञान पनि पूर्ण हुन्छ | अभिज्ञः | र कृष्णले बोल्नुहुन्छ | यो होइन कि यो काल्पनिक हो | होइन | मैले पहिल्यै भनिसकें कि कृष्ण सबैको हृदयमा अवस्थित हुनुहुन्छ र उहाँले आधिकारिक व्यक्तिसँग बोल्नुहुन्छ | जस्तै एउटा ठुलो मानिस, ऊ कोहि आधिकारिक मानिससँग बोल्छ, उसले कुनै बेकार मानिससँग बोलेर आफ्नो समय नाश गर्दैन | ऊ बोल्छ, यो तथ्य हो तर उसले बेकार मानिससँग बोल्दैन, उसले आधिकारिक प्रतिनिधिसँग बोल्छ | यो कसरी थाहा हुन्छ ? भगवद गीतामा भनिएको छ कि तेषां सतत​-युक्तानाम् (भ गी १०|१०), जो आधिकारिक प्रतिनिधि छ |