NE/Prabhupada 0114 - एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ



Lecture -- Laguna Beach, September 30, 1972

भगवद् गीतामा भनिएको छ,

देहोनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

तपाई, म- हामी सबैजना- यो शरीरमा बद्ध छौं | म आत्मा हुँ; तपाई आत्मा हुनुहुन्छ | यो वैदिक उपदेश हो, अहं ब्रह्मास्मि: "म ब्रह्म हुँ।" यो भनेको आत्मा | परब्रह्म होइन, गल्ति नगर्नुहोस् | परब्रह्म भगवान् हुनुहुन्छ | हामी ब्रह्म हौँ, भगवानका अंश, टुक्रा | तर परम होइन, परम फरक हुनुहुन्छ | जस्तै तपाई अमेरिकी हुनुहुन्छ, तर परम अमेरिकी तपाईको राष्ट्रपति, श्रीमान् निक्सन हुनुहुन्छ | तर तपाई यो भन्न सक्नुहुन्न कि "म अमेरिकी भएको कारण म श्रीमान् निक्सन हुँ |" तपाई यो भन्न सक्नुहुन्न | त्यसैगरी, तपाई, म, हामी सबैजना, ब्रह्म, तर त्यसको मतलब यो होइन कि हामी परब्रह्म हौँ | परब्रह्म कृष्ण हुनुहुन्छ | ईश्वर : परम: कृष्ण: (ब्र स ५।१) ईश्वरः परमः | ईश्वर​ भनेको नियन्त्रक | हामी सबैजना केहि हदसम्म नियन्त्रक छौं | कसैले आफ्नो परिवार नियन्त्रण गर्दै, आफ्नो कार्यालय नियन्त्रण गर्दैछ, व्यापार, आफ्ना शिष्यहरू नियन्त्रण गर्दैछ | अन्तिममा, ऊ आफ्नो कुकुरलाई नियन्त्रण गर्दैछ | यदि ऊसँग नियन्त्रण गर्न केहि छैन भने ऊ नियन्त्रण गर्न एउटा कुकुर राख्छ, घरपालुवा कुकुर, घरपालुवा बिरालो | सबैलाई नियन्त्रक बन्ने इच्छा छ | यो तथ्य हो | तर परम नियन्त्रक कृष्ण हुनुहुन्छ | यहाँका तथाकथित नियन्त्रक कोहि अरुबाट नियन्त्रित छन् | म आफ्ना शिष्यहरुलाई नियन्त्रण गरुँला तर म अरु कोही, मेरो गुरुद्वारा नियन्त्रित छु | त्यसैले कसैले भन्न सक्दैन कि "म परम नियन्त्रक हुँ |" सक्दैन | यहाँ तपाईले पाउनुहुन्छ कि तथाकथित नियन्त्रक, अवश्य पनि केहि हदसम्म नियन्त्रक हुन्छ, तर ऊ पनि नियन्त्रित हुन्छ | तर जब तपाई पाउनुहुन्छ कि उहाँ नियन्त्रकमात्र हुनुहुन्छ, कोहि अरुबाट नियन्त्रित हुनुहुँदैन, उहाँ कृष्ण हुनुहुन्छ | कृष्णलाई बुझ्न त्यति गाह्रो छैन | यो बुझ्ने प्रयास गर्नुहोस् कि सबैजना नियन्त्रण गर्दैछन्, हामी सबै जना, तर उही समयमा कोहि अरुबाट नियन्त्रित छौं | तर हामी एक सज्जन व्यक्ति पाउँछौं जसको नाम कृष्ण हो | उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँ कोहिबाट नियन्त्रित हुनुहुन्न | उहाँ नै भगवान् हुनुहुन्छ |

ईश्वर​: परम: कृष्ण: सच् चिद् अानन्द विग्रह
अनादिर् अादिर् गोविन्द: सर्व कारण कारणम्
(ब्र स ५।१)

यो कृष्ण भावनामृत अभियान निकै वैज्ञानिक र आधिकारिक छ र यसलाई तर्कसंगत व्यक्तिले बुझ्न सक्छन् | यदि तपाईले यस कृष्ण भावनामृत अभियानमा रुचि देखाउनुहुन्छ भने तपाईलाई लाभ हुनेछ | तपाईको जीवन सफल हुनेछ | तपाईको जीवनको लक्ष्य पुरा हुनेछ | यो तथ्य हो | तपाई हाम्रो साहित्य पढ्ने प्रयास गर्न सक्नुहुन्छ | हामीसँग धेरै पुस्तकहरु छन् | तपाई आउन सक्नुहुन्छ र व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ हाम्रा विद्यार्थीले कस्तो गर्दैछन्, कृष्ण भावनामृत अभियानमा अघि बढ्दैछन् | तपाईले यिनीहरुको सङ्गबाट पनि सिक्ने प्रयास गर्न सक्नुहुन्छ | जस्तै कोहि यान्त्रिक मानिस बन्न चाहन्छ भने ऊ कारखानामा प्रवेश गर्छ र कामदार, यान्त्रिकका साथ सङ्ग गर्छ र क्रमश: ऊ पनि यान्त्रिक, विशेषज्ञ बन्छ | त्यसैगरी, हामीले यी केन्द्रहरु खोलेका छौं, केवल सबैलाई मौका दिन, कसरी घर जाने, कसरी भगवद् धाम फर्कने भन्ने ज्ञान सिकाउन | यो हाम्रो लक्ष्य हो | यो निकै वैज्ञानिक, आधिकारिक र वैदिक छ | हामीले यो ज्ञान प्रत्यक्ष रुपमा सर्वोच्च परम पुरुष भगवान् कृष्णबाट प्राप्त गरेका छौं | यो हो भगवद् गीता | हामी भगवद् गीता यथा रुप प्रस्तुत गर्दैछौं, कुनै निरर्थक टिप्पणी बिना | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि उहाँ सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले उही प्रस्ताव राखेका छौं, कि कृष्ण सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले यसलाई परिवर्तन गरेका छैनौं | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि,"मेरो भक्त बन | सधैँ मेरो स्मरण गर | मेरो पुजा गर | मलाई दण्डवत प्रणाम गर |" हामी सबै मानिसहरुलाई सिकाउँदैछौं कि "तपाई निरन्तर कृष्णको स्मरण गर्नुहोस् - हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे।" यो हरे कृष्ण महामन्त्रको जप गरेर तपाईले निरन्तर कृष्णको स्मरण गर्नुहुनेछ |