NE/Prabhupada 0140 - एउटा मार्ग धार्मिक छ, अर्को मार्ग धार्मिक छैन- कुनै तेस्रो मार्ग छैन



Lecture on SB 6.1.45 -- Laguna Beach, July 26, 1975


यो कृष्ण भावनामृत अभियान हो | हामीले मानिसलाई सिकाउँदैछौं कि उनीहरु जन्म-जन्मान्तर दु:ख पाउँदैछन् | मानव समाज यस्तो अवस्थामा आएको छ कि तिनीहरुलाई यो जीवन पछि पनि जीवन हुन्छ भनेर थाहा छैन | तिनीहरु यति धेरै विकसित छन् | कुकुर-बिरालो जस्तै तिनीहरुलाई थाहा छैन कि यो जीवन पछि पनि जीवन हुन्छ | त्यो कुरा यहाँ वर्णित छ: येन यावान् यथाधर्मो धर्मो वेह समीहितः | इह अर्थात् "यो जीवनमा |" स एव तत्-फलं भुङ्क्ते तथा तावत् अमुत्र वै |" अमुत्र अर्थात् "अर्को जीवन |" हामी अर्को जीवनको तयारी यो जीवन..... यथा अधर्मः, यथा धर्मः | दुई मार्ग छन्: तिमीले पुण्य रुपमा वा पापी रुपमा कार्य गर्न सक्छौ | तेस्रो मार्ग छैन | एउटा मार्ग धार्मिक छ; अर्को मार्ग धार्मिक छैन | यहाँ दुवैको उल्लेख गरिएको छ | येन यावान् यथाधर्मः, धर्मः | धर्म अर्थात् मौलिक | धर्मको अर्थ अंग्रेजी शब्दकोश अनुसार "एक प्रकारको विश्वास" होइन | विश्वास अन्धो हुन सक्छ | त्यो धर्म होइन | धर्म भनेको मौलिक अवस्था | त्यो धर्म हो | मैले धेरै पटक भनिसकें..... जस्तै पानी | पानी तरल पद्धार्थ हो | त्यो उसको धर्म हो | पानी, परिस्थितिवश बरफ बने पनि पुनः तरल बन्ने प्रयास गर्छ किनकि त्यो नै उसको धर्म हो | तिमीले देख्न सक्छौ कि बरफ बिस्तारै तरल बन्छ | त्यसको मतलब पानीको कडा अवस्था कृत्रिम हो | कुनै रासायनिक कारणले पानी कडा बनेको छ तर प्राकृतिक रुपमा यो तरल बन्छ |

हाम्रो वर्तमान अवस्था कडा छ: "भगवानको बारेमा कुनै कुरा नसुन |" तर प्राकृतिक अवस्था भनेको हामी भगवानका दास हौँ | किनकि हामी मालिक बन्न खोज्दैछौं..... परम मालिक कृष्ण हुनुहुन्छ | भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक महेश्वरम् (भ गी ५।२९) | कृष्णले भन्नुहुन्छ, "म सम्पूर्ण सृष्टिको मालिक हुँ | म भोक्ता हुँ |" उहाँ मालिक हुनुहुन्छ | चैतन्य चरितामृतमा पनि भनिएको छ, एकल ईश्वर कृष्ण​ | ईश्वर अर्थात् नियन्त्रक वा मालिक | एकल ईश्वर कृष्ण आर सब भृत्य​: "कृष्ण बाहेकका सम्पूर्ण ठुला वा साना जीवहरु, सबैसेवक हुन् |" तसर्थ तिमीले देख्छौ: कृष्णले कसैको सेवा गर्नुहुँदैन | उहाँ केवल आनन्द लिंदै हुनुहुन्छ | भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​... हामीहरु भने सर्वप्रथम कठिन परिश्रम गर्छौं, त्यसपछि आनन्द लिन्छौं | कृष्णले कहिल्यै मेहेनत गर्नुहुँदैन | न तस्य कार्यं कारनं च विद्यते | तर पनि, उहाँले आनन्द लिनुहुन्छ | ती कृष्ण हुनुहुन्छ | न तस्य..... यो वैदिक जानकारी हो | न तस्य कार्यं कारनं च विद्यते: "भगवान् कृष्णले केहि पनि गर्नुपर्दैन |" तसर्थ तिमीले देख्छौ कि कृष्ण सधैं गोपीहरुसँग नाच्नुहुन्छ र ग्वाल्बालसँग खेल्नुहुन्छ | र जब उहाँ थाक्नुहुन्छ, उहाँ यमुनाको तटमा आराम गर्नुहुन्छ र तत्काल उहाँका मित्रहरु आउँछन् | कसैले उहाँलाई हावा हम्किन्छ; कसैले उहाँलाई मालिस गर्छ | तसर्थ उहाँ मालिक हुनुहुन्छ | उहाँ जता जानुभए पनि मालिक हुनुहुन्छ | एकल ईश्वर कृष्ण | ईश्वरः परमः कृष्नः (ब्र स ५|१) | परम नियन्त्रक कृष्ण हुनुहुन्छ | "अनि अर्को नियन्त्रक को छ ?" होइन, उहाँको कोहि पनि नियन्त्रक छैन | ती कृष्ण हुनुहुन्छ | यहाँ हामी संयुक्त राष्ट्रको राष्ट्रपति, फलानो स्थानको निर्देशक इत्यादी हुन्छौं तर हामी परम नियन्त्रक होइनौं | जब सर्वसाधारणले इच्छा गर्छन्, तत्काल मलाई निकालिदिन्छन् | हामीले बुझ्दैनौं कि आफुलाई सर्वोच्च नियन्त्रकको रुपमा देखाएर म अरु कोहिद्वारा नियन्त्रित छु | ऊ नियन्त्रक होइन | यहाँ हामीले केहि हदसम्मको नियन्त्रक पाउँछौं तर ऊ पनि अर्को नियन्त्रकद्वारा नियन्त्रित हुन्छ | कृष्ण पनि नियन्त्रक हुनुहुन्छ तर उहाँलाई नियन्त्रण गर्ने अरु कोहि छैन | ती कृष्ण हुनुहुन्छ; ती भगवान् हुनुहुन्छ | यो बुझ्नुपर्ने विज्ञान हो | भगवान् भनेको उहाँ सबै कुराको नियन्त्रक हुनुहुन्छ तर कोहि पनि उहाँको नियन्त्रक हुँदैन |