NE/Prabhupada 0226 - भगवानको नाम, महिमा, गतिविधि, सुन्दरता तथा प्रेमको प्रचार



Lecture -- Los Angeles, May 18, 1972

व्यवहारिक रुपमा कृष्ण यस भौतिक जगतभित्र हुनुहुन्न | जस्तै एउटा ठुलो मानिस, उसको कारखाना चल्दैछ, उसको व्यापार चल्दैछ, तर यो जरुरि छैन कि ऊ त्यहाँ उपस्थित हुनुपर्छ | त्यसैगरी, कृष्णको शक्ति कार्यरत छ | उहाँका सेवक, यति धेरै देवताहरु, उनीहरु कार्यरत छन् | शास्त्रमा उनीहरुको वर्णन गरिएको छ | जस्तै सूर्य | सूर्य व्यवहारिक रुपमा यस भौतिक ब्रह्माण्डीय अभिव्यक्तिको कारण हुन् | त्यो ब्रह्म संहितामा वर्णित छ | यअच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः यस्याज्ञया ब्रह्मति सम्भृत​-काल​-चक्रो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि गोविन्द..... सूर्य वर्णित छन्, भगवानको एउटा आँखाको रुपमा | उहाँले सबै देख्दै हुनुहुन्छ | तपाईले आफुलाई भगवानको दृष्टिबाट लुकाउन सक्नुहुन्न, जसरी तपाईले आफुलाई सूर्यबाट लुकाउन सक्नुहुन्न | यस प्रकारले, भगवानको नाम, कुनै पनि नाम हुन सक्छ..... वैदिक साहित्यमा स्वीकारिएको छ कि भगवानका धेरै नाम छन्, तर यस कृष्ण नाम मुख्य नाम हो | मुख्य | मुख्य भनेको प्रधान | र यो धेरै राम्ररी वर्णित छ: "सर्व-आकर्षक |" धेरै तरिकाले उहाँ सर्व-आकर्षक हुनुहुन्छ | त्यसैले भगवानको नाम...... कृष्ण भावनामृत अभियानले भगवानको नामको प्रचार गर्दैछ, भगवानको महिमा, भगवानको गतिविधि, भगवानको सुन्दरता, भगवानको प्रेम | सबै | जसरी हामीसँग यस भौतिक जगतमा धेरै कुरा छन्, तिनीहरु सबै, तिनीहरु कृष्णमा छन् | जे तपाईसँग छ.... जस्तै यहाँ, भौतिक जगतको सबभन्दा प्रमुख गुण यौन आकर्षण हो | त्यो कृष्णमा पनि छ | हामी राधा र कृष्ण बीचकोआकर्षणको आराधना गर्दैछौं | तर त्यो आकर्षण र यो आकर्षण समान होइनन् | त्यो सत्य हो र यहाँ यो असत्य छ | हामी पनि ती कुराहरुसँग व्यवहार गर्दैछौं जुन आध्यात्मिक जगतमा उपस्थित छन्, तर यो केवल प्रतिबिम्ब हो | यसको कुनै मूल्य छैन | जस्तै एउटा दर्जीको पसलमा, कहिलेकहीं धेरै राम्रा गुडियाहरु हुन्छन्, एउटी सुन्दर युवती उठ्दै हुन्छिन् | तर कसैले यसलाई मतलब गर्दैन | किनकि सबैलाई थाहा छ कि "यो झुटो हो | यो जति सुन्दर भए पनि, यो झुटो हो |" तर एक जीवित महिला, यदि उनी सुन्दर छिन् भने धेरै मानिसले उनलाई हेर्छन् | किनकि यिनी वास्तविक हुन् | यो एउटा उदाहरण हो | यहाँका तथाकथित जीवित वस्तु पनि मृत हुन्छन्, किनकि शरीर पदार्थ हो | यो पदार्थको थुप्रो हो | जब आत्मा उही सुन्दर महिलाबाट निस्कन्छ, तब कसैले उसको वास्ता गर्दैन | किनकि यो दर्जीको पसलको गुडिया बराबर हुन्छ | त्यसैले वास्तविक तत्व आत्मा हो, र यहाँ सबै कुरा मृत पदार्थबाट बनेको कारण यो केवल नक्कल, प्रतिबिम्ब हो | वास्तविक कुरा आध्यात्मिक जगतमा छ | त्यहाँ आध्यात्मिक जगत् छ | जसले भगवद् गीता पढेका छन्, उनीहरुले बुझ्न सक्छन् | त्यहाँ आध्यात्मिक जगतको विवरण दिइएको छ: परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८।२०) | भाव: भनेको प्रकृति | यस प्रकृतिभन्दा पर अर्को प्रकृति छ | हामीले यो प्रकृतिलाई आकाशको सिमासम्म देख्न सक्छौं | वैज्ञानिकहरु सर्वोच्च ग्रह जान प्रयासरत छन्, तर तिनीहरु यसो गर्न चालिस हजार वर्ष लाग्छ भनि गणना गर्दैछन् | को चालिस हजार वर्ष बाँच्नेछ, गएर फर्कन सक्नेछ ? तर त्यहाँ लोक छ | हामी यस भौतिक जगतको लम्बाइ र चौडाइ पनि नाप्न सक्दैनौं, आध्यात्मिक जगतको के कुरा गर्नु | तसर्थ हामीले आधिकारिक श्रोतबाट थाहा पाउनुपर्छ | ती आधिकारिक श्रोत कृष्ण हुनुहुन्छ | किनकि हामीले पहिल्यै छलफल गरेका छौं, कोहि पनि कृष्णभन्दा बुद्धिमान छैन | त्यसैले कृष्णले यो ज्ञान दिनुहुन्छ, कि परस् तस्मात् तु भावो ऽन्यो (भ गी ८।२०) | "यो भौतिक जगतभन्दा पर अर्को आध्यात्मिक आकाश छ |" त्यहाँ अनगन्ती ग्रह छन् | र त्यस आकाश यो आकाशभन्दा धेरै, धेरै ठुलो छ | यो एक-चौथाइ मात्र हो | र आध्यात्मिक आकाश तीन-चौथाइ हो | त्यो भगवद् गीतामा वर्णित छ, एकांशेन स्थितो जगत् (भ गी १०|४२) | यो केवल एक-चौथाइ हो, यो भौतिक जगत् | अर्को आध्यात्मिक जगत् तीन-चौथाइ हुन्छ | मानौं भगवानको सृष्टि एक सय छ | यो केवल पच्चीस प्रतिशत हो; पचहत्तर प्रतिशत त्यहाँ छ | त्यसैगरी, जीवहरु पनि यहाँ धेरै सानो मात्रा छन् | र त्यहाँ, आध्यात्मिक जगतमा ठुलो मात्रामा छन् |