NE/Prabhupada 0229 - म देख्न चाहन्छु कि एउटा शिष्यले कृष्णको दर्शन बुझेको छ



Conversation with Indian Guests -- April 12, 1975, Hyderabad

प्रभुपाद: कठिनाइ यो छ कि हामी नियमित विद्यार्थी बन्न चाहँदैनौं | अव्यवस्थित रुपमा, यहाँ र त्यहाँ, यहाँ र त्यहाँ, तर म उही रहन्छु | यो विज्ञान हो | वेदमा भनिएको छ, तद् विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् (मु उ १|२|१२) | यदि तपाई तद् विज्ञानको बारेमा जान्न गम्भीर हुनुहुन्छ | तद् विज्ञानं, गुरुम् एवाभिगच्छेत् | तपाई एउटा आधिकारिक गुरुकहाँ जानुपर्छ, जसले तपाईलाई सिकाउन सक्छन् | कोहि गम्भिर छैन | त्यो कठिनाइ छ | सबजना सोच्दैछन्,"म मुक्त छु," यद्यपि उसको कान प्रकृतिले निमोठ्दैछ | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३|२७) | तपाईले यसो गर्नुभएको छ, आउनुहोस्, यहाँ, बस्नुहोस् | यो चल्दैछ, प्रकृति | अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३|२७) | धूर्त मानिस आफ्नो अहंकारद्वारा भ्रमित भएर सोच्दैछ,"म सबै कुरा हुँ | म स्वतन्त्र छु |" जसले त्यस्तो सोच्दैछ, तिनीहरुलाई भगवद् गीतामा अहङ्कार विमूढात्माको रुपमा वर्णित छन् | अहंकारले भ्रमित भएर सोच्दैछ,"मैले जे सोच्दैछु, ठिकै छ |" होइन, तपाईले आफ्नो तरिकाले सोच्न सक्नुहुन्न | कृष्णले भन्नुभए अनुरुप सोच्नुपर्छ, तब तपाई ठिक हुनुहुन्छ | अन्यथा, तपाईले मायाको सम्मोहन अन्तर्गत सोच्नुभएको छ, त्यति हो | त्रिभिर् गुणमायैर् भवैर् मोहित​, ना ऽभिजानाति माम् एभ्यः परम् अव्ययम् | मयाध्यक्षेण प्रकृति सूयते स​-चराचरम् (भ गी ९|१०) | यी कुराहरु त्यहाँ छन् | भगवद् गीता राम्ररी पढ्नुहोस्, नियम पालन गर्नुहोस्, तब तपाईको जीवन सफल हुनेछ | र जबसम्म तपाईसँग यो पनि ठिक छ, त्यो पनि ठिक छ भन्ने धारणा हुन्छ, तपाईले ठिक गर्नुहुनेछैन | तपाई सबै गलत बाटोतर्फ मोडिनुहुनेछ | त्यति हो | त्यो होइन..... कृष्णले जे भन्नुहुन्छ, त्यो ठिक हो | त्यो हुनुपर्छ (अस्पष्ट) | अन्यथा तपाई गलत बाटोमा मोडिनुहुन्छ | त्यसैले हामी यो दर्शन प्रचार गर्न प्रयासरत छौं | हुन सक्छ, धेरै सानो संख्यामा, तर एकश् चन्द्रस् तमो हन्ति न चित्तर सहस्र​ | यदि एउटा चन्द्रमा छ भने त्यो पर्याप्त हुन्छ | लाखौं ताराहरु चम्किए के हुन्छ | त्यो हाम्रो प्रचार हो | यदि एउटा मानिसले कृष्ण दर्शन के हो बुझ्न सक्छ भने मेरो प्रचार सफल हुन्छ, त्यति हो | हामीलाई बिना प्रकाशका लाखौं तारा आवश्यक छैन | बिना प्रकाशका लाखौं ताराको के काम ? यो चाणक्य पण्डितको सल्लाह हो, वरम् एक पुत्र न छवुर् कसतन् अपि | एउटा पुत्र, यदि ऊ विद्वान छ भने त्यो पर्याप्त हुन्छ | न छवुर् कसतन् अपि | सयौं पुत्रको के काम, सबै मूर्ख र धूर्तहरु ? एकश् चन्द्रस् तमो हन्ति न चित्तर सहस्रस् | एउटा चन्द्रमा प्रकाशको लागि पर्याप्त हुन्छ | लाखौं ताराको कुनै आवश्यकता छैन | त्यसैगरी, हामी लाखौं शिष्यहरु चाहँदैनौं | म देख्न चाहन्छु कि एउटा शिष्यले कृष्णको दर्शन बुझेको छ | त्यो सफलता हो | त्यति हो | कृष्ण भन्नुहुन्छ, यतताम् अपि सिद्धानां, कश्चिद् वेत्ति मां तत्त्वतः (भ गी ७।३) | त्यसैले, सर्वप्रथम, सिद्ध बन्नु धेरै कठिन कार्य हो | तब, यतताम् अपि सिद्धानां (भ गी ७।३) | त्यहाँ अझै कठिन कार्य छ |

कृष्ण दर्शन बुझ्न थोरै कठिन छ | यदि तिनीहरु सजिलै बुझ्दैछन् भने त्यो बुझाइ होइन | यो सजिलो छ, यो सजिलो छ, यदि तपाई कृष्णको वाणी स्वीकार्नुहुन्छ भने यो धेरै सजिलो छ | कठिनाइ कहाँ छ ? कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्त​, मद्-याजी मां नमस्कुरु, सधैं मेरो बारेमा स्मरण गर | कठिनाइ कहाँ छ ? तपाईले कृष्णको तस्विर, कृष्णको अर्च-विग्रह देख्नुभएको छ, र यदि तपाई कृष्णको बारेमा सोच्नुहुन्छ भने कठिनाइ कहाँ छ ? हामीले केहिको बारेमा सोच्नुपर्छ | त्यसैले केहिभन्दा, कृष्णको बारेमा किन नसोच्ने ? कठिनाइ कहाँ छ ? तर उसले गम्भिरतापूर्वक लिंदैन | उसले धेरै कुराहरुको बारेमा सोच्न्छ, कृष्ण बाहेक | र कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्त​ | कृष्ण भावना ग्रहण गर्न कुनै कठिनाइ हुँदैन | थोरै पनि हुँदैन | तर मानिसहरुले यो लिंदैनन्, त्यो कठिनाइ छ | तिनीहरु केवल तर्क गर्छन् । कूटक​ | कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्त​, यसको विरुद्ध तर्क कहाँ छ ? तपाईले भन्दै हुनुहुन्छ, कि तिनीहरुले कृष्णको बारेमा सोच्न सक्दैनन्, तिनीहरुले कृष्णको बारेमा बोल्न सक्दैनन् | र कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्त​ | यो तर्क हो, यो दर्शन होइन | दर्शन त्यहाँ छ, प्रत्यक्ष, तपाईले यसो गर्नुपर्छ, त्यति हो | तपाई गर्नुहोस् र नतिजा प्राप्त गर्नुहोस् | तपाई केहि खरिद गर्न जानुहुन्छ, मूल्य तोकिएको हुन्छ, तपाई मूल्य तिर्नुहोस् र यो लिनुहोस् | तर्क कहाँ छ ? यदि तपाई यो कुरा सम्बन्धि गम्भीर हुनुहुन्छ भने तपाईले मूल्य तिर्न सक्नुहुन्छ र लिन सक्नुहुन्छ | त्यो श्रील रुप गोस्वामीको सल्लाह हो | कृष्ण-भक्ति रस​-भाविता-मति क्रियतां यदि कुतो ऽपि लभ्यते | यदि तपाईले कृष्णको सोचाइ खरिद गर्न सक्नुहुन्छ भने कृष्ण भक्ति रस​-भाविता-मति | त्यसलाई हामीले "कृष्ण भावना"मा अनुवाद गरेका छौं | यदि तपाईले यो चेतना, कृष्ण भावना खरिद गर्न सक्नुहुन्छ भने तत्काल खरिद गर्नुहोस् | कृष्ण-भक्ति रस​-भावित​-मति, क्रियताम्, खरिद गर्नुहोस्, यदि कुतो ऽपि लभ्यते, यदि यो कतै उपलब्ध छ भने | र यदि मैले खरिद गर्नुपर्छ भने यसको मूल्य के हो ? तत्र लौल्यम् एकं मूलम् | न जन्म​-कोटिभिः लभ्यते | यदि तपाई यसको मूल्य जान्न चाहनुहुन्छ भने उहाँले भन्नुहुन्छ कि मूल्य भनेको तपाईको उत्सुकता हो | र त्यो उत्सुकता प्राप्त गर, यसलाई लाखौं जन्म लाग्छ | किन तपाई कृष्णलाई चाहनुहुन्छ ? जस्तै, मैले भनेको थिएँ कि यदि कसैले कृष्णलाई देखेको छ भने ऊ कृष्णप्रति पागल हुन्छ | त्यो चिह्न हो |