NE/Prabhupada 0248 - कृष्णका १६१०८ पत्नी थिए, र पत्नीहरु हासिल गर्न उहाँले लगभग हरेक पटक लड्नुपर्थ्यो



Lecture on BG 2.6 -- London, August 6, 1973


प्रद्युम्न: "हामीलाई पनि थाहा छैन कुन राम्रो हो- उनीहरुलाई जित्नु वा उनीहरुले हामीलाई जित्नु | हामीले मार्न चाहेका धृतराष्ट्रका पुत्रहरु नै अहिले हाम्रो अगाडि युद्धभूमिमा उभिएका छन् |"

प्रभुपाद: यी दुई समूहका दाजु-भाईहरु.... महाराज पाण्डुका पाँच पुत्र थिए र धृतराष्ट्रका सय पुत्र थिए | त्यसैले यो परिवार, उही परिवार र यो उनीहरुको बीचको समझदारी थियो, कि जब परिवारभन्दा बाहिरकाले आक्रमण गर्न आउँछन्, उनीहरु १०५ दाजु-भाई एकत्रित भएर युद्ध गर्छन् | तर जब उनीहरुको बीचमा युद्ध हुन्थ्यो- एक पक्षमा सय भाई; अर्को पक्षमा पाँच भाई | किनकि एउटा क्षत्रिय परिवार, यो बुझ्नुपर्छ कि उनीहरुले निरन्तर युद्ध गर्नुपर्छ | उनीहरुको विवाहमा पनि युद्ध हुन्थ्यो | युद्ध बिना, क्षत्रिय परिवारमा कुनै विवाह हुँदैनथ्यो | कृष्णका १६,१०८ पत्नी थिए र उहाँले लगभग हरेक पटक पत्नी हासिल गर्न लड्नुपर्थ्यो | त्यो एउटा खेल थियो | क्षत्रियले युद्ध गर्नु एउटा खेल थियो | उनी विचलित छन् कि यस प्रकारको युद्धमा उनी उत्साहित हुनुपर्छ कि पर्दैन | बङ्गालमा एउटा उखान छ, खाबो कि खाबो ना यदि खाओ तु पौषे | "विचलित भएको समयमा, मैले खाउँ कि नखाउँ, नखाएको राम्रो |" कहिलेकहीं हामी यस विन्दुमा आउँछौं,"मलाई त्यति भोक लागेको छैन, मैले खाउँ कि नखाउँ ?" राम्रो उपाय भनेको नखानु हो, यो होइन कि तपाई खानुहोस् | तर यदि तपाईले खानुहुन्छ भने तपाईले डिसेम्बर, पौषको महिनामा खान सक्नुहुन्छ | किन? बङ्गालमा....... बङ्गालमा गर्मी मौसम हुन्छ, तर जब जाडो मौसम हुन्छ, यो सल्लाह दिइन्छ कि "यदि तपाईले खानुहुन्छ भने त्यो त्यति हमिकारक हुँदैन किनकि त्यो पच्नेछ |" जाडो मौसममा रात धेरै लामो हुन्छ, पाचन शक्ति धेरै राम्रो हुन्छ | जब तपाई विचलित हुनुहुन्छ,"गर्ने वा नगर्ने," जाबो कि जाबो ना यदि जाओ तु शौचे: "जब तपाई सोच्नुहुन्छ, 'म जाउँ कि नजाउँ ?' नगएको राम्रो | तर जब यो प्रकृतिको मागको कुरा हुन्छ, तपाई जानुपर्छ |" जाबो कि जाबो ना यदि जाउ तु शौचे, खाबो कि खाबो ना यदि खाओ तु पौषे | यी धेरै साधारण कुरा हुन् | त्यसैगरी, अर्जुन अहिले विचलित छन,"म युद्ध गरौँ वा नगरौं ?" त्यो सधैं छ | जब आधुनिक नेताहरुबीच युद्धको घोषणा हुन्छ, तिनीहरु सोच्छन् कि..... जस्तै दोस्रो विश्वयुद्धमा, जब हिटलर युद्धको तयारीमा थिए...... सबैलाई थाहा थियो कि हिटलरले प्रतिकार गर्नेछन् किनकी पहिलो युद्धमा उनीहरु पराजित भएका थिए | हिटलरले फेरी तयारि गर्दै थिए | मेरा एक गुरु-भाई, जर्मन, उहाँ १९३३मा भारत आउनुभएको थियो | त्यस समयमा उहाँले जानकारी दिनुभएको थियो कि "युद्ध पक्का हुनुपर्छ | हिटलरले धेरै तयारी गर्दैछन् | युद्ध पक्का हुनुपर्छ |" त्यस समयमा, मलाई लाग्छ, तपाईको राष्ट्रमा श्रीमान् च्याम्बर्लिन प्रधानमन्त्रि थिए | र युद्ध रोक्न उनी हिटलरकहाँ गए | तर उनले मानेनन् | त्यसैगरी, यस युद्धमा, अन्तिम समयसम्म, कृष्णले युद्ध रोक्ने प्रयास गर्नुभयो | उहाँले दुर्योधनलाई प्रस्ताव गर्नुभयो कि "उनीहरु क्षत्रिय हुन्, तिम्रा भाईहरु | तिमीले उनीहरुको राज्य हडपेको छौं | यो मतलब नगर कि तिमीले कसरी लिएका छौ | तर उनीहरु क्षत्रिय हुन् | तिनीहरुको जीविकोपार्जनको कुनै माध्यम हुनुपर्छ | त्यसैले उनीहरु पाँच भाईलाई पाँच गाउँ देऊ | सारा संसारको साम्राज्यबाट, तिमी उनीहरुलाई पाँच गाउँ देऊ |" ऊ...."हुँदैन, मैले उनीहरुलाई युद्ध बिना एक इन्च जमिन पनि दिनेछैन |" तसर्थ, त्यस्तो परिस्थितिमा, युद्ध निश्चित थियो |