NE/Prabhupada 0256 - यस कलियुगमा कृष्ण आफ्नो नाम, हरे कृष्णको रूपमा आउनुभएको छ



Lecture on BG 2.8 -- London, August 8, 1973


कृष्ण-वर्णं त्विषाकृष्णं
सङ्गोपङ्गास्त्र​-पार्षदम्
यज्ञैः सङ्कीर्तनैः प्रायैर्
यजन्ति हि सुमेधसः
(श्री भ ११।५।३२)

यो कोठामा, यहाँ विशेषगरि, कृष्ण​-वर्णं त्विषाकृष्णम्, यहाँ चैतन्य महाप्रभु हुनुहुन्छ | उहाँ कृष्ण स्वयं हुनुहुन्छ तर उहाँको वर्ण अकृष्ण छ, कालो छैन | कृष्ण-वर्णं त्विष​... त्विष​ अर्थात् वर्ण | अकृष्ण | सुनौलो | सङ्गोपङ्गास्त्र​-पार्षदम् | र उहाँसँग पार्षदहरु हुनुहुन्छ, नित्यानन्द प्रभु, अद्वैत प्रभु, श्रीवासादि गौर​-भक्त​-वृन्द​ | उहाँ यस युगको आराध्य-देव हुनुहुन्छ | कृष्ण-वर्णं त्विषाकृष्ण​ | आराधनाको प्रक्रिया के हो ? यज्ञैः सङ्कीर्तनैर् प्रायैर् यजन्ति हि सुमेधसः | हामीले यस सङ्कीर्तन-यज्ञ चैतन्य महाप्रभु, नित्यानन्द प्रभु र अरुको अगाडि गर्दैछौं, यस युगमा गर्न सकिने सर्वश्रेष्ठ कार्य यहि हो | अन्यथा अरु कुनै...... तसर्थ यो सफल हुँदैछ | यो एकमात्र निर्धारित यज्ञ हो | अरु यज्ञहरु, राजसूय यज्ञ, यो यज्ञ, त्यो..... धेरै यज्ञहरु छन्...... र कहिलेकहीं भारतमा तिनीहरु तथाकथित यज्ञ सम्पन्न गर्छन् | तिनीहरु केहि पैसा जम्मा गर्छन् | त्यति हो | त्यो सफल हुन सक्दैन किनकि कोहि यज्ञिक ब्राह्मण छैनन् | यज्ञिक ब्राह्मण वर्तमान समयमा छैनन् | यज्ञिक ब्राह्मणहरु वैदिक मन्त्र उच्चारणको परिक्षणको निमित्त उपस्थित हुन्थे | परिक्षण भनेको एउटा पशुलाई यज्ञ-अग्निमा राखिन्थ्यो र ऊ फेरी अर्को ताजा, युवा शरीरसँग फिर्ता आउँथ्यो | यज्ञ राम्ररी सम्पन्न भएको छ कि छैन भनेर परिक्षण यसरी गरिन्थ्यो | यज्ञिक ब्राह्मणहरुले सहि रुपमा वेद-मन्त्र उच्चारण गर्थे | यो परिक्षण हो | तर अहिलेको युगमा त्यस्ता ब्राह्मण कहाँ छन् ? तसर्थ कुनै पनि यज्ञको सिफारिश गरिएको छैन | कलौ पञ्च विवर्जयेत् अश्वमेधम्, अवलम्भं सन्न्यासं बाल​-पैतृकम्, देवरेण सुत​-पितृ कलौ पञ्च विवर्जयेत् (चै च अादि १७।१६४) त्यसैले यो युगमा कुनै यज्ञ हुँदैन | कोहि यज्ञिक ब्राह्मण छैनन् | हरे कृष्ण मन्त्र जपेर परमानन्दमा नाच्नु नै एकमात्र यज्ञ हो |

राज्यं सुराणाम् अपि चाधिपत्यम् (भ गी २।८) | पहिलेको समयमा धेरै दानवहरु थिए, जसले देवताहरुको राज्य जितेका थिए | राज्यं सुराणाम् अपि चाधिपत्यम् | जस्तै हिरण्यकशिपु | उसको अधिकार इन्द्रको राज्यसम्म फैलिएको थियो | इन्द्रारि-व्याकुलं लोकं मृदयन्ति युगे युगे (श्री भा १।३।२८) | इन्द्रारि अर्थात् इन्द्रका शत्रु | इन्द्र स्वर्ग-लोकका राजा थिए र शत्रु अर्थात् राक्षसहरु | देवताहरु र उनीहरुका शत्रु राक्षसहरु | जस्तै हामीसँग धेरै शत्रुहरु छन् | हामीले हरे कृष्ण जपेको कारण धेरै आलोचक छन् र धेरै शत्रुहरु पनि छन् | तिनीहरुले रुचाउँदैनन् | यो सधैं हुन्छ | अहिले संख्या बढेको छ | पहिलेको समयमा थोरै थिए | अहिले धेरै छन् | तसर्थ इन्द्रारि-व्याकुलं लोकम् | जब यी दानवहरुको संख्या बढ्छ, तब व्याकुलं लोकम् | मानिसहरु विचलित हुन्छन् | इन्द्रारि-व्याकुलं लोकम् मृदयन्ति युगे युगे | त्यो समयमा कृष्ण आउनुहुन्छ | एते चांश​-कलाः पुंसः कृष्णस् तु भगवान् स्वयम् (श्री भा १।३।२८) | भगवान् कृष्णका अवतरहरुको नामको सुची छ | तर यी सब नामहरु उल्लेख गरेपछि, भागवतमा बताइएको छ कि: "यहाँ उल्लेखित सम्पूर्ण नामहरु कृष्णका आंशिक प्रतिनिधि हुन् | कृष्णको नाम पनि त्यहाँ छ | उहाँ मूल, वास्तविक भगवान्......." कृष्णस् तु भगवान स्वयं | र उहाँ आउनुहुन्छ...... इन्द्रारि-व्याकुलं लोके | जब मानिसहरु दानवको उत्पातले धेरै विचलित हुन्छ, उहाँ आउनुहुन्छ | र उहाँले पनि पुष्टि गर्नुहुन्छ | यो शास्त्र हो | एउटा शास्त्रमा भनिएको छ कि उहाँ यस्तो परिस्थितिमा आउनुहुन्छ | र कृष्णले भन्नुहुन्छ: "हो, यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत​... तदात्मानं सृजाम्य् अहम् (भ गी ४|७): त्यो समयमा म आउँछु |"

यस कलि-युगमा मानिसहरु धेरै विचलित छन् | तसर्थ कृष्ण आफ्नो नाम, हरे कृष्णको रुपमा आउनुभएको छ | कृष्ण व्यक्तिगत रुपमा होइन तर आफ्नो नामद्वारा अवतरित हुनुभएको छ | तर कृष्ण परम हुनुभएको कारण उहाँको नाम र उहाँबीच कुनै भिन्नता हुँदैन | अभिन्नत्वान् नाम​-नामिनोः (चै च मध्य १७।१३३) | नाम-चिन्तामणि कृष्ण​-च्ऐतन्य​-रस​-विग्रहः पूर्णः शुद्धो नित्य​-मुक्तः | नाम पूर्ण छ | जसरी कृष्ण पूर्ण हुनुहुन्छ, त्यसैगरी कृष्णको नाम पनि पूर्ण छ | शुद्ध | यो भौतिक वस्तु होइन | पूर्णः शुद्धः नित्यः | शाश्वत | जसरी कृष्ण शाश्वत हुनुहुन्छ, उहाँको नाम पनि शाश्वत छ | पूर्णः शुद्धः नित्य​-मुक्तः | हरे कृष्ण मन्त्रमा कुनै भौतिक अवधारणा छैन | अभिन्नत्वान् नाम​-नामिनोः | नाम र भगवान् अभिन्न हुनुहुन्छ | हामी खुसी हुन सक्दैनौं यदि...... राज्यं सुराणाम् अपि चाधिपत्यम् (भ गी २।८) | हामीले देवताहरुको राज्य कुनै प्रतिद्वन्द्वी बिना प्राप्त गरे पनि हामी खुसी हुन सक्दैनौं, जबसम्म हामीसँग जीवनको भौतिक अवधारणा छ | यो सम्भव छैन | त्यो कुरा यस श्लोकमा बताइएको छ |

धेरै, धेरै धन्यवाद |

त्यति हो |