NE/Prabhupada 0263 - यदि तिमीले यो सूत्रलाई राम्ररी ग्रहण गरेका छौ भने तिमीले प्रचार गरिरहनेछौ



Lecture -- Seattle, September 27, 1968


प्रभुपाद: भन |

मधुद्विष: प्रभुपाद, चैतन्य महाप्रभुले गर्नुभएको कलि-युगको सुनौलो युगको सटिक भविष्यवाणी के थियो, (अस्पष्ट) जब मानिसहरुले हरे कृष्ण मन्त्रको कीर्तन गर्नेछन् ?

प्रभुपाद: हामीले अहिले हरे कृष्ण प्रचार गर्दैछौं | तिम्रो देशमा त्यस्तो प्रचार थिएन | हामीले आफ्ना शिष्यहरुलाई युरोप, जर्मनी, लन्डनमा पठाएका छौं- तिमीले पनि प्रचार गर्दैछौ | यस प्रकार, व्यवहारिक रुपमा हाम्रा गतिविधिहरु १९६६देखि सुरु भएका हुन् | हामीले यस संघको स्थापना १९६६मा गर्यौं र अहिले १९६८ हो | हामी बिस्तारै फैलिदैछौं | र अवश्य पनि म वृद्ध छु | म जान सक्छु | यदि तिमीले यो सूत्रलाई राम्ररी ग्रहण गरेका छौ भने तिमी प्रचार गरिरहनेछौ, र यो अभियान संसारभरि फैलिनेछ | धेरै सजिलो कुरा | हामीलाई केवल थोरै बुद्धि चाहिन्छ | त्यति हो | कुनै पनि बुद्धिमान मानिसले सराहना गर्नेछ | तर यदि कोहि इच्छापूर्वक ठगिन चाहन्छ भने उसलाई कसरी बचाउने ? तब उसलाई बुझाउन धेरै कठिन हुन्छ | तर जो खुला-हृदयका छन्, उनीहरुले अवश्य पनि यस कृष्ण भावना जस्तो राम्रो अभियानलाई स्वीकार्नेछन् | हो |

जय-गोपाल: जब हामी निच शक्ति, अन्तरङ्ग शक्तिलाई कृष्णको सेवामा संगलग्न गराउँछौं, तब यो आध्यात्मिक हुन्छ, के हुँदैन र ?

प्रभुपाद: होइन | जब तिमी आफ्नो शक्तिको उपयोग गर्छौ, त्यो भौतिक रहन्न; त्यो आध्यात्मिक हुन्छ | जस्तै तामाको तारले बिजुली स्पर्श गर्दा त्यो तामा रहन्न, त्यो बिजुली हुन्छ | त्यसैले कृष्णलाई सेवा गर्नु भनेको यदि तिमी आफुलाई कृष्णको सेवामा संगलग्न गराउँछौ भने तिमी कृष्णभन्दा अभिन्न हुन्छौ | यो कुरा भगवद् गीतामा वर्णित छ: मां च ऽव्यभिचारेण भक्ति-योगेन यः सेवते | यो शब्द, सेवते | स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४|२६) | "जो गम्भीरतापूर्वक मेरो सेवामा संग्लग्न हुन्छ, तत्काल उसले भौतिक गुणलाई पार गर्छ र ऊ ब्रह्मको स्तरमा अवस्थित हुन्छ | ब्रह्म-भूयाय कल्पते | जब तिमीले आफ्नो शक्ति कृष्णको सेवामा प्रयोग गर्छौ, तिमीले नसोच कि तिमीले आफ्नो भौतिक शक्ति प्रयोग गरेको छौ | होइन | जस्तै यी फलहरु | कसैले यी फलहरुलाई सोच्न सक्छ, "यो प्रसाद के हो ? यो फल खरिद गरिएको छ, हामी पनि घरमा फल खान्छौं र त्यो चाहिँ प्रसाद ?" होइन | यो कृष्णलाई अर्पण गरिएको कारण यो भौतिक रहँदैन | नतिजा ? तिमीले कृष्ण प्रसाद खाऊ र आफुले कृष्ण भावनामा विकास गरेको हेर | जस्तै, यदि चिकित्सकले तिमीलाई कुनै औषधि दिन्छ र यदि तिमीलाई सन्चो हुन्छ भने त्यो औषधिको असर हो | अर्को उदाहरण, कसरी भौतिक वस्तु आध्यात्मिक बन्छ | एउटा धेरै राम्रो उदाहरण | जस्तै, तिमीले ठुलो मात्रामा दुध खायौ | तिम्रो पेटमा केहि खराबी हुन्छ | तिमी चिकित्सककहाँ जान्छौ | कम्तिमा, वैदिक प्रथा अनुसार, तिमीलाई दहि दिइन्छ, जुन दुधको विकार हो | त्यो दुधको विकार हो | थोरै औषधिसँग दहिले औषधिको कार्य गर्छ | दुधले गर्दा तिमीलाई रोग लागेको थियो, र यसलाई दुधले नै उपचार गर्छ | किन ? यो निर्देशन चिकित्सकले दिन्छन् | त्यसैगरी, सबै कुरा..... उच्च स्तरमा पदार्थको अस्तित्व हुँदैन: यो केवल भ्रम हो | जस्तै आज बिहान मैले सूर्य र कुहिरोको अवस्थाको बारेमा बताउँदै थिएँ | कुहिरो भएको समयमा सूर्य देख्न सकिँदैन | मूर्ख मानिसले भन्नेछ कि "सूर्य छैन | केवल कुहिरो मात्र छ |" तर बुद्धिमान मानिसले भन्नेछन् कि "सूर्य छ तर कुहिरोले हाम्रो आँखा ढाकेको छ | हामीले सूर्य देख्न सक्दैनौं |" त्यसैगरी, सबै कुरा कृष्णको शक्ति भएको कारण केहि पनि भौतिक होइन | हाम्रो प्रभुत्व जमाउने मानसिकता मात्र गलत हो, यो भ्रम हो | कृष्णसँगको हाम्रो सम्बन्ध यसले ढाकेको छ | तिमीले बिस्तारै यो कुरा बुझ्नेछौ | सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः (ब्र स १|२|२३४) | जब तिमीले सेवा-भावमा प्रगति गर्छौ, सबै कुरा स्पष्ट हुनेछ, तिम्रो शक्ति कसरी आध्यात्मिक बनेको छ |