NE/Prabhupada 0298 - यदि तिमी भगवानको सेवा गर्न व्याकुल हुन्छौ भने त्यो वास्तविक सम्पत्ति हो



Lecture -- Seattle, October 4, 1968


प्रभुपाद: कुनै प्रश्न छ ?

विष्णुजन: हामीले कृष्णलाई पूर्ण सेवा कसरी गर्न सक्छौं ?

प्रभुपाद: तिम्रो व्याकुलता मार्फत | (हाँसो, "हरिबोल !") यदि तिमी कृष्णलाई सेवा गर्न व्याकुल हुन्छौ भने त्यो वास्तविक सम्पत्ति हो | कृष्ण असिमित हुनुहुन्छ | हामीले उहाँलाई के सेवा गर्न सक्छौं ? र उहाँसँग असिमित सेवक पनि छन् | उहाँलाई तिमी र मबाट के सेवा चाहिन्छ | उहाँ स्वयंमा पूर्ण हुनुहुन्छ | उहाँलाई कुनै सेवा पनि चाहिंदैन | तर यदि तिमी उहाँलाई सेवा गर्न व्याकुल हुन्छौ भने उहाँले अस्वीकार गर्नुहुँदैन | त्यो उहाँको कृपा हो, त्यो उहाँको महानता हो | तिमीले कृष्णलाई सेवा गर्ने व्याकुलता जति धेरै बढाउँछौ, त्यति नै त्यो पूर्ण हुन्छ | उहाँ असिमित हुनुहुन्छ | तिम्रो व्याकुलताले तिमी असिमित हुन्छौ | एउटा प्रतिस्पर्धा जस्तै हुन्छ | तिमीले कृष्णलाई जति धेरै सेवा गर्छौ, त्यति नै उहाँले तिमीलाई स्वीकार्नुहुन्छ र त्यति नै उहाँले तिमीलाई बुद्धि दिनुहुन्छ | तिमी बुझ्छौ ? आध्यात्मिक जगत असिमित हुन्छ | त्यहाँ सेवाको कुनै अन्त्य हुँदैन र त्यहाँ सेवा स्वीकार्ने कुनै अन्त्य हुँदैन | त्यहाँ त्यस्तो हुँदैन | त्यसैले उत्सुकता | तत्र लौल्यम् एक मूल्यम् | त्यो भनेको....... मैले जवाफ उत्पादन गरेको होइन तर मैले तिमीलाई हाम्रो आचार्य रूप गोस्वामीबाट प्रमाण दिंदैछु | उहाँले भन्नुहुन्छ, कृष्ण​-भक्ति-रस​-भाविता मतिः क्रीयतां यदि कुतो ऽपि लभ्यते: | "मेरा प्रिय सज्जनहरु, मेरा प्रिय युवा तथा युवतीहरु, यदि तिमीले खरिद गर्न सक्छौ......, कृष्णलाई प्रेम गर्ने तिम्रो विचार-'मैले कृष्णलाई अझै बढी गर्न सक्छु'- यति व्याकुलता, यदि तिमीले यो मतिः खरिद गर्न सक्छौ,"- त्यो भनेको बुद्धि; यो धेरै राम्रो बुद्धि हो," 'म कृष्णको सेवा कसरी गर्न सक्छु.....'" कृष्ण-भक्ति-रस-भाविता मतिः | मतिः भनेको बुद्धि वा "म कृष्णको सेवा गर्छु" भन्ने मनको अवस्था | "यदि तिमीले कुनै स्थानमा मनको यस्तो अवस्था खरिद गर्न सक्छौ भने कृपया तत्काल खरिद गर |" तब त्यसपछिको प्रश्न हुनेछ,"ठिक छ, म खरिद गर्नेछु | त्यसको मूल्य के हो, हजुरलाई थाहा छ ?" "छ, मलाई मूल्य के हो थाहा छ |" "मूल्य के हो ?" "लौल्यम्, केवल तिम्रो उत्सुकता, त्यति हो |" लौल्यम् एकं मूल्यम् | "ओहो, त्यो मसँग हुन सक्छ" होइन | न जन्म कोटिभिस् सुकृतिभिर् लभ्यते | यो कृष्णलाई प्रेम गर्ने उत्सुकता धेरै, धेरै जन्म पछि पनि प्राप्त हुँदैन | यदि तिमीसँग थोरै मात्रामा पनि "म कृष्णको सेवा कसरी गर्न सक्छु ?" भन्ने व्याकुलताको हुन्छ भने तिमीले थाहा पाउनुपर्छ कि तिमी सबभन्दा भाग्यमानी मानिस हौ | एक चुट्कीमात्र लौल्य, यो व्याकुलता,"म कृष्णको सेवा कसरी गर्न सक्छु ?" यो धेरै राम्रो हो | तब कृष्णले तिमीलाई बुद्धि दिनुहुनेछ | तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम् बुद्धि-योगं ददामि तम्... (भ गी १०|१०) "यदि कुनै मानिस प्रेम र स्नेहसाथ कुनै कपट बिना मेरो सेवामा संगलग्न हुन्छ भने," कृष्णले सबै कुरा बुझ्नुहुन्छ | उहाँ म भित्र हुनुहुन्छ, तिमी भित्र हुनुहुन्छ | तब उहाँले तिमीलाई बुद्धि दिनुहुनेछ: "मेरो प्रिय बालक, तिमी यसो गर |" र सो कार्य गरेर उसले के प्राप्त गर्नेछ ? येन माम् उपयान्ति ते: "ऊ मकहाँ आउनेछ |" र त्यहाँ गएर उसले के लाभ प्राप्त गर्नेछ ? यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | मां हि पार्थ व्यपाश्रित्य ये ऽपि स्युः पाप​-योनयः (भ गी ९|३२) | दुःखलयम् अशाश्वतम् (भ गी ८|१५) | धेरै कुरा छन् | कृपया भगवद् गीता यथारूप पढ | तिमीले भागवत विज्ञानको पूर्ण ज्ञान प्राप्त गर्नेछौ | मानवको लागि यहि नै एकमात्र अध्ययनको विषय हो | त्यसैले केवल तिम्रो उत्सुकता नै कृष्णलाई सेवा गर्ने पूर्णता हो | त्यो उत्सुकता बढाऊ | र उत्सुकता भनेको यदि तिमीले कृष्णलाई प्रेम गर्छौ भने त्यो उत्सुकता तिम्रो प्रेमको वृद्धिसँगै बढ्नेछ | "मैले कृष्णको सेवा कसरी गर्न सक्छु ?" किनकि तिमी स्वेच्छाले कसैको बल बिना सेवक बनेको छौ | त्यसको मतलब तिमीले कृष्णलाई प्रेम नगरेसम्म त्यो उत्सुकता कसरी बढ्नेछ ? कृष्णलाई प्रेम गर्न धेरै कुराहरु छन् |

सुरुवात भनेको श्रवणं कीर्तनम् | यो श्रवणं, सुन्ने र जप्ने | तिमीले हरे कृष्ण सुन्दैछौ, तिमीले भगवद् गीता सुन्दैछौ, तिमीले श्रीमद्-भागवतममा कृष्णको बारेमा सुन्दैछौ, र जप्दैछौ | यो सुरुवात हो | तब प्राकृतिक रुपमा, श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम् अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम् (श्री भा ७|५|२३) कृष्णको लागि गरिने नौ प्रकारका विभिन्न सेवाले तिमीलाई प्रबुद्ध पार्नेछन्, तिमीलाई कृष्ण भावनामा अघि बढाउनेछन् र तिम्रो जीवन सफल हुनेछ | अरु कुनै प्रश्न ? बुझ्ने प्रयास गर | यो हामीले बलपूर्वक बुझाउने कुरा होइन | तिमीसँग बुद्धि छ | कृष्णले तिमीलाई बुद्धि दिनुभएको छ | आफ्नो बुद्धिद्वारा बुझ्ने प्रयास गर तर अस्वीकार गर्ने प्रयास नगर | यो कुरा बुझ्न प्रश्न सोध, यसलाई अस्वीकार गर्न प्रश्न नसोध | दुई प्रकारका प्रश्नहरु हुन्छन् | त्यस्तो प्रश्नले तिमीलाई मदत गर्दैन | यदि तिमी अस्वीकार गर्ने प्रयास गर्छौ भने कृष्णले तिमीलाई अस्वीकार गर्न मदत गर्नुहुनेछ, र यदि तिमी कृष्णलाई प्राप्त गर्न चाहन्छौ भने कृष्णले तिमीलाई मदत गर्नुहुनेछ | दुई कुराहरु चल्दैछन् | तिमी जुन मार्ग चाहन्छौ, तिमीले सोहि स्वीकार्न सक्छौ | ये यथा मां प्रपद्यन्ते तांस् तथैव भजाम्य् अहम् (भ गी ४|११) | कृष्णले मानिसको मनोभाव अनुसार मदत गर्नुहुन्छ | यदि त्यहाँ....... जस्ती धेरै दार्शनिकहरु कृष्णलाई बिर्सन चाहन्छन् | जस्तै तिमीले डा. राधाकृष्णनको पुस्तकमा पाउँछौ कि नवौं अध्यायमा कृष्णले भन्नुभयो, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | अनुवाद ठिक छ तर उनले टिप्पणी दिन्छन्,"तिमी कृष्णप्रति शरणागत हुने होइन |" हेर त | त्यसको मतलब उनको पुस्तक लेख्ने सम्पूर्ण प्रक्रिया कृष्णलाई बिर्सन मानिसलाई दिग्भ्रमित पार्ने किसिमको छ | यदि कसैले कृष्णलाई बिर्सन चाहन्छ भने कृष्णले उसलाई यस्तो बुद्धि दिनुहुनेछ कि ऊ कहिल्यै पनि कृष्णलाई बुझ्न सक्षम हुनेछैन | तर यदि कसैले कृष्णलाई प्रेम गर्न, बुझ्न प्रयास गर्छ भने उहाँले पूर्ण बुद्धि दिनुहुनेछ | तिमीले बुझ्न सक्छौ | ती कृष्ण हुनुहुन्छ | तिमीसँग पूर्ण स्वतन्त्रता छ | तर यदि तिमीले कृष्णलाई बिर्सन्छौ भने तिमीले मायाको सेवा गर्नुपर्छ र यदि तिमीले कृष्णलाई प्रेम गर्छौ भने मायाले तिमीलाई छाड्नेछिन् |