NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ



Morning Walk -- December 12, 1973, Los Angeles


उमापति : सायद हामी भक्तहरुलाई राजनीतिमा राख्ने सम्भावनाको बारेमा चर्चा गर्दैथ्यौं, र हामीले यस्तो कुराहरु पत्ता लगायौं कि हामीले पश्चिमी मुलुकको मूल्य-मान्यता विरुद्धको विचार प्रतिनिधित्व गर्दैछौँ | हामी तपस्या प्रस्तुत गर्दैछौँ | हामी भागवत्-चेतना प्रस्तुत गर्दैछौँ | हामी यौन स्वतन्त्रता तथा नशाको प्रतिबन्ध प्रस्तुत गर्दैछौँ | यी चार नियमहरु पाश्चात्य चाहनाको विपरित छन् |

प्रभुपाद: त्यसको अर्थ यो हो कि पाश्चात्य मुलुकका सबै मानिसहरु दानव हुन् |

उमापति: त्यसो हुँदा समस्या के छ भने, उनीहरुको कार्यालयमा गएर, "हामी यो कुराको लागि उभिएका छौँ," भन्ने विचार बुझाएर, आफ्नो लागि भोट माग्न कठिन हुने देखिन्छ |

प्रभुपाद : कसैले समर्थन नगर्लान्, तर हामीले प्रचार जारी राख्नुपर्छ | त्यो मैले पहिल्यै बताइसकेँ, केहि विश्वविध्यालयहरुमा | सम्पूर्ण मुलुक अशिक्षित छ | यसको मतलब के विश्वविध्यालय बन्द गर्ने हो त ? त्यहाँ विश्वविध्यालय हुनुपर्छ | जो भाग्यमानी छ, ऊ आएर शिक्षा लिन सक्छ | यो होइन कि "मानिस अशिक्षित छन् | तिनीहरु यसको मतलब गर्दैनन् | त्यसैले विश्वविध्यालय बन्द गरौँ |" यो कुनै जायज तर्क होइन |

यशोमतिनन्दन: तिनीहरु विस्तारै आकर्षित हुनेछन् |

प्रभुपाद : हो, हामीले मेहेनत गर्नुपर्छ | हामीले प्रचार गर्नुपर्छ | यो नसोच कि प्रचार गर्न सजिलो छ | खाने, सुत्ने र कहिलेकाहीँ "हरिबोल " भन्ने , त्यत्ति हो | त्यो प्रचार होइन | हामीले कृष्ण भावनाको सिद्धान्त सारा संसारभरि फैलाउन तयार हुनुपर्छ |

उमापति : तर त्यो रातारात हुने कुरा भने होइन |

प्रभुपाद : यो अर्च-विग्रह पुजा हामीलाई सुरक्षित राख्नको लागि हो | यदि हामीले अर्च-विग्रह पुजा गरेनौँ भने हाम्रो पतन हुनेछ | तर त्यति गर्दैमा हाम्रो कर्तव्य सकिंदैन | अर्चायाम् एव हरये पूजां यः श्रद्धयेहते | अर्चा भनेको विग्रह | यदि कसैले राम्रोसँग विग्रहको आराधना गरेको छ, तर तद्-भक्तेषु चान्येषु, तर उसलाई अरु केही थाहा छैन, को भक्त हो, को अभक्त हो, यो संसारप्रतिको कर्तव्य के हो, स भक्तः प्राकृतः स्मृतः, तब उसलाई भौतिक भक्त मानिन्छ | ऊ भौतिक भक्त हो | त्यसैले हामीले यो बुझ्ने जिम्मेवारी ग्रहण गर्नुपर्च्छ कि शुद्द भक्त को हो र सर्वसाधारणप्रतिको हाम्रो कर्तव्य के हो, तब तिमीले विकास गर्नेछौ | तब तिमी मध्यम अधिकारी बन्छौ | मध्यम-अधिकारी, उन्नत भक्त | जस्तै यी मानिसहरु, भारतमा होस् वा यहाँ, यिनीहरु चर्च गए जस्तो सम्झिन्छन् , केही नबुझिकन चर्च गए जस्तो | त्यसैले यसको पतन भएको छ | चर्चहरु अहिले बन्द हुँदैछन् | त्यसैगरी, यदि तिमीले आफुलाई प्रचार गर्नको लागि योग्य राखेनौ भने केही समयपछि सारा मन्दिरहरु बन्द हुनेछन् | प्रचार बिना, तिमीलाई मन्दिरमा आराधना गर्न उत्साह आउँदैन | र मन्दिरमा आराधना बिना, तिमी आफुलाई सफा र शुद्द राख्न सक्दैनौ | यी दुई कुरा समानान्तर रुपमा लानुपर्छ | तब सफलता प्राप्त हुन्छ | आधुनिक समयमा, चाहे हिन्दु हुन् वा मुस्लिम वा इसाई, यी स्थानमा सैद्धान्तिक शिक्षा नभएको कारण, तिनीहरु बन्द हुँदैछन्, चाहे मस्जिद होस् वा मन्दिर वा चर्च | तिनीहरु बन्द हुनेछन् |

प्रजापति : तिनीहरुले आफ्नो कार्यहरु राम्रो नतिजा पनि देखाउन सक्दैनन् |

प्रभुपाद : हो | त्यसको कारण प्रचार हो | त्यसैले हामी यति धेरै पुस्तक लेखिरहेका छौँ | जब हामीले यी पुस्ताकको रक्षा गर्दैनौं, र प्रचार गर्दैनौं, र आफुले पनि पढ्दैनौं, सिद्धान्त बुझ्दैनौं, तब यो हरे कृष्ण अभियान पनि केहि वर्षमा समाप्त हुनेछ | किनकि यसमा कुनै जीवन हुनेछैन | कहिलेसम्म कृत्रिम रुपमा "हरे कृष्ण ! हरिबोल" भन्न सकिन्छ ? त्यो कृत्रिम हुनेछ, बिना कुना जीवन |

यशोमतिनन्दन : त्यो ठिक हो प्रभुपाद | हामी यति मूर्ख छौँ कि तपाईले हामीलाई नभनेसम्म हामीले कहिल्यै पनि कुनै कुरा बुझ्दैनौं | प्रचार नगरिकन...

प्रभुपाद : प्रचार नगरिकन, सिद्धान्त नबुझिकन, तिमीले आफ्नो बल कायम राख्न सक्दैनौ | सबैलाई हामीले प्रस्तुत गरेको यो सिद्धान्त बुझ्ने मौका दिनुपर्छ | त्यसको मतलब यो हो कि तिमी स्वयंले पनि हरेक दिन पढ्नुपर्छ | हामीसँग यति धेरै पुस्तकहरु छन् | र भागवत यति पूर्ण छ कि तिमीले जुन श्लोक पढे पनि, तिमीले नयाँ ज्ञान पाउँछौ | यो धेरै राम्रो छ | चाहे भगवद्-गीता होस् वा वा भागवत | यो सामान्य लेख होइन | उमापति : मैले तपाईको भगवद्-गीता केहि विद्यालयमा वितरण गर्ने प्रयास गरेको थिएँ, र तिनीहरुले भन्छन् कि, जोसँग भगवद् गीता छ तिनीहरुले भन्छन् कि "ठिकै छ, हामीसँग भगवद् गीता छ |" तब मैले भन्छु कि "यो भगवद्-गीतको पूर्णतः फरक बुझाई हो," र तिनीहरु भन्छन् कि,"ठिकै छ, यो कसैको मत होला, तर हामीसँग एउटै पुस्तकको भिन्न-भिन्न विचार बुझ्ने इच्छा छैन |"

प्रभुपाद : यो मत होइन | हामी यथारूप प्रस्तुत गर्दैछौँ, बिना कुनै मत |

उमापति : तिनीहरुले त्यसो भन्छन् | तिनीहरुलाई बुझाउन धेरै कठिन.....

प्रभुपाद : त्यसैले प्रचार गर्न सधैँ कठिन हुन्छ | त्यो मैले बारम्बार भन्ने गर्छु | तिमीले प्रचारलाई सजिलो कार्यको रुपमा लिन सक्दैनौ | प्रचार भनेको युद्ध जस्तो हुनुपर्छ | के तिमीलाई युद्ध गर्न सजिलो छ जस्तो लाग्छ ? युद्ध गर्नु सजिलो कार्य होइन | जब युद्ध हुन्छ, तब खतरा हुन्छ, तब जिम्मेवारी हुन्छ | त्यसैले प्रचार भनेको ... प्रचार भनेको के हो ? मानिसहरु अज्ञानी भएको कारण हामीले तिनीहरुलाई ज्ञान दिनुपर्छ | त्यो प्रचार हो |

नर-नारायण : जब तपाई पाश्चात्य मुलुकमा आउनुभयो, मलाई लाग्छ कि कसैले पनि तपाईको अभियान यस्तो सफल हुन्छ भनेर सोचेको पनि थिएन | तर वास्तवमा, यो प्रचारद्वारा धेरै सफल भएको छ |

प्रभुपाद : अरुको के कुरा गर्नु, मलाई पनि विश्वास थिएन कि म सफल हुन्छु भनेर | तर, मैले सहि मार्ग प्रयत्न गरेको कारण यो सफल भयो |

यशोमतिनन्दन : हो, कृष्ण यति धेरै दयालु हुनुहुन्छ, हामीले केहि आशा गर्छौं, तर उहाँले सयौँ गुणा धेरै दिनुहुन्छ |

प्रभुपाद : हो |

यशोमतिनन्दन : त्यसैले यदि हामीले केवल तपाईको आदेश पालना गर्यौं भने म विश्वस्त छु कि यो सफल हुनेछ |

नर-नारायण: यदि हामी असल मार्गमा छौँ भने के हाम्रो राजनैतिक क्रियाकलाप पनि सफल हुनेछ ?

प्रभुपाद : अवश्य हुनेछ | किन हुँदैन ? कृष्ण पनि राजनीतिमा संग्लग्न हुनुहुन्थ्यो | कृष्णभावना सर्वव्यापी हुन्छ : सामाजिक, राजनैतिक, दार्शनिक, धार्मिक, सांस्कृतिक, सबै | यो एक-तर्फी होइन | तिनीहरुलाई थाहा छैन | त्यसैले तिनीहरुले यो अभियानलाई धार्मिक अभियान भनेर सोचिरहेका छन् | होइन, यसले हरेक कुरालाई समेट्छ, यो सर्वव्यापी अभियान हो |