NE/Prabhupada 0353 - कृष्णको लागि लेख, पढ, सोच, आराधना गर, पकाऊ र खाऊ-यो कृष्ण कीर्तन हो



Lecture on SB 2.1.2 -- Vrndavana, March 17, 1974


प्रभुपाद: हामी तथाकथित गोस्वामीहरु भन्दा फरक हुनुपर्छ | जो पनि वृन्दावनमा बस्दछन्....सबै स्थानमा | हरेक स्थान वृन्दावन हुन्छ | जहाँपनि कृष्णको मन्दिर हुन्छ, कृष्णको संकिर्तन हुन्छ, त्यो वृन्दावन हुन्छ | चैतन्य महाप्रभुले भन्नुहुन्त्यो ," मेरो मन सधैं वृन्दावनमा हुन्छ | " किनकि उहाँले सधैं कृष्णका बारेमा सोच्नुहुन्थ्यो | यहाँ कृष्ण हुनुहुन्छ - उहाँ कृष्ण स्वयं हुनुहुन्छ - केवल हामीलाई सिकाउनका लागि | त्यसैगरी, तिमी जहाँ बस्दछौ, यदि तिमी कृष्णका आदेशको पालना गर्दछौ भने, जसरि कृष्णले भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी माम नमस्कुरु (भ गी १८|६५), तब त्यो स्थान नै वृन्दावन हुन्छ | तिमी जहाँ पनि बस्छौ | यो नसोच कि "मेलबर्नमा हाम्रो मन्दिर छ, यहाँ मेलबोर्नको विग्रह हुनुहुन्छ, त्यसैले यो वृन्दावन होइन |" यो पनि वृन्दावन हो | यदि तिमीले विग्रहहरुको अविचलित भावले आराधना गर्छौ र नीति नियमहरु पालन गर्छौ भने, तिमि जहाँ भएपनि, त्यो वृन्दावन हुनेछ | विशेषगरि यो वृन्दावन धाम, जहाँ कृष्ण स्वयं अवतिर्ण हुनुभयो | यो वृन्दावन हो, गोलोक वृन्दावन | जसले यो संस्थाको व्यवस्थापन गर्नेछन्, उनीहरु पहिलो श्रेणीको गोस्वामी हुनुपर्दछ । यो मेरो प्रस्ताव हो | गृहमेधि होइन | गोस्वामी | जसरि....किनकि यो ठाउँ षड्-गोस्वमीहरुले पत्ता लगाउनुभएको हो | सनातन गोस्वामी यहाँ आउनुभयो, रुप गोस्वामी यहाँ आउनुभयो | र अन्य गोस्वामीहरु, जीव गोस्वामी, गोपाल भट्ट गोस्वामी, रघुनाथ दास गोस्वामी सबैजना संगै हुनुहुन्थ्यो चैतन्य महाप्रभुको आदेश पालणा गर्नका लागि - कृष्णका बारेमा किताब लेख्नका लागि, उहाँका लिलाहरुका बारेमा; धेरै, मेरो मतलब, उहाँहरुले धेरै उच्च स्तरका आध्यात्मिक पुस्तकहरु लेख्नुभयो | नाना-शास्त्र​-विचरणैक-निपुणाै सद्-धर्म​-संस्थापकौ | यो गोस्वामीहरुको कर्तव्य एवं लक्षण हो । पहिलो लक्षण भनेको, कृष्णोत्कीर्तन​-गान​-नर्तन​-परौ | उहाँहरु सधैं व्यस्त हुनुहुन्थ्यो - कृष्ण कीर्तन | कृष्ण कीर्तन भनेको.....जसरि हामीले खोल, कर्तालसँग कीर्तन गर्छौं, यो पनि कृष्ण-कीर्तन हो | र पुस्तक लेख्नु, त्यो पनि कृष्ण-कीर्तन हो | र पुस्तक अध्ययन गर्नु, त्यो पनि कृष्ण-कीर्तन हो | यो होइन कि यो गाउने कीर्तनमात्र कीर्तन हो | यदि तिमीले कृष्णका बारेमा पुस्तक लेख्छौ भने, यदि तिमी कृष्णका बारेमा पुस्तक पढ्छौ भने, यदि तिमी कृष्णका बारेमा बोल्छौ भने, कृष्णका बारेमा सोच्छौ भने, कृष्णको आराधना गर्छौ भने, कृष्णका लागि पकाउँछौ भने, कृष्णका लागि खान्छौ भने - त्यो नै कृष्ण-कीर्तन हो | त्यसैले गोस्वामी भनेको एकप्रकार वा अर्कोप्रकारले चौबिसै घण्टा कृष्ण-किर्तनमा संलग्न हुनु हो | कृष्णोत्कीर्तन​-गान​-नर्तन​-परौ | कसरि ? प्रेमामृताम्भो-निधी | किनकि उहाँहरु कृष्ण प्रेमको समुद्रमा डुब्नुहुन्थ्यो | जबसम्म हामीले कृष्ण प्रेम प्राप्त गरेका छैनौं, हामी कसरि केवल कृष्णको कार्यमा सन्तुष्ट हुनसक्छौं ? यो सम्भव छैन | जसले कृष्णप्रेम विकास गरेका छैनन्, उनीहरु चौबिसै घण्टा कृष्णको कार्यमा संलग्न हुन सक्दैनन् | हामीले विचार गर्नुपर्छ.....हामीले सधैं कृष्णको कार्यमा संलग्न हुनका लागि समय जोगाउनुपर्छ । हाम्रो सुत्ने समयमा हामीले समय नास गरिरहेका हुन्छौं | हामीले समय नास गरिरहेका हुन्छौं | त्यसैले हामीले समय जोगाउने प्रयास गर्नुपर्नेछ | कीर्तनीयः सदा हरिः (चै च आदि १७|३१) | कृष्णको अर्को नाम हरि हो | सदा, चौबिसै घण्टा | वास्तवमा गोस्वामीहरुले त्यसो गर्नुहुन्थ्यो | उहाँहरु हाम्रो लागि उदाहरणीय हुनुहुन्छ | उहाँहरु दुई घण्टा भन्दा धेरै सुत्नु हुदैनथ्यो, बढीमा तीन घण्टा | त्यसैले निद्राहार​-विहारकादि-विजितौ | उहाँहरु विजयी हुनुभयो | यो नै गोस्वामीको गुण हो | उहाँहरुले यस्ता कुराहरु माथि विजय प्राप्त गर्नुभयो | त्यो के हो ? निद्राहार​, निद्रा, आहार​, विहार​ | विहार भनेको इन्द्रियतृप्ति, आहार भनेको खानु वा संकलन गर्नु | सामान्यतया, खानु, आहार | र निद्रा | निद्राहार​-विहारकादि-विजितौ | विजयी हुनुभयो | वैष्णव भनेको त्यस्तो हुनुपर्छ | यो होइन कि चौबिस घण्टामा, छत्तीस घण्टा सुतेर बिताउने | (हाँसो ) र उहि समयमा, आफुलाई गोस्वामी कहलाउने | त्यस्तोलाई के भनिन्छ ....? गो-दास | उनीहरु गो-दास हुन् | गो भनेको इन्द्रियहरु, र दास भनेको नोकर | त्यसैले हाम्रो नीति भनेको, इन्द्रियहरुको नोकर नभएर हामी कृष्णको नोक्कर बन्नुपर्छ | त्यस्तो व्यक्तिलाई गोस्वामी भनिन्छ | किनकि जबसम्म तिमी विजयी हुँदैनौ, इन्द्रियहरुले सधै तिमीसँग माग गर्नेछन्, " कृपया खाऊ, कृपया सुत, कृपया यौन गर | कृपया यो गर, त्यो गर |" यो भौतिक जीवन हो | यो इन्द्रियको निर्देशनमा चल्ने भौतिक जीवन हो | यो भौतिक जीवन हो | त्यसैले हामी.... गोस्वामी भनेको मनले निर्देशन त दिइरहेको हुन्छ, " कृपया धेरै खाऊ, कृपया धेरै सुत, कृपया धेरै यौन गर, कृपया धेरै रक्षा कोस जम्मा गर...." यो भौतिकवाद हो | रक्षा कोस भनेको पैसा राख्नु हो | त्यो रक्षा कोस हो | ....यो भौतिकवाद हो | अध्यात्मवाद भनेको, " होइन, त्यस्तो होइन |" निद्राहार​ | इन्द्रियको निर्देशन दिइरहेका हुन्छन्, " यो गर, त्यो गर, त्यो गर, " र तिमी यति दृढ हुनुपर्दछ कि तिमीले तत्काल जवाफ दिनेछौ," होइन, यसो होइन |" तब गोस्वामी बनिन्छ | त्यस्तो व्यक्तिलाई गोस्वामी भनिन्छ | र गृहमेधि, गृहस्थ - उस्तै-उस्तै देखिन्छन् | तर गृहस्थ भनेको इन्द्रियहरुको निर्देशनमा नचल्ने | तब तिमी गोस्वामी बन्दछौ | नरोत्तम दास​ ठाकुरले भन्नुहुन्छ, गृहे वा बनेते थाके हा गौराङ्ग बोले डाके | हा गौराङ्ग, " सधैं निताई-गौर जप गर्ने, र सधैं निताई-गौरलाई स्मरण गर्ने, " त्यस्तो व्यक्ति, नरोत्तम दास ठाकुरले भन्नुहुन्छ....गृहे वा.... "ऊ एक सन्यासी हुनसक्छ, वा एक गृहस्थ हुनसक्छ | त्यसले फरक पर्दैन | किनकि ऊ निताई-गौरको सम्झनामा मग्न छ |" नरोत्तम मागे ताङ्‌र सङ्ग​: "नरोत्तम सधैं त्यस्तो व्यक्तिको सङ्ग चाहनुहुन्छ |" गृहे वा बनेते थाके, हा गौराङ्ग बोले डाके, नरोत्तम मागे ताङ्‌र सङ्ग​ | नरोत्तम सधैं त्यस्तो व्यक्तिहरुको समाजमा बस्ने इच्छा गर्नुहुन्छ | कृष्णोत्कीर्तन​-गान​-नर्तन​-परौ प्रेमामृताम्भो-निधी धीराधीर​-जन​-प्रियौ | र गोस्वामी सबै श्रेणीका मानिसहरुको प्यारो हुनुपर्छ | दुई श्रेणीका मानिसहरु हुन्छन् : धीर र अधीर | धीर भनेको जसले आफ्ना इन्द्रियहरुलाई नियन्त्रणमा राखेका छन्, र अधीर भनेको जसले राखेको छैनन् | गोस्वामीहरु सबै श्रेणीका मानिसहरुप्रति दयालु हुनुहुन्छ | धीराधीर​-जन​-प्रियौ | तिमीले कसरि सक्छौ ....? गोस्वामी कस्तो हुनुपर्छ...? जब षड् गोस्वमीहरु वृन्दावनमा हुनुहुन्थ्यो, उहाँहरु सम्पूर्ण जनसमुदायमाझ निकै प्रख्यात हुनुहुन्थ्यो | यस वृन्दावन धाममा पनि, गाउँका मानिसहरु, यदि पति पत्नीबीच केहि झगडा हुन्थ्यो भने, उनीहरु सनातन गोस्वमीकहाँ जान्थे, " महाशय, हामीहरु बीच केहि मतभेद छ | तपाईले समाधान गरिदिनुपर्‍यो |" तब सनातन गोस्वामीले निर्णय दिनुहुन्थ्यो, " तिमी गलत छौ |" त्यति हो | उनीहरुले स्वीकार गर्दथे | यसबाट पनि उहाँहरु कति प्रख्यात हुनुहुन्थ्यो भनेर देख्न सकिन्छ । सनातन गोस्वमी उनीहरुको घरायसी झगडामा पनि आफ्नो फैसला दिनुहुन्थ्यो | त्यसैले धीराधीर​-जन​-प्रियौ | यी सामान्य मानिसहरु, उनीहरु पुण्यात्माहरु थिएनन्, तर उनीहरु सनातन गोस्वामीको भक्त थिए | त्यसैले उनीहरुको जीवन सफल भयो | किनभने उनीहरु सनातन गोस्वामीको आदेश पालन गर्थे, त्यसैले उनीहरु पनि मुक्त हुन्थे | उनीहरु व्यक्तिगत रुपमा गलत हुन सक्थे, तर उनीहरु सनातन गोस्वामीको आदेश पालन गर्थे | र सन्तान गोस्वामी उनीहरुप्रति दयालु हुनुहुन्थ्यो | यो नै गोस्वामीको गुण हो | तिमीले पनि उनीहरुलाई बोलाउन सक्छौ, प्रसाद अर्पण गर्न सक्छौ, राम्ररी सत्कार गर्न सक्छौ: " केवल हरे कृष्ण सुन | तिमी यहाँ आऊ | हरे कृष्ण जप गर | प्रसाद ग्रहण गर |" उनीहरु तिम्रो...., अधिनमा हुनेछन् | उनीहरु तिम्रो अधिनमा हुनेछन् | र जब उनीहरु तिम्रो अधिनमा हुन्छन्, उनीहरुले तुरुन्तै प्रगति गर्नेछन् | किनभने यदि कसैले वैष्णवको शरणमा पर्न स्वीकार गर्छ भने ऊ..... यसलाई अज्ञात​-सुकृति भनिन्छ | किनकि उसले तिमीलाई प्रस्ताव गर्छ....जसरि हामी हिंड्दै गर्दा उनीहरु भन्ने गर्छन्, "हरे कृष्ण, जय राधे |" त्यो आदर गर्ने प्रक्रिया हो | यदि यी साधारण मानिसहरुले वैष्णवको आदर गर्छन् भने उनीहरुले विकास गर्नेछन् | त्यसैले तिमी वैष्णव बन्नुपर्छ | अन्यथा उनीहरुले तिमीलाई किन आदर गर्नेछन् ? आदरको माग गर्न सकिंदैन | यो स्वतः व्यक्त हुनुपर्छ | तिमीलाई देख्नासाथ उनीहरुले आदर गर्नेछन् । तब धीराधीर​-जन​-प्रियौ | त्यस्तो व्यक्तिलाई गोस्वमी भनिन्छ |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय श्रील प्रभुपाद |