NE/Prabhupada 0360 - हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ



Lecture on SB 7.9.42 -- Mayapur, March 22, 1976


को नु अत्र ते अखिल​-गुरो भगवन प्रयास​ | सबैले किर्ति प्राप्त गर्न केहि अधिक प्रयास गर्न जरुरि हुन्छ, तर कृष्णलाई भने आवश्यक पर्दैन | उहाँ कृष्ण हुनुहुन्छ | उहाँले इच्छा गरेको जे पनि गर्न सक्नुहुन्छ | उहाँ अरुमा निर्भर हुनुहुन्न | अरु मानिसहरु कृष्णको अनुमोदनमाथि निर्भर हुन्छन्, तर कृष्णलाई कसैको अनुमोदन चाहिंदैन | त्यसैले प्रह्लाद महाराजले भन्नुभयो - भगवान प्रयास | विशेष गरी भक्तहरुलाई "प्रयास" नलिन सल्लाह दिनुभएको छ | मानिसले धेरै कठिन प्रयास गर्नुपर्ने व्यवसाय अँगाल्नु हुँदैन | हामीले केवल सम्भव हुने सजिलो कार्यमात्रै अँगाल्नुपर्छ |

अवश्य पनि, भक्तले कहिलेकाहीं जोखिम उठाउँछन् | जस्तै हनुमान | उहाँ भगवान रामचन्द्रको सेवक हुनुहुन्थ्यो | रामचन्द्रले सीतादेविको बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्थ्यो | हनुमानले विचार गर्नुभएन, " म समुद्रको अर्को भाग लंकामा कसरि पुग्न सकौंला ?" उहाँले केवल भगवान् रामचन्द्रमा विश्वास राखेर, " जय राम ," भन्दै समुद्रमाथि उफ्रिनुभयो | रामचन्द्रले सेतु बाँध बनाउनुपर्यो | अवश्य पनि, त्यो सेतु बाँध निकै आश्चर्यजनक थियो किनकि यसको निर्माण गर्दा बाँदरहरुले ढुंगा ल्याउँदै समुद्रमा फालेका थिए, तर त्यो ढुंगा तैरिरहेको थियो | तिम्रो गुरुत्वाकर्षणको नियमले कहाँ काम गर्‍यो ? ढुंगा पानीमा तैरिरहेको छ | यो कुनै वैज्ञानिकहरुले गर्न सक्दैनन् | तर भगवान् रामचन्द्रले इच्छा गर्नुभयो; र ढुंगा तैरिन थाल्यो | अन्यथा हामीले समुद्रमा बाँध बनाउने स्तरसम्म ल्याउनका लागि कति ढुंगा फाल्न सक्छौं ? ओहो, यो सम्भव छैन | तर यो सम्भव थियो, सबैकुरा सम्भव थियो, किनकि रामचन्द्र, भगवान् रामचन्द्र चाहनुहुन्थ्यो, "यो सजिलै पुरा होस् | उनीहरुलाई ढुंगा ल्याउन् र त्यो तैरियोस् | त्यसपछि हामी जानेछौं |" उहाँ बाँधबिना पनि जान सक्नुहुन्थ्यो, तर उहाँले बाँदरहरुबाट सेवा ग्रहण गर्ने इच्छा गर्नुभयो | त्यहाँ धेरै बाँदरहरु थिए | बरो बरो बदरे, बरो बरो पेट् , लङ्क दिङ्गके, मत करे हेत् | त्यहाँ अरु बाँदरहरु पनि थिए, तर हनुमान जस्तो योग्य कोहि पनि थिएन | त्यसैले उनीहरुलाई पनि मौका दिइएको थियो" तिमीहरु केहि ढुंगा ल्याऊ | तिमीहरु हनुमान जसरि समुद्रमाथि उफ्रन सक्दैनौ, त्यसैले तिमीहरु ढुंगा ल्याऊ, र म ढुंगाहरुलाई तैरिन आदेश दिन्छु |" कृष्णले जे पनि गर्न सक्नुहुन्छ | अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्तिमन्ति | उहाँले जे पनि गर्न सक्नुहुन्छ | हामीले उहाँको कृपा बिना केहि गर्न सक्दैनौं | त्यसैले प्रह्लाद महाराज आग्रह गर्नुहुन्छ " यदि हजुर हामीमाथि कृपा गर्नुहुन्छ भने, त्यो हजुरका लागि ठुलो कार्य होइन, किनकि हजुरले जे पनि गर्न सक्नुहुन्छ | हजुर नै सृष्टि, संरक्षण र विनाशको कारण हुनुभएकाले यो हजुरका लागि कठिन कार्य होइन |" त्यो बाहेक, मूढेषु वै महद्-अनुग्रह आर्त​-बन्धो | साधारणतया, जो अर्थ-बन्धु छन्, अर्थात् पिडित मानव समुदायका मित्र छन्, उनीहरुले विशेषगरि मूढ र धूर्तहरु माथि कृपा गर्दछन् | कृष्ण त्यहि उद्देश्य पूर्तिका लागि आउनुहुन्छ किनभने हामीहरु सबैजना मूढ हौँ | दुष्कृतिनो | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते | सामान्यतया, हामी धेरै पापी र मूढ भएकाले हामी कृष्णमा शरणागत हुँदैनौं | न मां प्रपद्यन्ते | जो कृष्णमा शरणागत हुँदैन, उसलाई दुष्कृतिन​, मूढ​, नराधमा, माययापहृत​-ज्ञाना भनेर छुट्याइएको छ | कृष्णको इच्छा विपरित स्वतन्त्र हुन सम्भव नै छैन | त्यो सम्भव छैन | तसर्थ, जसले कृष्णको अनुग्रह नभई स्वतन्त्र तरिकाले कार्य गर्न खोज्दैछन्, उनीहरु सबै मूढ र धूर्त हुन् | उनीहरुले कृष्णले भन्नुभएको कुरा स्वीकार गर्दैनन् कृष्ण बिनाको केहि नियम बनाउन खोज्दैछन् | "भगवान्‌को आवश्यता छैन |" धेरै वैज्ञानिकहरु यसो भन्ने गर्छन् | " अब हामीसँग विज्ञान छ | हामीले जे पनि गर्नसक्छौं |" उनीहरु सबै मूढ हुन् | यो सम्भव छैन | कृष्णको इच्छा बिना स्वतन्त्र रुपमा केहि पनि गर्न सकिंदैन । त्यसैले सर्वोत्तम कुरा भनेको हामीले सधैं कृष्णको कृपा प्राप्त गर्न कोसिस गर्नुपर्छ |

र तिमीले कृष्णको कृपा सिधै प्राप्त गर्न सक्दैनौ | यो पनि अर्को महत्वपूर्ण कुरा हो | किं तेन ते प्रिय​-जनान अनुसेवतां न​: । तिमीले कृष्णको भक्तहरुको कृपा बिना उहाँ समक्ष सिधै जान सक्दैनौ | यस्य प्रसादाद भगवत्-प्रसाद​: | तिमीले भगवान्‌बाट सिधै कृपा प्राप्त गर्न सक्दैनौ | त्यो अर्को मूर्खता हो | तिमी कृष्णको सेवकमार्फत जानुपर्छ | गोपी-भर्तुर पद​-कमलयोर दास​-दास​-दासानुदास​: | यो हाम्रो प्रक्रिया हो | हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ । र कृष्णको दास को हो ? जो कृष्णको दासको दास भएका छन् | यसलाई दास​-दासानुदास भनिन्छ | कोहि पनि कृष्णको स्वतन्त्र दास हुनसक्दैन | त्यो अर्को मूर्खता हो | कृष्णले सिधै कसैलाई पनि स्वीकार गर्नुहुँदैन | त्यो सम्भव छैन | तिमि दासको दास मार्फत आउनुपर्छ | (चै च मध्य १३|८०) | यसलाई परम्परा प्रणाली भनिन्छ | र जब तिमीले परम्परा प्रणालीबाट ज्ञान लिन्छौ...... कृष्णले ब्रह्मालाई ज्ञान दिनुभयो, ब्रह्माले नारदलाई दिनुभयो, नारदले व्यासदेवलाई दिनुभयो, र हामीले यो ज्ञान प्राप्त गरेका छौं | जसरि अर्जुनले पाए.....भगवद् गीता कृष्णले अर्जुनका लागि भन्नुभएको थियो । त यदि हामीले अर्जुनले बुझेको प्रक्रियालाई त्याग्छौं भने हामीले कहिल्यैपनि कृष्णलाई बुझ्न सक्दैनौं | यो सम्भव छैन | तिमीले अर्जुनले स्वीकार गरेको प्रक्रियालाई अँगाल्नुपर्दछ | अर्जुनले पनि भनेका थिए, " मैले हजुरलाई भगवान् भनेर स्वीकार गर्दैछु, किनकि व्यासदेवले पनि स्वीकार गर्नुभएको छ, असितले स्वीकार गर्नुभएको छ, नारदले स्वीकार गर्नुभएको छ |" उही कुरा | हामीले कृष्णलाई बुझ्नुपर्छ | हामीले सिधै बुझ्न सक्दैनौं | यी धूर्तहरु कृष्णलाई विवेचनाद्वारा बुझ्न खोज्दैछन्, उनीहरु सबै दुष्ट हुन् | उनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | चाहे ऊ ठुलै मानिस किन नहोस् | कोहि पनि ठुलो मानिस छैन | उनीहरु पनि स वै..... स्व​-विड्-वराहोष्ट्र​-खरै: संस्तुत​: पुरुष: पशु: (श्री भ २|३|१९) | पुरुष: पशु:। यी ठुल्ठुला मानिसहरु, जसलाई केहि दुष्ट अगुवाहरुले प्रशंसा गरिरहेकाछन्, उनीहरु के हुन् ? उनीहरु कृष्णका भक्त नभएका कारण उनीहरुले नेतृत्व गर्न सक्दैनन् | उनीहरुले केवल गलत बाटोतर्फ लगिरहेका छन् | त्यसैले हामीले यी सबैलाई धूर्त मान्छौं | यो नै निष्कर्ष हो | यो निष्कर्षलाई ग्रहण गर | तिमि कोहिबाट कुनै कुरा सिक्न खोज्छौ भने, सर्वप्रथम यो विचार गर कि त्यो मानिस कृष्णको भक्त हो कि होइन | अन्यथा कुनै पनि शिक्षा नालिऊ | हामी कुनै मनिसबाट, " सायद," "हुनसक्छ," जस्ता शिक्षाहरु लिंदैनौं | हामीलाई त्यस्ता वैज्ञानिक वा गणितज्ञ चाहिंदैन | जसले कृष्णलाई बुझ्दछन्, जो कृष्णको भक्त छन्, जो कृष्णको नाम सुन्नासाथ परमानन्दमा लिन हुन्छन्, तिमी त्यस्ता मानिसबाट ज्ञान लिऊ | अन्यथा सबै धूर्त हुन् | धेरै धेरै धन्यवाद |