NE/Prabhupada 0363 - कोहि तिम्रो मित्र हुनेछ, र कोहि तिम्रो शत्रु हुनेछ



Lecture on SB 7.9.17 -- Mayapur, February 24, 1976


यस्मात प्रिय अप्रिय​-वियोग​-संयोग​-जन्म​- शोकाग्निना सकल​-योनिषु दह्यमान:​ दु:ख्औषधं तद अपि दुःखम अतद्-धियाहं भूमन भ्रमामि वद मे तव दास्य​-योगम (श्री भा ७|९|१७) अघिल्लो श्लोकमा प्रह्लाद महाराजले भन्नुभएको छ, " मलाई धेरै डर लागिरहेको छ, यो भौतिक अस्तित्वदेखि, दुःखालयम् अशाश्वतम (भ गी ८|१५) | अब उहाँले ती कष्टहरुको विभिन्न अवस्थाका बारेमा बताउँदै हुनुहुन्छ, यस्मात्, यो भौतिक अस्तित्वको कारणले गर्दा | जब हामी यस भौतिक संसारमा आउँछौं, तब हामी धेरै मानिसहरुको सम्पर्कमा पुग्छौँ | भूताप्त​-पितृणाम्, नृणाम् | जब हामी आमाको कोखबाट बाहिर आउँछौं, धेरै साथी र नातेदारहरु हुन्छन्, भूत​-आप्त​, पितृ, भूताप्त​, ऋषि, पितृणाम नृृणाम् | हामी जोडिन पुग्छौं | तर कोहि धेरै प्रिय हुन्छन् भने कोहि शत्रु हुन्छन् | यस्मात प्रियाप्रिय​-वियोग​-सम्योग​-जन्म । वियोग​-सम्योग​-जन्म ​। जब एउटा बालकको जन्म हुन्छ, ऊ आफ्नो अघिल्लो जीवन बाट छुटिएको हुन्छ, र ऊ नयाँ जीवन, नयाँ शरीरसँग जोडिएको हुन्छ, वियोग​-संयोग​ | हुन सक्छ कि अघिल्लो शरीर निकै आकर्षक थियो तर यो शरीर त्यस्तो आकर्षक छैन र पतित छ | त्यो सम्भव हुन्छ | देहान्तर​-प्राप्ति:(भ गी २|१३) | यो होइन कि तिमीले सधैं यस्तै आकर्षक शरीर पाउनेछौ | तर यो भ्रामक शक्ति यति शक्तिशाली छिन् कि कसैले सुँगुरको शरीर पाए पनि उसले सोच्छ, " यो धेरै राम्रो छ |" यसलाई प्रक्षेपात्मिक​-शक्ति भनिन्छ | मायाका विशेषतः दुईवटा शक्तिहरु छन् : आवरणात्मिक र प्रक्षेपात्मिक | साधारणतया मायाले हामीलाई भ्रममा राख्छिन्, र यदि कोहि थोरै प्रबुद्ध भयो र मायाको बन्धनबाट मुक्त हुन खोज्यो भने त्यहाँ मायाको अर्को शक्ति हुन्छ, जसलाई प्रक्षेपात्मिक​ भनिन्छ | मानौं कसैले सोच्छ, " अब म कृष्ण भावनाभावित हुनेछु | यो साधारण भौतिक चेतनाले मलाई धेरै कठिन बनाएको छ | म अब कृष्ण भावनाभवित हुन्छु |" तब मायाले भन्नेछिन् ," यसबाट तिमीले के पाउँछौ, योभन्दा राम्रो त तिमी भौतिक चेतनामै बस |" यसलाई प्रक्षेपात्मिक​-शक्ति भनिन्छ | त्यसैले कहिलेकाहीं कोहि मानिसहरु हाम्रो समाजमा आएर केहि दिन बस्छन् र जान्छन् | यसलाई प्रक्षेपात भनिन्छ, अर्थात् फ्याँकिएको | जबसम्म ऊ इमान्दार हुँदैन, ऊ हामीसँग बस्न सक्दैन, उसलाई फ्याँकिनेछ | त्यसैले प्रह्लाद महाराज भन्नुहुन्छ की यी दुई अवस्थाहरु - कोहि राम्रो हुन्छन्, कोहि राम्रो हुँदैनन् - यस्तो अवस्था नित्य विद्यमान छ | यो होइन कि " यदि मैले यो शरीर परिवर्तन गरें भने यो प्रक्रिया पनि रोकिनेछ |" होइन | जबसम्म यो भौतिक संसारमा तिम्रो शरीर हुन्छ, यी दुई प्रक्रियाहरु चलिरहनेछन् | कोहि तिम्रो साथी हुनेछ, र कोहि शत्रु हुनेछ | योग​-संयोग​-जन्म | जब कसैको शत्रु हुन्छ, तब उसलाई विलाप र चिन्ता हुन्छ | सोकाग्निना | त्यस्तो विलाप एउटा अग्नि समान हुन्छ | सोकाग्निना | सोकाग्निना सकल​-योनिषु | यदि तिमीले केवल मानव समाजमा मात्रै शत्रु र मित्र हुन्छन् भनेर सोच्छौ भने त्यसो होइन | हरेक समाजमा, हरेक योनीमा....... तिमीले भँगेरा वा अरु चराहरु पनि झगडा गरिरहेको देखेका छौ | तिमीले त्यो देखेको छौ | उनीहरु पनि निकै घनिष्टताका साथ बस्छन्, अनि फेरी झगडा गर्छन् | चाहे चरा होस् वा कुकुर होस् | उनीहरु झगडा गर्नका लागि निकै प्रख्यात छन् | यो सबै चलिरहेको छ: कोहि धेरै प्रिय हुन्छ भने कोहि शत्रु हुन्छ र उनीहरुबीच झगडा हुन्छ | सकल​-योनिषु दह्यमान​: | तिमीले एउटा समाजलाई त्यागेर अर्कोमा जाँदैमा यसबाट मुक्त हुन सक्दैनौ | त्यो सम्भव छैन | असहमतिको, दुश्मनी र मित्रताको आगो चलिरहन्छ, यहाँ मात्र होइन, स्वर्गलोकमा पनि | स्वर्गलोकमा देवता र असुरबीच झगडा हुन्छ | असुरहरु देवताहरुको ईर्ष्या गर्छन्र देवताहरु पनि असुरहरुको ईर्ष्या गर्छन् | जहाँ पनि | राजा इन्द्र निकै ऐश्वर्यवान भएतापनि उहाँका धेरै शत्रुहरु छन् | हामी स्वर्गलोकहरुमा गएर त्यहाँको ऐश्वर्य भोग गर्न चाहन्छौं, तर त्यहाँ पनि उही कुरा छ |