NE/Prabhupada 0406 - जसलाई कृष्णको विज्ञान थाहा छ, ऊ आध्यात्मिक गुरु बन्न सक्छ



Discourse on Lord Caitanya Play Between Srila Prabhupada and Hayagriva -- April 5-6, 1967, San Francisco


प्रभुपाद: पहिलो दृश्य विजय नृसिंह गढ़ मन्दिरको भ्रमण हुन्छ |

हयग्रीव: विजय......

प्रभुपाद: विजय नृसिंह गढ़ |

हयग्रीव: म हजुरसँग यसको हिज्जे पछी लिन्छु |

प्रभुपाद: म भन्छु: वि-ज-य नृ-सिं-ह ग-ढ़ | विजय नृसिंह गढ़ मन्दिर | यो आधुनिक विसाखापट्नम् बन्दरगाह नजिक छ | त्यहाँ धेरै ठुलो भारतीय बन्दरगाह छ, विसाखापट्नम् | पहिले यो विसाखापट्नम् थिएन | त्यसको नजिक, त्यस स्थानबाट पाँच मील टाढा पहाडमा त्यस राम्रो मन्दिर छ | मलाई लाग्छ कि त्यहाँ मन्दिरको दृश्य हुन सक्छ, र चैतन्य महाप्रभु त्यस मन्दिरमा भ्रमण गर्नुभएको थियो | र त्यस मन्दिर पछी, उहना गोदावरीको किनारमा आउनुभयो | जसर गंगा नदि धेरै पवित्र नदि हुन्, त्यस्तै अरु पाँच नदिहरु छन् | यमुना, गोदावरी, कृष्ण, नर्मदा | गंगा, यमुना, गोदावरी, नर्मदा र कृष्ण | यी पाँच नदिहरुलाई धेरै पवित्र मानिन्छ | उहाँ गोदावरीको किनारमा आउनुभयो र उहाँ स्नान गर्नुभयो, र एउटा रुखमुनि हरे कृष्ण हरे कृष्ण जपेर बस्दै हुनुहुन्थ्यो | त्यहि समय, उहाँले देख्नुभयो कि एउटा ठुलो जुलुस आउँदैछ, र त्यो यसको दृश्य हुनुपर्छ.... त्यस जुलुसमा.... पहिले राजाहरु र राज्यपालहरु आफ्ना सामग्रीहरु सहित गंगामा स्नान गर्दथे, सांगीतिक समुह र धेरै ब्राह्मण र सबै प्रकारका दानयोग्य वस्तुका साथ | यस प्रकारले उनीहरु स्नान गर्न आउँथे | चैतन्य महाप्रभुले देख्नुभयो कि कोहि त्यस विशाल जुलुसमा आउँदैछ, र उहाँलाई मद्रास राज्यका राज्यपाल रामानन्द रायको बारेमा बताइएको थियो | सार्वभौम भट्टाचार्यले उहाँलाई अनुरोध गर्नुभयो कि "हजुर दक्षिण भारत जाँदै हुनुहुन्छ | हजुरले रामानन्द रायसँग भेट्नुपर्छ | उहाँ महान भक्त हुनुहुन्छ |" त्यसैले जब उहाँ कावेरीको किनारमा बस्दै हुनुहुन्थ्यो र रामानन्द राय त्यस जुलुसमा आउँदै हुनुहुन्थ्यो, उहाँले रामानन्द रायलाई चिन्नुभयो | तर किनकि उहाँ सन्यासी हुनुहुन्थ्यो, उहाँले रामानन्द रायलाई सम्बोधन गर्नुभएन | तर रामानन्द राय महान भक्त हुनुहुन्थ्यो र उहाँले एक सुन्दर सन्यासीलाई देख्नुभयो, युवा सन्यासी बसेर हरे कृष्ण जप्दै हुनुहुन्थ्यो | साधारणतया सन्यासीहरु हरे कृष्ण जप्दैनन् | तिनीहरु केवल "ॐ, ॐ..." आवाज निकाल्छन् | हरे कृष्ण होइन |

हयग्रीव: हजुरको मतलब के हो कि उहाँ सन्यासी भएको कारण रामानन्द रायलाई सम्बोधन गर्नुभएन ?

प्रभुपाद: सन्यासीहरु, प्रतिबन्ध यो छ कि सन्यासीले धनि मानिससँग भिक्षा माग्नुहुँदैन वा उनीहरुलाई हेर्नुहुँदैन | त्यो प्रतिबन्ध छ | स्त्री र धनि मानिसहरु |

हयग्रिव: तर मैले सोचेको थिएँ कि रामानन्द राय भक्त हुनुहुन्थ्यो |

प्रभुपाद: उहाँ भक्त हुनुहुन्थ्यो, तर बिना शंका, बाहिरी भेषमा उहाँ राज्यपाल हुनुहुन्थ्यो | बाहिरी रुपमा | त्यसैले चैतन्य महाप्रभु उहाँकहाँ जानुभएन, तर रामानन्द रायले बुझ्नुभयो कि "यहाँ राम्रो सन्यासी हुनुहुन्छ |" उहाँ तल झर्नुभयो र आफ्नो सम्मान प्रकट गर्नुभयो र चैतन्य मप्रभु अगाडी बस्नुभयो | र त्यहाँ परिचय भएको थियो, र चैतन्य महाप्रभुले भन्नुभयो कि "भट्टाचार्यले मलाई तिम्रो बारेमा पहिल्यै भनिसके | तिमि महान भक्त हौ | त्यसैले म तिमीलाई भेट्न आएको हुँ |" तब रामानन्द रायले जवाफ दिनुभयो,"कस्तो भक्त ? म धनि मानिस हुँ, नेता | तर भट्टाचार्य मप्रति धेरै दयालु छन् कि उनले हजुरलाई मसँग भेट्न भने | त्यसैले हजुर आउनुभएको छ, कृपया मलाई यस भौतिक मायाबाट मुक्त पारिदिनुहोस् |" रामानन्द रायसँग भेट्न समय तोकिएको थियो, र उहाँहरु दुवै साँझको समयमा फेरी भेट्नुभयो, र त्यहाँ जीवनको अध्यात्मिक विकासको बारेमा छलफल भएको थियो | चैतन्य महाप्रभुले उहाँसँग सोध्नुभयो र रामानन्द रायले जवाफ दिनुभयो | अवश्य पनि, त्यो लामो कथा छ कि चैतन्य महाप्रभुले कसरी सोध्नुभयो र रामानन्द रायले कसरी जवाफ दिनुभयो |

हयग्रीव: रामानन्द राय |

प्रभुपाद: हो |

हयग्रीव: के त्यो महत्वपूर्ण छ ? त्यस दृश्य भेटको बारेमा हो |

प्रभुपाद: भेट, त्यस छलफल तिमी दिन चाहन्छौ ?

हयग्रीव: यदि यो कुरा दृश्यमा प्रस्तुत गर्नुपर्छ, यो महत्वपूर्ण हुन्छ | हजुर मैले त्यस छलफल प्रस्तुत गरेको चाहनुहुन्छ ?

प्रभुपाद: महत्वपूर्ण दृश्य यो हो कि उहाँले रामानन्द रायसँग भेट्नुभयो जो जुलुसमा आउनुभएको थियो, त्यो राम्रो दृश्य हुन्छ | यी कुराहरु पहिल्यै पुरा छन् |जहाँसम्म वार्ताको कुरा छ, त्यस वार्ताको सारांश यो थियो कि......

हयग्रीव: मलाई केवल छोटो सारांश दिनुहोस् |

प्रभुपाद: छोटो सारांश | यस दृश्यमा चैतन्य महाप्रभु शिष्य बन्नुभयो | ठ्याक्क शिष्य होइन | उहाँले सोध्नुभयो र रामानन्द रायले जवाफ दिनुभयो | यस दृश्यको महत्व यो हो कि चैतन्य महाप्रभुले औपचारिकता पुरा गर्नुहुँदैन, केवल सन्यासी अध्यात्मिक गुरु हुनुपर्छ | जसलाई कृष्णको विज्ञान थाहा छ, ऊ अध्यात्मिक गुरु बन्न सक्छ | र यो उदाहरणलाई व्यवहारिक रुपमा देखाउन, उहाँ सन्यासी र ब्राह्मण भए तापनि, र रामानन्द राय शुद्र र गृहस्थ भए तापनि, उहाँ शिष्य जस्तै बन्नुभयो र रामानन्द रायसँग सोध्नुभयो | रामानन्द रायले केहि संकोच मान्नुभयो कि "म सन्यासीको गुरुको भूमिका कसरी खेल्न सक्छु ?" तब चैतन्य महाप्रभुले जवाफ दिनुभयो," होइन, होइन | संकोच नमान |" उहाँले भन्नुभयो कि ऊ सन्यासी होस् वा गृहस्थ होस् वा ऊ ब्राह्मण होस् वा शुद्र होस्, यसले फरक पार्दैन | जसलाई कृष्णको विज्ञान थाहा छ, उसले गुरुको स्थान लिन सक्छ | त्यो उहाँको उपहार थियो | किनकि भारतीय समाजमा, यो मानिन्छ कि ब्राह्मण र सन्यासी अध्यात्मिक गुरु बन्न सक्छन् | तर चैतन्य महाप्रभुले भन्नुभयो,"होइन | जो पनि अध्यात्मिक गुरु बन्न सक्छ, यो जरुरि छ ऊ कृष्ण विज्ञानमा दक्ष छ |" र त्यस वार्ताको सारांश थियो कि कसरी आफुलाई भागवत प्रेमको सर्वोच्च स्तरमा उठाउने | र त्यस भागवत प्रेम सर्वोत्तम रुपमा राधारानीमा देखिन्थ्यो | राधारानीको भाव, लक्षणमा | र रामानन्द राय, राधारानीकी सखी ललिता-सखीको भावमा, दुवैजनाले एक अर्कालाई आलिंगन गर्नुभयो र परमानन्दमा नाच्न थाल्नुभयो | त्यस दृश्यको अन्त्य यही हुनेछ | दुवैजना परमानन्दमा नाच्न थाल्नुभयो |

हयग्रीव: रामानन्द राय |

प्रभुपाद: र चैतन्य मनाप्रभु |

हयग्रीव: ठिक छ |