NE/Prabhupada 0407 - हरिदास ठाकुरको जीवन इतिहास हेर्दा उहाँ मुस्लिम परिवारमा जन्मनुभएको थियो



Discourse on Lord Caitanya Play Between Srila Prabhupada and Hayagriva -- April 5-6, 1967, San Francisco


प्रभुपाद: त्यहि समयमा एक ब्राह्मण आए र चैतन्य महाप्रभुलाई निमन्त्रणा दिए कि, "मैले वनारसको सम्पूर्ण सन्यासीहरुलाई निमन्त्रणा दिएको छु, तर मलाई थाहा छ कि हजुर यी मायावादी सन्यासीसँग भेट्नुहुँदैन, तर पनि म हजुरलाई निमन्त्रणा दिन आएको छु | कृपया मेरो निमन्त्रणा स्वीकार गर्नुहोस् |" चैतन्य महाप्रभुले यसलाई प्रकाशानन्द सरस्वतीलाई भेट्ने मौकोको रुपमा हेर्नुभयो, उहाँले निमन्त्रणा स्वीकार गर्नुभयो, र त्यहाँ एउटा बैठक थियो, र त्यहाँ प्रकाशानन्द सरस्वतीसँग वेदान्त सुत्रमा छलफल भएको थियो, र उहाँले उनलाई वैष्णवमा परिणत गरिदिनुभयो | त्यो अर्को घटना हो |

हयग्रीव: यी व्यक्तिको उमेर कति छ ?

प्रभुपाद: प्रकाशानन्द सरस्वति ? उनी वृद्ध थिए | साठी वर्षभन्दा कम होइन |

हयग्रीव: र त्यस शहरमा उनको भूमिका के थियो ? उनी के थिए...... उनी एक वेदान्ति थिए ?

प्रभुपाद: प्रकाशानन्द सरस्वति | उनी एक मायावादी सन्यासी थिए | उनले चैतन्य महाप्रभुको सिद्धान्त स्वीकारे र उनले सम्मान प्रकट गरे | उनले उहाँको चरणकमलमा दण्डवत गरे | र उनी पनि सहभागी भए | तर कुनै वर्णन छैन कि उनी आधिकारिक रुपमा वैष्णव बने, तर उनले चैतन्य महाप्रभुको दर्शन स्वीकारे | तर सार्वभौम भट्टाचार्य आधिकारिक रुपमा वैष्णव बने | तब हरिदास ठाकुरको भेट......

हयग्रीव: पाँचौं दृश्य |

प्रभुपाद: पाँचौं दृश्य |

हयग्रीव: यो दृश्यमा हरिदास ठाकुर ?

प्रभुपाद: हरिदास ठाकुर |

हयग्रीव: कसको देहावसानको समयमा ? हरिदास ठाकुरको ?

प्रभुपाद: हो | हरिदास धेरै वृद्ध हुनुहुन्थ्यो | उहाँ मुसलमान हुनुहुन्थ्यो |

हयग्रीव: उहाँलाई नै नदिमा फालिएको थियो |

प्रभुपाद: हो |

हयग्रीव: त्यसो भए उहाँको अन्त्य यस पाँचौं दृश्यमा हुन्छ |

प्रभुपाद: हामीले त्यस्तो गर्ने होइन....... अवश्य पनि, हरिदास ठाकुरको भिन्न जीवन छ तर हामी त्यो देखाउँदैनौं | हयग्रीव: ठिक छ | यो विशेष घटना | प्रभुपाद: विशेष घटना महत्वपूर्ण हुन्छ, कि चैतन्य महाप्रभु ब्राह्मण हुनुहुन्थ्यो र उहाँ सन्यासी हुनुहुन्थ्यो | सामाजिक प्रथा अनुसार उहाँले एक मुस्लिमई छुनु पनि हुँदैन, तर हरिदास ठाकुर एक मुस्लिम हुनुहुन्थ्यो र उहाँको तिरोभावमा चैतन्य महाप्रभु स्वयंले उहाँको शरीर लिएर नाच्नुभयो, र उहाँलाई समाधिमा राखेर चैतन्य महाप्रभु स्वयंले प्रसादम् वितरण गर्नुभयो | र हरिदास ठाकुर दुई, तीन दिनदेखि बिसन्चो महशुस गर्दै हुनुहुन्थ्यो | उहाँ मुस्लिम भएकाले जगन्नाथ मन्दिरमा प्रवेश गर्नुभएन | किनकि हिन्दुहरु धेरै कडा थिए | उहाँ भक्त हुनुहुन्थ्यो, उहाँलाई कहिल्यै नराम्रो लागेन | उहाँले कुनै झगडा किन उत्पन्न गर्ने ? चैतन्य महाप्रभुले उहाँको व्यवहार सराहना गर्नुभयो कि उहनाले कुनै त्यस्तो स्थिति सिर्जना....... किनकि उहाँ भक्त बन्नुभएको थियो | बलपूर्वक उहाँ मन्दिरमा जानुहुँदैन थियो | तर चैतन्य महाप्रभु स्वयं उहाँलाई भेट्न दैनिक आउनुहुन्थ्यो | समुद्रमा स्नान गर्न जाँदा उहाँले सर्वप्रथम हरिदासलाई भेट्नुहुन्थ्यो | "हरिदास ? तिमी के गर्दैछौ ?" हरिदासले प्रणाम गर्नुहुन्थ्यो, र चैतन्य महाप्रभु केहि समय बसेर कुरा गर्नुहुन्थ्यो | अनि चैतन्य महाप्रभु स्नान गर्न जानुहुन्थ्यो | यस प्रकारले एक दिन उहाँले देख्नुभायो कि हरिदासलाई बिसन्चो छ | "हरिदास ? तिम्रो स्वास्थ्य कस्तो छ ?" "प्रभु, यो त्यति राम्रो छैन, यो शरीर त हो |" तेस्रो दिनमा उहाँले देख्नुभयो कि हरिदासले त्यस दिन शरीर छाड्दै हुनुहुन्छ | त्यसैले चैतन्य महाप्रभुले उहाँलाई सोध्नुभयो,"हरिदास, तिमि के चाहन्छौ ?" उहाँहरु दुवैले बुझ्नुभयो | हरिदासले भन्नुभयो कि "यो मेरो अन्तिम अवस्था हो | कृपया हजुर मेरो अगाडी उभिनुहोस् |" चैतन्य महाप्रभु उहाँको अगाडी उभिनुभयो र उहाँले आफ्नो शरीर छाड्नुभयो | (विराम)

हयग्रीव: हजुरले वर्णन गर्नुभयो कि.....

प्रभुपाद: उहाँको तिरोभाव पछी चैतन्य महाप्रभु स्वयंए उहाँको शरीर बोक्नुभयो, र अरु भक्तहरुले उहाँलाई समुद्र किनारमा लगेर उहाँको लागि समाधिस्थाल खन्नुभयो | त्यस समाधि अझै पनि जगन्नाथ पुरीमा छ | हरिदास ठाकुरको समाधि | चैतन्य महाप्रभु नाच्न थाल्नुभयो | त्यो विधि-अनुष्ठान थियो | किनकि एक वैष्णवको विधि-अनुष्ठानमा सबै कुरा किर्तन र नाच हुन्छ | हरिदास ठाकुरको अन्तिम विधि-अनुष्ठान यस्तो थियो |

हयग्रीव: हजुरले चैतन्य महाप्रभु हरिदाससँग नाच्नुभएको केहि वर्णन गर्नुभएको थियो ?

प्रभुपाद: हरिदासको शरीर सँग | चैतन्य......... मृत शरीर | हरिदासको मृत शरीर |

हयग्रीव: उहाँको मृत शरीरसँग ?

प्रभुपाद: हो | उहाँको मृत शरीर |

हयग्रीव: उहाँको तिरोभाव पछी | प्रभुपाद: उहाँको तिरोभाव पछी | हयग्रीव: चैतन्य.......

प्रभुपाद: मेरो मतलब, हरिदास जीवित हुनुभएको बेला, उहाँ नाच्दै हुनुहुन्थ्यो | तर हरिदासको तिरोभव पछी, चैतन्य महाप्रभु स्वयंले उक्त शरीर लिनुभयो र किर्तनसँग नाच्न थाल्नुभयो | त्यो भनेको उहाँको अन्त्येष्टि चैतन्य महाप्रभु स्वयंले सम्पन्न गर्नुभयो | उहाँले उक्त शरीर समुद्र किनारमा आनुभायो र समाधिस्थलमा उहाँले.....

हयग्रीव: उहाँले सम्पन्न गर्नुभयो......

प्रभुपाद: हो | अन्त्येष्टि |

हयग्रीव: किर्तनसँग |

प्रभुपाद: किर्तनसँग | किर्तन सधैं हुन्छ | र उहाँलाई समाधिस्थलमा राखेपछि त्यहाँ प्रसादम् वितरण र किर्तन थियो | हरिदास ठाकुर | यहाँ तिमीले हरिदाससँगको केहि भावुक वार्तालाप देखाउनुपर्छ |

हयग्रीव: ठिक छ | के अरु कुनै..... हरिदासको बारेमा अरु कुनै जानकारी छ ?

प्रभुपाद: हरिदास ठाकुरको जीवन इतिहास हेर्दा उहाँ मुस्लिम परिवारमा जन्मनुभएको थियो | कुनै तरिकाले उहाँ भक्त बन्नुभयो र ३,००,००० पटक हरे र चैतन्य महाप्रभुले उहाँलाई आचार्य, जपको अधिकारी बनाउनुभयो | तसर्थ हामी उहाँको महिमागान गर्छौं,"नामाचार्य हरिदास ठाकुरको जय |" किनकि उहाँलाई हरे कृष्ण जपको आचार्य बनाइएको थियो | जब चैतन्य महाप्रभुले सन्यास ग्रहण गर्नुभयो, हरिदास ठाकुरले इच्छा गर्नुभयो कि, "मेरोप्रिया प्रभु, हजुर नवद्विप छाड्दै हुनुहुन्छ, अब मेरो जीवनको के महत्व रहन्छ ? कि हजुर मलाई लानुहोस् वा मलाई मर्न दिनुहोस् |" चैतन्य महाप्रभुले भन्नुभयो,"हुँदैन | तिमी किन मर्नुपर्यो ? तिमी मसँग आऊ |" चैतन्य महाप्रभुले उहाँलाई जगन्नाथ पुरी लानुभयो | जगन्नाथ पुरीमा, उहाँले आफुलाई मुस्लिम परिवारमा जन्मिएको सम्झेर मन्दिर प्रवेश गर्नुभएन | त्यसैले चैतन्य महाप्रभुले उहाँलाई काशिनाथ मिश्रको घारमा बस्ने श्तान दिनुभयो | र त्यहाँ उहाँ जप्नुहुन्थ्यो र चैतन्य महाप्रभुले उहाँलाई प्रसादम् पठाउनुहुन्थ्यो | त्यस प्रकारले उहाँले आफ्नो दिन गुजार्नुहुन्थ्यो | र चैतन्य महाप्रभु उहाँ भेट्न दैनिक आउनुहुन्थ्यो र एक दिन उहाँले यसरी शरीर छाड्नुभयो |