NE/Prabhupada 0411 - तिनीहरुले एउटा सुन्दर ट्रक उत्पादन गरेका छन्-"गट, गट, गट, गट, गट, गट, गट"



Departure Lecture -- Mexico City, February 18, 1975


हामीले आफ्नो घर र पितालाई त्याग्यौं, हामी यस भौतिक जगतमा खस्यौं र हामीले धेरै पिडा पाउँदैछौं | (हृदयानन्दद्वारा स्पेनीस अनुवाद |) यो त्यस्तै परिस्थिति हो जसमा धनी मानिसको छोराले स्वतन्त्रताको लागि घर छाड्छ, र सारा संसारभरि घुम्छ, अनावश्यक समस्या ग्रहण गर्दै | (स्पेनीस) एउटा धनी मानिसको छोराले केहि गर्नुपर्दैन | उसको पिताको सम्पत्ति आरामदायी जीवनको लागि पर्याप्त हुन्छ | (स्पेनी) तर पनि, हामीसँग अहिले पशिमी राष्ट्रमा उदाहरण छ, धेरै धनी मानिसका छोराहरु हिप्पी बन्छन्, घर छाड्छन् र अनावश्यक समस्या लिन्छन् | (स्पेनी) हाम्रो स्थिति, हाम्रो आवश्यकता, यस भौतिक जगतमा अवस्थित हामी सब जीवहरु, ठिक त्यस्तै छन् | (स्पेनी) हामी इन्द्रियतृप्तिको लागि यस भौतिक जगतमा स्वेच्छाले आउँछौं | (स्पेनी) र इन्द्रियतृप्ति गर्दा हामीले आफ्ना परमपिता, भगवानलाई बिर्सिएका छौं | (स्पेनी) भौतिक प्रकृतिको कर्तव्य केवल हामीलाई पिडा दिनु हो | (स्पेनी) कृष्ण भुलिय जीव भोग वाञ्छा करे पाशते माया तारे जापटिया धरे, भनेको जब जीवले कृष्ण बिना जीवनको आनन्द लिन चाहन्छ, तत्काल ऊ मायाको बन्धनमा हुन्छ | (स्पेनी) हाम्रो स्थिति यस्तो छ | हामी मायाको नियन्त्रणमा छौं, र हामी यसबाट बाहिर निस्कन पनि सक्छौं, भगवद गीतामा भनिएको अनुसार (भ गी ७|१४), माम् एव य प्रपद्यन्ते मायाम् एतां तरन्ति: "जो ममा शरणागत हुन्छ, ऊ मायाको नियन्त्रणबाट निस्कन्छ |" (स्पेनी) तसर्थ हामी संसारभरि कृष्ण भावना वा भागवत भावना प्रचार गर्दैछौं, र उनीहरुलाई कसरी कृष्णमा शरणागत हुने सिकाउँदैछौं, र मायाको बन्धनबाट निस्कदैछौं | (स्पेनी) हामीहरु अरु कुनै इच्छा वा लक्ष्य छैन | (स्पेनी) हामीले सिधै भन्छौं,"यहाँ भगवान हुनुहुन्छ | तपाई उहाँमा शरणागत हुनुहुन्छ | तपाई सधैं उहाँको बारेमा सोच्नुहोस्, आफ्नो प्रणाम गर्नुहोस् | तब तपाईको जीवन सफल हुनेछ |" (स्पेनी) तर साधारण मानिसहरु पागल छन् | (स्पेनी) केवल इन्द्रियतृप्तिको लागि, तिनीहरु दिन-रात मेहेनत गर्दैछन् | त्यसैले भक्तहरु तिनीहरुको दुर्दशा देखेर धेरै दु:खी छन् | (स्पेनी) प्रह्लाद महाराजले भन्नुभयो कि "म यी मानिसहरुको लागि धेरै दु:खी छु |" उनीहरु को हुन् ? ततो विमुख​-चेतस माया-सुखाय भरम् उद्वहतो विमूढान् (श्री भा ७|९|४३) | यी धुर्तहरु, विमूढान्, तिनीहरुले सुन्दर सभ्यता सिर्जना गरेका छन् | त्यो के हो ? विशेषगरी, जस्तै तपाईको देशमा बढार्नको लागि एउटा सुन्दर ट्रक | कार्य बढार्ने हो र त्यसको लागि तिनीहरुले एउटा सुन्दर ट्रक उत्पादन गरेका छन्: "गट, गट, गट, गट, गट, गट, गट |" (स्पेनी) हातले बढार्न सकिन्छ | धेरै मानिसहरु छन् | तर तिनीहरु सडकमा हल्लिंदैछन् र बढार्न एउटा ठुलो ट्रक चाहिन्छ | (स्पेनी) यसले ठुलो आवाज निकाल्छ र यो धेरै खतरनाक पनि छ, तर तिनीहरु सोच्दैछन्,"यो सभ्यताको विकास हो |" (स्पेनी) तसर्थ प्रह्लाद महाराजले भन्नुभयो, माया-सुखाया | केवल बढार्नबाट राहत पाउन- अरु कुनै राहत छैन, तिनीहरुसँग अरु समस्या छन्- तर तिनीहरुले सोच्दैछन्,"अब हामीले बढार्नु पर्दैन | यो ठुलो राहत हो |" (स्पेनी) त्यसैगरी, दाह्री काट्न एउटा सरल पत्ती प्रयोग गर्न सकिन्छ र तिनीहरुसँग यति धेरै यन्त्र छन् | (स्पेनी) र ती यन्त्र उत्पादन गर्न, धेरै उद्योगहरु | (स्पेनी) यस प्रकारले, यदि हामी अध्ययन गर्छौं, हरेक समानमा, यस प्रकारको सभ्यतालाई आसुरी सभ्यता भनिन्छ | (स्पेनी) उग्र-कर्म | उग्र-कर्म भनेको भयानक गतिविधिहरु | (स्पेनी) भौतिक सुविधाप्रति कुनै आपत्ति छैन तर वास्तवमा हामीले हेर्नुपर्छ कि तिनीहरु सुविधा हुन् कि पिडा हुन् | (स्पेनी) तसर्थ हाम्रो मानव जीवन आफ्नो कृष्ण भावनाको विकास गर्न समय जोगाउनको लागि हो | (स्पेनी) यो अनावश्यक ढंगले नाश गर्नको लागि होइन | (स्पेनी) किनकि हामीलाई थाहा छैन कि मृत्यु कहिले आउँदैछ | (स्पेनी) र यदि हामीले आफुलाई अर्को जीवनको लागि तयार गर्दैनौं तब कुनै क्षण हामी मर्न सक्छौं, र हामीले भौतिक प्रकृतिले दिएको एउटा शरीर स्विकार्नुपर्छ | (स्पेनी) तसर्थ म चाहन्छु कि जो यस कृष्ण भावनामृत अभियानमा संग्लग्न हुन आउनुभएको छ, धेरै सावधानीपूर्वक बाँच्नुहोस् ताकी मायाले तपाईलाई कृष्णको हातबाट नखोसुन् | (स्पेनी) हामीले केवल नियम पालन गरेर आफुलाई धेरै धीर राख्नुपर्छ, र कम्तिमा सोह्र माला जप्नुपर्छ | तब हामी सुरक्षित हुन्छौं | (स्पेनी) तपाईसँग जीवनको पूर्णताको बारेमा जानकारी छ | यसको दुरुपयोग नगर्नुहोस् | यसलाई धेरै स्थिर राख्ने प्रयास गर्नुहोस् र तपाईको जीवन सफल हुनेछ | (स्पेनी) यो अभियानले आरामदायी जीवनको लागि केहि रोक लगाउँदैन तर यसले नियमित बनाउँछ | (स्पेनी) त्यसैले यदि हामीले नियम पालन गर्छौं र सोह्र माला जप्छौँ, त्यो हाम्रो सुरक्षित अवस्था हुनेछ | (स्पेनी) मलाई लाग्छ तपाईले पालन गर्नुहुनेछ | त्यो मेरो इच्छा हो | धेरै, धेरै धन्यवाद | (स्पेनी)

भक्तहरु: जय ! जय !