NE/Prabhupada 0432 - जबसम्म तपाई अध्ययन गर्नुहुन्छ, सूर्यले तपाईको जीवन लिन सक्दैनन्



Lecture on SB 2.3.17 -- Los Angeles, June 12, 1972


पावक | दहति पावक: (भ गी २|२३) | आधुनिक वैज्ञानिकहरुले भन्छन् कि सुर्य-ग्रहमा कुनै जीवन छैन | तर त्यो सत्य होइन | सुर्य ग्रह के हो ? यो प्रज्वलित ग्रह हो, त्यति हो | तर आत्मा आगोमा बस्न सक्छ र उसले प्रज्वैत शरीर प्राप्त गर्छ | जस्तै यहाँ, यस ग्रहमा, पृथ्वीमा, हामीसँग यो पार्थिव शरीर छ | यो धेरै सुन्दर हुन सक्छ, तर यो पृथ्वी हो | केवल प्रकृतिको हेरफेर | जसरी हामी आउँदैछौं.... करन्धरले मलाई देखाए | प्लास्टिक, केहि रुखहरु | तिनीहरुले ठ्याक्क रुख जस्तै देखिने प्लास्टिक रुख बनाएका छन् | तर यो रुख होइन | त्यसैगरी, यो शरीर पनि प्लास्टिक शरीर बराबर छ | यसको कुनै मुल्य छैन | त्यक्त्वा देहम् | जब कृष्णले भन्नुहुन्छ कि यो शरीर त्यागे पछी...... तर यो शरीर प्लास्टिकको हो | जसरी तपाईसँग सुतिको वा प्लास्टिकको सर्ट छ | तपाईले त्याग्न सक्नुहुन्छ | यसको मतलब यो होइन कि तपाई मार्नुहुन्छ | त्यो पनि भगवद गीतामा वर्णित छ: वासांसि जीर्णानि यथा विहाय (भ गी २|२२) | जसरी कसैले नयाँ वस्त्रको लागि पुरानो त्याग्छ, त्यसैगरी, मृत्यु भनेको यो प्लास्टिक शरीर त्याग्नु र अर्को प्लास्टिक शरीर स्विकार्नु | त्यो मृत्यु हो | र फेरी, त्यो शारीरिक शरीर अन्तर्गत तपाईले कार्य गर्नुपर्छ | यदि तपाईले राम्रो शरीर प्राप्त गर्नुहुन्छ, तपाईले राम्ररी कार्य गर्न सक्नुहुन्छ | यदि तपाईले कुकुरको शरीर प्राप्त गर्नुहुन्छ, तपाईले कुकुर जसरी कार्य गर्नुहुन्छ | शरीर अनुसार | त्यसैले त्यक्त्वा देहम् | कृष्ण भन्नुहुन्छ कि "जले मलाई वास्तवमा बुझ्छ......." तपाईले कसरी बुझ्नुहुनेछ ? यदि तपाई केवल उहाँको बारेमा सुन्नुहुन्छ, तपाईले बुझ्नुहुनेछ | तब तपाईले बुझ्नुहुनेछ | श्रवण त्यति कठिन कार्य होइन | तर तपाईले आत्मानुभूति गरेका आत्माबाट सुन्नुपर्छ | त्यो..... सतां प्रसङ्गान् मम वीर्य​-संविदः | यदि तपाईले व्यवसायिक मानिसबाट सुन्नुहुन्छ, त्यो प्रभावशाली हुनेछैन | साधु, भक्तको मुखारविन्दबाट श्रवण गर्नुपर्छ | जस्तै शुकदेव गोस्वामीले महाराज परिक्षितलाई भन्दै हुनुहुन्थ्यो | वा तपाईले आफैं सुन्नुहोस, तपाई पुस्तक पढ्नुहोस्, तपाईले आफ्नो जीवन बचाउनुहुनेछ | यदि तपाईले केवल कृष्ण पुस्तक वा भगवद गीता वा चैतन्य महाप्रभुको दिव्योपदेश पढ्नुहुन्छ, तब तपाईलाई थाहा हुन्छ....... जबसम्म तपाई पढ्नुहुन्छ, सुर्यले तपाईको जीवन लिन सक्दैन | सुर्यले तपाईको जीवन लिन सम्भव छैन | त्यसैले तपाईले निरन्तर पढ्नुभयो भने सुर्यले तपाईको जीवन लिने अवसर कहाँ हुन्छ ? त्यो भनेको तपाई अमर बन्दै हुनुहुन्छ | मानिसहरु अमर बन्न धेरै व्याकुल छन् | कोहि मर्न चाहँदैन | सबैलाई थाहा छ कि "म मर्नेछु |" तर यदि त्यहाँ तत्काल केहि खतरा, आगो हुन्छ, तत्काल तपाई यो कोठाबाट बाहिर भाग्नुहुन्छ | किन ? म मर्न चाहन्नँ | मलाई थाहा भए तापनि म मर्नुपर्छ | तर पनि, किन म टाढा भाग्छु ? मलाई थाहा छ..... "ओहो, आगो लागोस् | म आज वा भोलि मर्नुपर्छ | म मर्नुपर्यो |" होइन | म मर्ने इच्छा गर्दिनँ | तसर्थ म टाढा जान्छु | यो मनोविज्ञान छ | सबजना सधैं बाँच्न चाहन्छन् | यो तथ्य हो | यदि तपाई सधैं बाँच्न चाहनुहुन्छ, तब तपाईले कृष्ण भावना लिनुपर्छ | कृष्ण भावनामृत अभियान यति महत्वपूर्ण र राम्रो छ | सबजना बाँच्न चाहन्छन् | वास्तवमा, यदि तपाई बाँच्न चाहनुहुन्छ, तब तपाईले कृष्ण भावना लिनुहोस् | यो श्लोकले पुष्टि गर्छ | आयुर् हरति वै पुंसाम् उद्यन्न् अस्तं च यन्न् असौ | सुर्य बिहान सबेरै उदाउँछ | जसरी यो उदाउँदैछ, क्रमिक रुपमा यसले तपाईको जीवन लिंदैछ | त्यति हो | त्यो कार्य हो | तर यदि तपाईले सुर्यलाई हराउन चाहनुहुन्छ...... सुर्य धेरै शक्रिशाली छन् | युद्ध गर्न धेरै कठिन छ | तर तपाई सुर्यसँग युद्ध गर्न सक्नुहुन्छ | कसरी ? केवल कृष्ण-कथा पढेर, कृष्णको वाणी पढेर | उत्तम-श्लोक​-वार्तया | वार्तया | उत्तम-श्लोक​, कृष्ण | यो सरल विधि हो | तपाईले नचाहिने कुरा बोलेर आफ्नो समय नाश नगर्नुहोस् | तसर्थ रुप गोस्वामीले सल्लाह दिनुभएको छ, अत्याहारः प्रयासश् च प्रजल्पो नियमाग्रहः | प्रजल्पः | अत्याहारः प्रयासश् च प्रजल्पो नियमाग्रहः जन​-सङ्गश् च लौल्यं च षड्भिर् भक्तिर् विनश्यति (उपदेशामृत २) हाम्रो भक्तिमय जीवन समाप्त हुनसक्छ, भनेको विचलित हुनसक्छ....... जो भक्तिमय जीवन, कृष्ण भावनामा छन्, उनीहरु भाग्यमानी छन् | यो भाग्य छ कुराहरुले बिगार्न दक्छ | सावधान हुनुहोस् | त्यो के हो ? अत्याहार | अत्याहार भनेको आवश्यकताभन्दा धेरै खानु, वा आवश्यकताभन्दा धेरै संकलन गर्नु | आहार | आहार भनेको संकलन गर्नु | हामीले केहि पैसा संकलन गर्नुपर्छ तर हामीले आवश्यकताभन्दा बढी संकलन गर्नुहुँदैन | त्यो हामीले गर्नुहुँदैन | किनकि यदि मैले धेरै पैसा प्राप्त गर्छु, तब तत्काल मायाले...... "मेरो लागि खर्च किन नगर्ने ?" हो | त्यसैले धेरै संकलन नगर्नुहोस्...... जे तपाईलाई चाहिन्छ, तपाई संकलन गर्नुहोस् | त्यसैगरी, आहार भनेको खानु | आवश्यकताभन्दा धेरै नखानुहोस् | वास्तवमा, हामी खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने कार्यमा शुन्यको विन्दुमा आउनुपर्छ | र त्यो सम्भव छैन किनकि हामीसँग यो शरीर छ | तर न्युनतम |