NE/Prabhupada 0449 - भक्तिद्वारा भगवानलाई नियन्त्रण गर्न सकिन्छ । यो एकमात्र मार्ग हो



Lecture on SB 7.9.3 -- Mayapur, February 17, 1977


ब्रह्माजीलाई यो ब्रह्माण्डभित्रको पहिलो जीव मानिन्छ | लक्ष्मी भयभीत भइन्, ब्रह्माजी पनि धेरै भयभीत भए | तसर्थ ब्रह्माले प्रह्लाद महाराजलाई अनुरोध गरे कि "तिमी अघि जाऊ, मेरो प्रिय पुत्र र भगवानलाई शान्त पार | तिनीले गर्न सक्छौ, किनकि तिम्रो लागि भगवन यस भयानक रुपमा प्रकट हुनुभएको छ | तिम्रो पिताले तिमीलाई दु:ख दिएर उहाँलाई धेरै प्रकारमा निन्दा गर्यो, तिमीलाई सजाय दिएर तिमीलाई कठिनाईमा राख्यो | तसर्थ उहाँ धेरै क्रोधित रुपमा प्रकट हुनुभएको छ | त्यसैले तिमीले उहाँलाई शान्त पार्न सक्छौ | हामीले सक्दैनौं | यो सम्भव छैन |" प्रह्लाद प्रेषयाम् आस ब्रह्म अवस्थित अन्तिके | प्रह्लाद महाराज, धेरै उच्च भक्त भएका कारण, उनले भगवानलाई शान्त पार्न सके | भक्त्या, भक्तिबाट, तपाईले भगवानलाई नियन्त्रण गर्न सक्नुहुन्छ | त्यो एकमात्र उपाय हो | भक्त्या मां अभिजानाति (भ गी १८|५५) | भक्तिद्वारा बुझ्न सकिन्छ र भक्तिद्वारा तपाईले भगवानलाई नियन्त्रण गर्न सक्नुहुन्छ | वेदेषु दुर्लभम् अदुर्लभ आत्मा-भक्तौ | तपाईले भगवानलाई वेद अध्ययन गरेर बुझ्न सक्नुहुँदैन | वेदेषु दुर्लभम् अदुर्लभ आत्मा-भक्तौ | तर आफ्नो भक्तको लागि, उहाँ धेरै, धेरै सजिलोसँग उपलब्ध हुनुहुन्छ | तसर्थ भक्ति एकमात्र श्रोत हो | भक्त्याम् एकया ग्राह्यम् | केवल भक्तिद्वारा तपाई भगवानसँग मित्र जस्तै समान स्तरमा रहेर बोल्न सक्नुहुन्छ, भगवान समक्ष जान सक्नुहुन्छ | ग्वाल्बाल, उनीहरुले कृष्णलाई उनी स्तरमा व्यवहार गर्थे: "कृष्ण हामीजस्तै हुनुहुन्छ |" तर उनीहरुले कृष्णलाई धेरै, धेरै गहिरो रुपमा प्रेम गर्थे | त्यो उनीहरुको योग्यता हो | तसर्थ कृष्णले कहिलेकाही ग्वालबाललाई आफ्नो काँधमा बोक्नुहुन्थ्यो | त्यसैले यो...... कृष्ण चाहनुहुन्छ कि "मेरो भक्त बन र मलाई नियन्त्रण गर | सबजनाले मान-सम्मानसहित मेरो आराधना गर्छन् | म चाहन्छु कि कोहि अघि आओस् र मलाई नियन्त्रण गरोस् |" त्यो उहाँ चाहनुहुन्छ | तसर्थ उहाँले आफुलाई नियन्त्रण गर्न माता यशोदालाई स्वीकार्नुभयो | कसरी भगवान नियन्त्रित हुन सक्नुहुन्छ ? ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | उहाँ परम नियन्त्रक हुनुहुन्छ | उहाँलाई कसले नियन्त्रण गर्नसक्छ ? यो सम्भव छैन | तर उहाँ आफ्ना शुद्ध भक्तद्वारा नियन्त्रित हुन सहमत हुनुहुन्छ | उहाँ सहमत हुनुहुन्छ,"हो, माता, हजुर मलाई नियन्त्रण गर्नुहोस् | हजुर मलाई बाँध्नुहोस् | हजुरले मलाई आफ्नो लठ्ठी देखाउनुहोस् ताकी म भयभीत हुनु परोस् |" सबै कुरा त्यहाँ छ | यो नसोच्नुहोस् कि भगवान शुन्य हुनुहुन्छ, होइन, शून्यवादि | उहाँ सबै कुरा हुनुहुन्छ | जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | अथातो ब्रह्म जिज्ञासा | तपाई ब्रह्मको बारेमा सोध्दै हुनुहुन्छ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | त्यसैले क्रोध हुनुपर्छ, यो होइन कि भगवान सधैं शान्त हुनुपर्छ | तर भिन्नता यो छ कि उहाँको क्रोध र उहाँको शान्त व्यवहारले उही नतिजा उत्पन्न गर्छ | प्रह्लाद महाराज, एक भक्त..... उहाँ प्रह्लाद महाराजसँग धेरै सन्तुष्ट हुनुहुन्छ, र उहाँ आफ्ना पितासँग धेरै असन्तुष्ट हुनुहुन्छ, तर नतिजा उही छ: दुवैजनाले मुक्ति प्राप्त गरे | भक्त पार्षद बने पनि, भगवानद्वारा मारिएका राक्षसहरु पार्षद बन्दैनन्- ऊ योग्य हुँदैन- तर औउ अध्यात्मिक राज्यमा प्रवेश गर्छ | उसले यो भौतिक बाँधबाट मुक्ति प्राप्त गर्छ | त्यसैले किन भक्तले त्यस्तै स्थान स्वीकार्ने ? तसर्थ मां एति | ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५) | तिनीहरु विशते, अध्यात्मिक राज्यमा प्रवेश गर्छन् | सबजना जो मुक्त छन्, ऊ प्रवेश गर्छ | ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति समः सर्वेषु भूतेषु मद्-भक्तिं लभते... (भ गी १८|५४) तर जो भक्त छन्, उनीहरुलाई अध्यात्मिक जगतमा प्रवेश गर्न अनुमति दिइन्छ, वैकुण्ठ लोक वा गोलोक वृन्दावनमा | यस प्रकारले उसले आफ्नो वास्तविक स्थान प्राप्त गर्छ | तर यदि हामीले भक्ति ग्रहण गर्दैनौं, तब हमी ब्रह्मज्योतिमा प्रवेश गर्न सक्छौं, तर फेरी पतन हुने सम्भावना छ | आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधो ऽनादृत​-युस्मद्-अङ्घ्रयः (श्री भा १०|२|३२) | त्यसैले जो निरकरवादी छन्, तिनीहरु अध्यात्मिक राज्यमा प्रवेश गर्न सक्छन् | यसलाई भनिन्छ परं पदं | पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८) | तर त्यहाँ पनि पतनको सम्भावना छ | आरुह्य कृच्छ्रेण​ | कठिन तपस्या पछी एक मानिस ब्रह्मज्योतिमा प्रवेश गर्न सक्छ | तर जबसम्म ऊसँग परं पदंको जानकारी हुँदैन- समाश्रिता ये पद पल्लव प्लवम् - पतनको सम्भावना हुन्छ | भौतिक जगतमा भूत्वा भूत्वा प्रलीयते (भ गी ८|१९) छ | तर अद्यात्मिक जगतमा पनि, यदि तपाई अध्यात्मिक जगतमा प्रवेश गर्नुहुन्छ, त्यहाँबाट पनि, कहिलेकाही यस्तो हुन्छ | अवश्य पनि, त्यो भगवानको इच्छा हो | जस्तै जय-विजय | उनीहरु व्यक्तिगत पार्षद थिए | तर व्याख्या यो छ कि कृष्णले चाहनुहुन्थ्यो "उनीहरु जानुपर्छ....., हिरण्यकशिपु......, यी दुई, जय-विजय, उनीहरु भौतिक जगतमा जानुपर्छ र म उनीहरुसँग युद्ध गर्नुपर्छ |" किनकि त्यो युद्ध, क्रोधित हुन, त्यो झुकाव छ | उहाँले यो व्यवहार कहाँ देखाउने ? वैकुण्ठमा यो क्रोध र युद्ध प्रकट गर्ने कुनै सम्भावना छैन | त्यो सम्भव छैन | तसर्थ उहाँले आफ्ना भक्तलाई उकास्नुहुन्छ "भौतिक जगतमा जाऊ र मेरो शत्रु बन, र म युद्ध गर्नेछु | म क्रोधित हुनेछु," किनकि वैकुण्ठ, अध्यात्मिक राज्यमा कुनै सम्भावना छैन | सबजना सेवा गर्दैछन्; सबजना मित्र हुन्छन् | केहि सम्बन्ध........ युद्ध गर्ने प्रश्न कहाँ छैन ? तर युद्धको चाहना हुन्छ; त्यहाँ क्रोध हुन्छ | उहाँले कहाँ प्रकट गर्ने ? तसर्थ कृष्ण अवतार लिनुहुन्छ, उहाँ क्रोधित हुनुहुन्छ र एउटा भक्त शत्रु बन्छन्, र यो कृष्ण-लीला, नित्य-लीला हो | यो चल्दैछ |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय ! हरिबोल !