NE/Prabhupada 0463 - यदि मनलाई केवल कृष्णको बारेमा सोच्न तालिम दिन्छौं भने हामी सुरक्षित हुन्छौं



Lecture on SB 7.9.8 -- Mayapur, February 28, 1977


प्रद्युम्न: अनुवाद -"प्रह्लाद महाराजले प्रार्थना गरे: यो मेरो लागि कसरी सम्भव छ, जो असुरको परिवारमा जन्मिएको छु, सर्वोच्च पुरुषोत्तम भगवानलाई सन्तुष्ट पार्न उपयुक्त प्रार्थना गर्न सकूँ ? अहिलेसम्म पनि ब्रह्माजीद्वारा नेतृत्व गरिएका सबै देवताहरु, र सबै साधु व्यक्तिहरुले भगवानलाई सर्वश्रेष्ठ शब्दका धाराले सन्तुष्ट पार्न सकेनन्, ती व्यक्तिहरु साटो गुणमा अवस्थित भएर धेरै योग्य भए तापनि | तब मेरो के कुरा गर्ने ? म थोरै पनि योग्य छैन |"

प्रभुपाद: श्री प्रह्लाद उवाच ब्रह्मादयः सुर​-गणा मुनय ऽथ सिद्धाः सत्त्वैकतान​-गतायो वचसां प्रवाहै: नाराधितुं पुरु-गुण्ऐर् अधुनापि पिप्रुः किं तोष्टुम् अर्हति स मे हरिर् उग्र​-जातेः (श्री भा ७|९|८) उग्र-जाते: भनेको आसुरी परिवार, आवेशपूर्ण | उग्र | यो भौतिक जगतमा तीन गुण छन् | तसर्थ यसलाई गुण-मयी भनिएको छ | दैवी ह्य् एषा गुण​-मयी (भ गी ७|१४) | गुण-मयी भनेको तीन गुणहरु, भौतिक प्रकृतिका तीन गुण: सत्त्व​-गुण​, रजो-गुण र तमो-गुण​ | हाम्रो मन अस्थिर छ | सबजनालाई मनको प्रकृति थाहा छ, कहिलेकाही एउटा कुरा स्वीकार्ने, फेरी त्यसलाई अस्विकार गर्ने | सङ्कल्प-विकल्प | यो मनको गुण हो, वा मनको प्रकृति | कहिलेकाही मन सत्त्व गुणमा जान्छ, कहिलेकाही रजो-गुणमा, कहिलेकाही तमो-गुणमा | यस प्रकारले हामीले विभिन्न प्रकारका मानसिकता प्राप्त गर्दैछौं | यस प्रकारले मृत्युको समयमा जुन मानसिकता यो शरीर छाड्ने बेलामा छ, त्यसले मलाई भिन्न शरीरमा लानेछ, सत्त्व गुणको, रजो गुणको वा तमो गुणको | यो आत्माको स्थानान्तरणको प्रक्रिया हो | तसर्थ हामीले अर्को शरीर प्राप्त नगरेसम्म आफ्नो मनलाई तालिम दिनुपर्छ | त्यो जीवनको कला हो | यदि तपाईले केवल कृष्णको बारेमा सोच्न आफ्नो मनलाई तालिम दिनुहुन्छ, तब तपाई सुरक्षित हुनुहुन्छ | अन्यथा दुर्घटनाको सम्भावना छ | यं यं वापि स्मरन् भावं त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) | यो शरीर छाड्ने समयमा यदि हामीले आफ्नो मनलाई तालिम दिएका हुँदैनौं, कृष्णको चरणकमलमा मन एकाग्र पार्न, तब....... (विराम) हामीले विशेष प्रकारको शरीर प्राप्त गर्छौं | प्रह्लाद महाराज मानसिक कल्पनाको यो स्तरमा पर्नुहुन्न तर पनि....... उनी नित्य सिद्ध हुन् | उनको कुनै मौका छैन किनकि उनी निरन्तर कृष्णको बारेमा सोचछन् | (ठुलो बिजुलीको आवाज) (सँगै: ) त्यो के हो ? स वै मन:.......(फेरी आवाज) स वै मनः कृष्ण​-पदारविन्दयोर् (श्री भा ९|४|१८) | तो सरल कुरा अभ्यास गर्नुहोस् | कृष्ण यहाँ हुनुहुन्छ | हामीले दैनिक अर्च-विग्रहलाई देख्छौं, र कृष्णको चरणकमल देख्छौं | आफ्नोमन त्यस प्रकार एकाग्र पार्नुहोस्, तब तपाई सुरक्षित हुनुहुन्छ | धेरै सजिलो कुरा | अम्बरीष​ महाराज, उनी पनि एक महान भक्त थिए | उनी राजा थिए, धेरै जिम्मेवार व्यक्ति, राजनीति | तर उनले यस्तो प्रकारले अभ्यास गरे कि उनले कृष्णको चरणकमलमा आफ्नो मन एकाग्र गरे | स वै मनः कृष्ण​-पदारविन्दयोर् वचांसि वैकुण्ठ​-गुणानुवर्णने | यो अभ्यास | बेकार कुरा गर्नुहोस् | (फेरी आवाज) (सँगै: ) के समस्या छ ? बाहिर निकाल |