NE/Prabhupada 0488 - युद्ध कहाँ छ? यदि तिमी भगवानलै प्रेम गर्छौ भने तिमीले सबैलाई प्रेम गर्छौ । यो चिह्न हो



Lecture -- Seattle, October 18, 1968


प्रभुपाद: भन |

उपेन्द्र: प्रभुपाद, कहिलेकाही भिन्नता हुन सक्छ, ख्रिस्ट र मुसलमानको भागवत प्रेमको बिचमा, मुसलमान र बौद्ध धर्मावलम्बी, बौद्ध धर्मावलम्बी र हिन्दु | तिनीहरु भागवत प्रेम के हो भनेर झगडा गर्न सक्छन् |

प्रभुपाद: झगडा भनेको जो भागवत प्रेममा छैनन्, तिनीहरु झगडा गर्छन् | किनकि तिनीहरु बिरालो र कुकुर हुन् | तिमीले कुकुर र बिरालो बीच शान्त स्थिति आशा गर्न सक्दैनौ | तिनीहरु झगडा गर्नेछन् | त्यसैले तिनीहरु जे हुन्, जबसम्म तिनीहरु झगडा गर्छन्, त्यो भनेको तिनीहरु पूर्णताको स्तरमा छैनन् | झगडा कहाँ छ ? यदि तिमी भगवानलाई प्रेम गर्छौ, तब तिमीले सबैलाई प्रेम गर्छौ | त्यो संकेत हो | समः सर्वेषु भूतेषु मद्-भक्तिं लभते पराम् (भ गी १८|५४) | समानताको स्तर प्राप्त गरेपछी, तब तिमीले भगवानलाई प्रेम गर्ने स्तरमा प्रवेश गर्न सक्छौ | त्योभन्दा अगाडी, तिमी सफल हुनुपर्छ | जस्तै न्यायको कलेजमा प्रवेश गर्नु अगाडी तिमीले स्नातक तहमा सफल हुनुपर्छ, त्यसैगरी, भक्तिमय सेवाको स्तरमा प्रवेश गर्नु अगाडी, तिमीले अनुभव गर्नुपर्छ कि सबै जीवहरु उही स्तरमा छन् | त्यो अनुभूति हो | तिमीले कुनै भेद गर्न सक्दैनौ कि "यो निच हुन्छ", "यो उच्च हुन्छ" | होइन | पण्डिताः सम​-दर्शिनः (भ गी ५|१८) | जब एउटा व्यक्ति पूर्णत: शिक्षित हुन्छ, उसले कुनै भेद गर्दैन कि "ऊ मानव हो, ऊ गाई हो, ऊ कुकुर हो |" उसले देख्छ कि ऊ भिन्न वस्त्रमा ढाकिएको आत्मा हो | त्यति हो | त्यो उसको दृष्टि हो, सर्भौमिक रुपमा समानताको दृष्टि | तिमीले भन्न सक्दैनौ कि कुकुरको कुनै जीवन हुँदैन, गाईको कुनै जीवन हुँदैन | तिमीले कसरी भन्न सक्छौ कि त्यहाँ कुनै जीवन हुँदैन | त्यो तिम्रो ज्ञानको कमि हो | जीवनको लक्षण के हो ? तिमीले मानवमा जस्तो जीवनको लक्षण देख्छौ, कमिलामा पनि देख्छौ | तिमीले कसरी भन्न सक्छौ कि सङ जीवहरुमा, तल्ला पशुहरुमा जीवन हुँदैन ? त्यो तिम्रो ज्ञानको कमी हो | रुख, विरुवाहरुमा पनि जीवन हुन्छ | त्यसैले पूर्ण ज्ञान जरुरि छ | त्यसैले पूर्ण ज्ञानमा आधारित भागवत प्रेम वास्तविक भागवत प्रेम हो | अन्यथा यो पागलपन हो | पागलहरु झगडा गर्न सक्छन् | त्यो भागवत प्रेम होइन | अवश्य पनि, त्यो स्तरमा पुग्न धेरै कठिन छ, तर एक मानिसले प्रयास गर्नुपर्छ | त्यो कृष्ण भावना हो | हामी सबै विद्यार्थी हौँ | हामी प्रयास गर्दैछौं | तर त्यहाँ स्तर पनि छन् | जस्तै एउटा शैक्षी संस्थामा दश कक्ष, आठ कक्ष, पाँच कक्ष, छ कक्ष हुन्छ | र योगद्वारा, यो एउटा सिंढी वा एउटा लिफ्टजस्तै हो | पूर्णताका विभिन्न स्तरहरु छन् | सर्वोच्च पूर्णता भनेको जसले सधैं कृष्णको बारेमा सोच्दैछ | त्यो भनेको.... योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना श्रद्धावान् भजते... (भ गी ६|४७) | सर्वोच्च पूर्णता कृष्ण हुनुहुन्छ, सधैं कृष्ण र राधारानीको बारेमा सोच्ने | त्यो पूर्णताको सर्वोच्च स्तर हो | राधारानीको अरु कुनै कार्य छैन: केवल कृष्णको बारेमा सोच्नेमात्र छ |