NE/Prabhupada 0499 - वैष्णव धेर दयालु एवं कृपालु हुन्छन् किनकि उनले अरुको बारेमा सोच्छन्



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


ब्रह्म-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भ गी १८|५४) | त्यस समयमा तपाईले अनुभव गर्नुहुन्छ कि हरेक जीव ठिक तपाईजस्तै हो | यसको मतलब हुँदैन कि ऊ ब्राह्मण होस्, ऊ कुकुर होस्, ऊ चण्डाल होस् वा ऊ हात्ती होस् | विद्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्व​-पाके च पण्डिताः सम​-दर्शिनः (भ गी ५|१८) यो चाहिएको छ | यो अध्यात्मिक दृष्टि हो | पण्डिताः सम​-दर्शिनः | तसर्थ भक्त प्रथम श्रेणीका पण्डित हुन् | एक भक्त | किने उनी सम-दर्शिनः | सम-दर्शिनः भनेको उसले अरुको बारेमा सोच्छ | एउटा वैष्णव...... पर-दुःख​-दुःखी, कृपाम्बुधिर् यः | वैष्णव धेरै दयालु, कृपालु हुन्छन् किनकि उनले अरुको बारेमा सोच्छन् | उनले अरुको बारेमा यो हिसाबले सोच्छन् कि उनलाई अरुको वास्तविक परिचय थाहा हुन्छ | उनले सबै जीवलाई भगवानको अंशको रुपमा देख्छ "यहाँ भगवानको अंश छ | ऊ घर फर्कन सक्थ्यो, भगवद धाम फर्कन सक्थ्यो, र उहाँसँग नाच्दै धेरै राम्ररी, शाश्वत रुपमा, आनन्दित भएर बस्न सक्थ्यो | अहिले ऊ यहाँ सुँगुर वा मानव वा राजाको रुपमा कुहिंदैछ | उही कुरा | यो केहि वर्षको लागिमात्र हो |" त्यसैले एक भक्तले उसलाई भ्रमबाट बाहिर निकाल्ने प्रयास गर्छन् | तसर्थ उनलाई पर-दुःख​-दुःखी भनिन्छ | उनले वास्तवमा अरुको पीडादायी स्थितिको अनुभव गर्छन् | यी राजनैतिक वा सामाजिक नेता होइनन्....... तिनीहरुले के गर्न सक्छन् ? तिनीहरुले आफ्नो भविष्य आफैंले बनाउँछन् | त्यति हो | वा उसको भाग्य के हो ? त्यो पनि दुर्भाग्य हो | यदि कसैले सोच्छ कि "मसँग केहि पैसा छ | म धेरै भाग्यमानी |" ऊ वास्तवमा भाग्यमानी होइन | वास्तविक भाग्यमानी भनेको ऊ हो जो कृष्ण भावनामा विकसित छ | ऊ भाग्यमानी हो | अन्यथा, सबै अभागी हुन् | सब अभागी हुन् | यस प्रकारले, एक मानिस अध्यात्मिक बुझाईमा आउनुपर्छ र लक्षण भनेको ऊ भौतिक उतारचढावद्वारा विचलित हुँदैन | यं हि न व्यथयन्त्य् एते पुरुषं पुरुषर्षभ​, सम​-दुःख​-सुखम् | लक्षण भनेको सम​-दुःख​..... किनकि उसलाई थाहा हुन्छ यो सपना हो | मानौं तपाई सपना देख्दै हुनुहुन्छ | त्यसैले तपाई बाघको उपस्थितिमा पिडा पाउनुहोस् वा तपाई सपनामा राजा हुनुहोस्, के मूल्य रह्यो ? यो उही कुरा हो | त्यसमा कुनै भिन्नता छैन | यो आखिरमा सपना हो | तसर्थ सम​-सुख-दुःख​ | यदि म धेरै खुसी हुन्छु कि म राजा वा कुनै ठुलो मानिस बनेको छु, त्यो पनि सपना हो | र यदि मैले सोच्छु कि "म गरिब छु, ओहो, म पिडामा छु, म रोगि छु," त्यो पनि उही कुरा हो | तसर्थ कृष्णले अघिल्लो श्लोकमा भन्नुभयो: तांस् तितिक्षस्व भारत​ | "सहनशील हुने केवल थोरै अभ्यास | आफ्नो कार्य गर, कृष्ण भावना |" युध्यस्व माम् अनुस्मर (भ गी ८|७) | हाम्रो वास्तविक कार्य भनेको, कृष्णले भन्नुभएको अनुसार, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | "सधैं मेरो बारेमा सोच |" त्यसैले यो अभ्यास चल्नुपर्छ | कहिल्यै नसोच्नुहोस् कि म तथाकथित पिडित वा खुसी छु | यहाँ...... चैतन्य चरितामृतमा भनिएको छ, 'द्वैते' भद्राभद्र​-ज्ञान सब 'मनोधर्म​', 'एइ भाल एइ मन्द​ऽ एइ सब 'भ्रम​' | द्वैते, यो द्वैत स्थितिमा, द्वैतताको संसारमा, भौतिक जगतमा "यो कुरा धेरै राम्रो छ, यो कुरा धेरै नराम्रो छ," यो केवल मानसिक कल्पना हो | यहाँ सबै कुरा नाराम्रो छ | केहि राम्रो छैन | त्यसैले यो हाम्रो मानसिक कल्पनामात्र हो | "यो राम्रो छ, यो नराम्रो छ |" हामी त्यो गर्दैछौं | जस्तै राजनैतिक क्षेत्रमा | "यो दल राम्रो छ | यो दल नराम्रो छ |" तर कुनै दल सत्तामा गए पनि, तपाईको स्थिति उही हुन्छ | घरायसी वस्तुको मूल्य बढ्दैछ | यो घट्दैन, तपाई यो दल परिवर्तन गर्नुहोस् वा त्यो दल | त्यसैले यी सब कल्पना हुन् |