NE/Prabhupada 0520 - हामी जप्दैछौं, हामी सुन्दैछौं, हामी नाच्दैछौं, हामी आनद लिंदैछौं । किन ?



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


यो पनि कृष्णको धाम हो किनकी सबै भगवान कृष्णको सवामित्मा छ कोहि मालिक छैन । यो दाबी की यो जमीन अमेरिका हाम्रो संयुतm राज्यको स्वामित्वमा छ, यो झुटो दाबी हो । यो तपार्यको स्वामित्वमा छैन, अरु कसैको पनि । जस्तै केहि बर्ष अधि , चर सय वर्ष अघि यो इनिडयन रेड इन्डियनको स्वामित्वमा थियो, र कुनै तरिकाले तपाइले अहिले ओगट्नुभएकोको छ । कसैले भन्न सक्छ कि अरु यहाँ आएर ओगट्ने छैनन् ? त्यसैले यो सब झठो दाबी हो । वास्तवमा सबे कृष्णको स्वामीत्वमा छ । कृष्ण ले भन्नुहुन्छ सर्व लोक महेश्वरम् (भगी ५.२९) म सबै ग्रहको परम मालिक नियन्त्रक हुँ । त्यसैले सबै उहाँको स्वामितमा छ । तर कुष्णले भन्नुहुन्छ सबै उहाँको स्वामित्वमा छ । त्यसैले सबै उहाँको धाम, उहाँको ठाउँ, उहाँको लोक हो । तब किन हामीले यहाँ परिवर्तन गर्ने ? तर उहाँले भन्नुहुन्छ यद् गत्वा न निवर्तन्ते तद् धाम परमं (भ गी १५.६) परमं भनेको परम । यो धाममा पनि, ती कृष्णका धाम, कुष्णका ग्रह, तर यहाँ यो परम होइन । यहाँ समस्या छन् । जस्तै यो जन्म, मृत्यु बुढ्रयौलि र रोग । तर यदि तपाई कृष्णको व्यतिगत धाम, गोलोक वृन्दावन चिन्तामणि धाम फर्कनुहुन्छ, (भगी ५.२९) तब तपाईले शाश्वत जीवन, आनन्दमय जीवन, ज्ञानले पुर्ण जीवन पाउनुहुन्छ । र यो कसरी प्राप्त गर्न सकिन्छ? यहाँ यो शुरुवात.... कृष्ण भन्नुहुन्छ कि मयी आसत मन्ना: केवल तपार्य कुष्णको लागि आफ्नो आशक्ति बढाउनुहोस् | केवल यो विधि । यी सबै हामी जपीरहेका छौँ हामी सुनीरहेका छौँ, हामी नाचीरहेका छौा, हामी रमाइरहेका छौा । किन? केवलहाम्रो जीवनलाई नचाहिने कुराबाट अनाशाकता गर्न र कुष्णमा अशक्त गर्न | यो विधि हो । यो हो कृष्ण भावना । तपाईले आफ्नो मन केहि कुरामा अशक्त गराउन पर्छ । तर यदि तपाइले आफ्नो मन केहि नचाहिने कुरामा अशक्त गराउनुभयो, तर त्यहि कुरा जन्म मृत्यु जरा व्याधि (भगी १३.९), जन्म, मृत्यु, बुढ्यौली, रोग । तपाईले पिडा भोग्नुपर्छ । तपाईले पिडा भोग्नुपर्छ । तपाईको विज्ञान, तपाईको भौतिक विज्ञान, अथवा केही...... कसैले पनि यी पिडाको समाधान गर्न सकदैन । तर यदि तपाई सहि समाधान, स्थायी समाधाान, स्थायी जीवन चाहनुुहुन्छ, तव तपाई कृष्णमा अशक्त हुनुहोस् । सरल विधि । मयी अशक्त मना पार्थ योगं युम्जन् । यो योगको पूर्ण रुप हो । अरु सबै योग तिनीहरुले तपाईलाई यस कृष्ण भावनाको स्तरमा आउन मदत गर्न सकछन् । तर यदि तपाई यस कुष्ण भावनाको स्तरमा आउन असफल हुनुभयो भने, तब ती सबै दुख प्रयोग हिन मेहनत हुनेछ । त्यो सम्भव छैन । यदि तपाई योगको सुस्त विधि अपनाउनुहुन्छ भने यस युगमा सम्भव छेन । यो युगमा मात्र होइन, पाँच हजार वर्ष अधि पनि । त्यो सम्भव हुनेछैन । तपाइले आफ्नो कसरती कार्य गर्नुहोला तर यो कहिलयै सफल हुनेछैन । यो योग विधि जसरी कृष्णद्धारा अन्तिम अध्यायमा निश्चित गरियो............ यो सातौँ अध्याय हो छैठौ अध्यायमा पनि उहाँले यो कुरा भन्नुभएको छ, सक योगिनाम् अपि सर्वेसाम (भगी ६.४७) प्रथम श्रेणीको योगी उ हो जसको मन सधैँ म, कृष्ण्मा आशक्त छ । त्यसैले यो कृष्ण भावना हो।