NE/Prabhupada 0548 - यदि तपाई हरिको लागि सबै कुरा त्याग्ने स्थानसम्म आउनुभएको छ



Lecture -- New York, April 17, 1969


आराधितो यदि हरिस् तपसा ततः किम् (नारद पञ्चरात्र​) | हामी गोविन्दम् आदि-पुरुषंको आराधना गर्दै छौं, परम मूल भगवान जसलाई हरि भनेर चिनिन्छ | वैदिक साहित्यए भन्छ कि आराधितो यदि हरि: | यदि तपाई हरि, सर्वोच्च पुरुषोत्तम भगवानको आराधना गर्ने ठाउँसम्म आउनुभएको छ, तपसा ततः किम्, तब तपस्या, कठोरता, योग अभ्यास गर्ने कुनै जरुरत छैन, वा यो वा त्यो, धेरै याग्यहरी, कर्मकाण्ड.....सबै सकिन्छ | तपाईले यी कुराको लागि कष्ट लिनुपर्दैन यदि तपाई हरिको लागि सबै कुरा त्याग्ने स्थान सम्म आउनुभएको छ | आराधितो यदि हरिस् तपसा ततः किम्. र नाराधितो यदि हरिस् तपसा ततः किम् र तपाई तपस्या, कठोरता, त्याग, कर्मकाण्ड, सबै गर्दै हुनुहुन्छ, तर मलाई थाहा छैन कि हरि के हुनुहुन्छ: यो बेकार छ, सबै बेकार | नाराधितो यदि हरिः, नाराधितः | यदि तपाई हरिको आराधना गर्ने स्थानसम्म आउनुहुन्न, तब यी सबै कुराहरु बेकार छन् | तत: किम् | अन्तर्बहिर् यदि हरिस् तपसा ततः किम् | यदि तपाई हरिलाई सधैं आफु भित्र देख्नुहुन्छ र यदि तपाई हरिलाई सधै बाहिर देख्नुहुन्छ, भित्र र बाहिर...... तद् वन्तिके तद् दूरे तद्.....त्यो श्लोक के हो ? ईशोपनिषद् ? तद् अन्तरे......दूरे तद् अन्तिके सर्वस्य | हरि सबतिर अवस्थित हुनुहुन्छ, त्यसैले जसले हरिलाई देख्छ, अन्तिके, नजिक, र.... टाढा ठाउँ, भित्र, बाहिर, उसले हरिबाहेक केहि देख्दैन | यो कसरी सम्भव हुन्छ ? प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन (ब्र स ५|३८) | जब कोहि भागवत्-प्रेममा डुब्छ, उसले संसारमा हरि बाहेक केहि देख्दैन | त्यो उसको दृष्टि हुन्छ | त्यसैले अन्तर्बहिर् यदि हरि, भित्र र बाहिर, यदि तपाई सधैं हरि, कृष्ण देख्नुहुन्छ, तपसा तत: किम्, तब तपाइको तपस्या र कठोर प्रयासको के काम ? तपाई उच्च स्तरमा हुनुहुन्छ | त्यो चाहिएको छ | नन्त​-बहिर् यदि हरिस् तपसा ततः किम् | र यदि तपाई भित्र र बाहिर हरिलाई सधै देख्नुहुन्न, तब तपाईको तपस्याको के मूल्य ? तसर्थ बिहान हामी यस मन्त्र जप्छौँ, गोविन्दम् आदि-पुरुषम् तम् अहं भजामि | हाम्रो अरु कुनै कार्य छैन | केवल हामीले गोविन्द, सर्वोच्च पुरुषोत्तम भगवान, कृष्णलाई सन्तुष्ट पार्नुपर्छ | तब सबै पूर्ण हुन्छ | उहाँ पूर्ण हुनुहुन्छ र उहाँको आराधना पूर्ण छ, उहाँको भक्त पूर्ण हुनुहुन्छ | सबै पूर्ण छ |

धेरै धेरै धन्यवाद |