NE/Prabhupada 0552 - यो जन्म र मृत्युको पुनरावृत्ति कसरी रोक्ने - म विष पिउँदैछु



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: जानिया शुनिया बिष खाइनु | मलाई यो थाहा छ, म सुन्दै छु | अझ पनि.... जानिया शुनिया बिष.....जस्तै एक चोर | जानिया शुनिया, यी शब्दहरु धेरै महत्वपूर्ण छन् | जानिया भनेको जान्नु र शुनिया भनेको सुन्नु | त्यसैले स्वभावले चोर भएको मानिस, उसलाई थाहा छ कि "यदि म चोर्छु म जेलमा पर्छु |" र उसले शास्त्रहरू बाट सुनेको छ कि "नाचोर्नु | तब तिमी नर्कमा पर्छौ |" त्यसैले उसले शास्त्रमा पढेको छ र उसले व्यवहारिक रुपमा देखेको छ | उसले व्यवहारिक रुपमा अनुभव गरेको छ, तर अझ पनि, जब ऊ कैदी जीवनबाट मुक्त हुन्छ, उसले फेरी उही गल्ति गर्छ | जानिया शुनिया बिष खाइनु | हामीलाई थाहा छ, हामी शास्त्रबाट, अधिकारिबाट, वैदिक साहित्यबाट सुन्दै छौं, कि "मैले यो पीडादायी बद्ध शरीर पाएको छु, भौतिक शरीर, तिन भौतिक पिडा भोग्न; अझ पनि, म यो जन्म र मृत्युको पुनरावृत्ति कसरी रोक्नेमा धेरै चिन्तित छैन | म विष खाँदै छु |" जानिया शुनिया बिष खाइनु | हरि हरि विफले जनम गोङाइनु | यी भजनहरु धेरै शिक्षाप्रद छन् | केवल उद्देश्यपुर्वक हामी विष पिउंदै छौं | अघि बढ |

तमाल कृष्ण: "जो, तसर्थ, कृष्ण भावनामा छैन, ऊ जतिसुकै शक्तिशाली भए पनि कृत्रिम दबाबबाट इन्द्रियहरु नियन्त्रण गर्न, अन्तिममा अवश्य खस्छ, किनकि इन्द्रियातित आनन्दको थोरै विचारले पनि उसलाई आफ्नो इच्छा तृप्त गर्न अघि बढाउँछ |" ६३: "क्रोधबाट पूर्ण मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ | जब स्मरणशक्ति भ्रमित हुन्छ बुद्धि नाश हुन्छ, र जब बुद्धि नाश हुन्छ मानिस यो भौतिक कुवामा फेरी खस्छ |"

प्रभुपाद: हाम्रो स्थिति, हामी यो शरीरले बनेका छौं | शरीर भनेको इन्द्रिय र इन्द्रियको नियन्त्रक वा, के भनिन्छ, चालक, इन्द्रियका चालक, मन हो | र मन संचालित हुन्छ, मनोविज्ञान, त्यो बुद्धि अन्तर्गत संचालित छ | र बुद्धिभन्दा माथि, म बस्दै छु | म आत्मा हुँ | त्यसैले कसरी हामी मायाको शिकार हुन्छौं, त्यो यहाँ व्याख्या गरिएको छ, कि क्रोधबाट भ्रम उत्पन्न हुन्छ र भ्रमबाट स्मरण शक्तिको नाश | स्मरण शक्ति नाश | मैले पूर्णरुपले बिर्सीसकें कि म यो शरीर होइन, म आत्मा हुँ, अहं ब्रह्मास्मि; म परम ब्रह्म,आत्मा, पूर्णताको अंश हुँ | त्यो मैले बिर्सीसकें | र जब स्मरण शक्ति नाश हुन्छ, र जब म बिर्सन्छु कि म आत्मा हुँ. म आफुलाई यस भौतिक जगत, भ्रमसँग चिन्दछु | बुद्धि नाश हुन्छ | मैले मेरो बुद्धि मनको गतिविधि संचालन गर्ने प्रयोग गर्नुपर्ने थियो- सोच्ने, अनुभव गर्ने र चाहने- र किनकि मेरो मन नियन्त्रणमा छैन, मेरा इन्द्रीयहरू नियन्त्रणमा छैनन्, तसर्थ म पतित छु | यो सम्पूर्ण शारीरिक बनावटको विश्लेषण हो | अघि बढ |

तमाल कृष्ण: ६४: "जसले नीति-नियमद्वारा आफ्ना इन्द्रीयहरू नियन्त्रण गर्न सक्छ र जो आशक्ति र द्वेषबाट मुक्त छ, उसले भगवानको कृपा प्राप्त गर्न सक्छ |"

प्रभुपाद: हो | हामी खसेका छौं | हामी कसरी खसेका छौं ? इन्द्रियातित आनन्दको स्तरमा खसेका छौं | तसर्थ तपाईले इन्द्रिय, इन्द्रिय नियन्त्रण गर्नेबाट उठ्नेबाट सुरु गर्नुपर्छ | त्यो आत्मा साक्षात्कारको बाटो हो | कि तपाई योग अभ्यास गर्नुहोस् वा भक्ति, भक्तिमय सेवाको अभ्यास गर्नुहोस्, सुरुवात भनेको इन्द्रिय नियन्त्रण गर्नु हो |