NE/Prabhupada 0558 -हाम्रो स्थिति तटस्थ छ । कुनै पनि क्षणमा हामी पतन हुन सक्छौं



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: हो | वा सर्वप्रथम, उसको | हो | भक्तल् भनिन्छ कि जब तपाईले भागवत् स्थान प्राप्त गर्नुहुन्छ, जब तपाई कृष्णकहाँ फर्केर जानुहुन्छ, कि तपाईको पतन हुँदैन | तर यो पनि भनिन्छ कि वास्तवमा हामी त्यहाँबाट आयौं | यदि हामी त्यहाँबाट आयौं, हामी कसरी खस्यौं यदि हामी पहिले नै त्यहाँ थियौं ?

प्रभुपाद: हो | जस्तै यो उदाहरण कि ब्रह्माजी र शिवजीजस्ता व्यक्तित्व, उहाँहरु पनि कहिलेकाही माया को शिकार बन्नुहुन्छ | त्यसरिले हरो, मेरो मतलब, पतन हुने सम्भावना सधैं हुन्छ, सम्भावना | र किनकि हामी भगवानका अंश हौँ र किनकि हामी अहिले भौतिक जगतमा छौं, यो बुझ्नुपर्छ कि हाम्रो पतन भएको छ | तर तिमी इतिहास पट्ट लगाउन सक्दैनौ कि तिमि कहिले पतन भयौ | त्यो असम्भव छ | तर हाम्रो स्थिति तटस्थ छ | कुनै पनि समयमा, हामी पतन हुन सक्छौं | त्यो झुकाव छ | तसर्थ हामीलाई तटस्थ भनिन्छ | तर जो.....जस्तै यो बुझ्न धेरै सजिलो छ | सबजना रोगी हुने सम्भावना छ | यो होइन र ? अब जब तिमी रोगी हुन्छौ, यो पट्ट लगाउन जरुरि छैन कि तिमी कहिले रोगी भयौ | तिमि रोगी छौ, तिम्रो उपचार गर, त्यति हो | त्यसैगरी, हामी जीवनको भौतिक स्थितिमा छौं | यसको उपचार गर्दै जाऊ, र जब तिमी सन्चो हुन्छु, फेर पतन हुनबाट सावधान हौ | तर पतन हुने सम्भावना छ, फेरी रोगी हुने | यो होइन कि एकपटक तिमी सन्चो भएपछी, फेरी रोगी हुने कुनै सम्भावना छैन | सम्भावना छ | तसर्थ हामी धेरै सावधान हुनुपर्छ | हो |

भक्त: भगवद गीतामा पृष्ठ ४१मा भनिएको छ कि ब्रह्माजी दोस्रो अध्यात्मिक गुरु हुनुहुन्छ | म सोच्थें कि सबै अध्यात्मिक गुरु अमर हुनुहुन्छ तर ब्रह्माजी अमर हुनुहुन्न |

प्रभुपाद: हो | हामी अमर हुन्छौं | शरीरको परिवर्तनले हामी मर्दैनौं | तिमि अमर छौ, म अमर छु | मृत्यु भनेको हामीले यो शरीर परिवर्तन गर्छौं, त्यति हो | जस्तै तिमीले आफ्नो वस्त्र परिवर्तन गर्छु | जब तिमीले आफ्नो वस्त्र परिवर्तन गर्छु, के यसको मतलब तिमि मार्यौ भन्ने हो | त्यसैगरी यो शरीरको परिवर्तन भनेको वास्तवमा मृत्यु होइन | वा भिन्न शरीरमा प्रकट हुनु भनेको वास्तवमा जन्म होइन | जीवको जन्म र मृत्यु हुँदैन, र हाम्रो भौतिक स्थितिमा शरीरको परिवर्तन हुँदै छ | त्यसलाई जन्म र मृत्युको रुपमा लिइन्छ | वास्तवमा जन्म र मृत्यु हुँदैन | हो ?

मधुद्विष​: प्रभुपाद, जसले भगवान बुद्धको आराधना गर्छ, के उसको लागि जाने कुनै लोक छ ? वा त्यहाँ.....

प्रभुपाद: हँ ?

मधुद्विष​: जसले भगवान बुद्धको आराधना गर्छ.....

प्रभुपाद: हो ?

मधुद्विष​: भक्ति गणमा (?), तिनीहरु भन्छन, वा कुनै तरिकाले, भगवान बुद्धलाई गरिने कुनै प्रकारको भक्तिबाट के उसको लागि भगवान बुद्ध बस्नुहुने कुनै लोक छ वा.....

प्रभुपाद: हो | त्यो तटस्थ स्तर हो | त्यो लोक होइन | त्यो अध्यात्मिक जगत र भौतिक जगत बिचको तटस्थ स्थिति हो | तर ऊ फेर तल झर्नुपर्छ | जबसम्म कोहि अध्यात्मिक आकाशमा प्रवेश गर्दैन र कुनै अध्यात्मिक लोकमा आफ्नो स्थान लिंदैन..... जस्तै तिमि आकाशमा उड्छौ | जबसम्म तिमीले कुनै लोक प्राप्त गर्दैनौ, तिमी फेरी तल झर्नुपर्छ | तिमि सारा दिन आकाशमा उड्न सक्दैनौ | त्यो सम्भव छैन | त्यो तटस्थ स्तर हो | अरु लोकमा नहुने, यो लोकमा पनि नहुने, उड्ने | कहिलेसम्म तिमि उड्छौ ? तिमीले कुनै आश्रय लिनुपर्छ | तर यदि तिमीसँग उच्च लोक वा उच्च स्थानमा कुनै आश्रय छैन, तब तिमि तल झर्नुपर्छ | त्यसैले.....उही उदाहरण दोहोर्याउन सकिन्छ | मानौं यदि तिमि अन्तरिक्षमा जान्छु......स्पुत्निक मानिस जस्तै, तिनीहरु कहिलेकाही जान्छन् | मानिस सोच्छन्,"ओहो, ऊ कहाँ गयो, धेरै माथि, धेरै माथि |" तर ऊ कहिँ पनि गएन | ऊ फेरी तल झर्दै छ | त्यसैले त्यो झुठो थप्पडी मार्नु हो,"ओहो, ऊ धेरै माथि गयो, धेरै माथि |" त्यस्तो माथि जानुको के मतलब भयो ? तिमी अर्को क्षणमा तल झर्छौ | किनकि तिम्रो अर्को लोक प्रवेश गर्ने सामर्थ्य छैन | त्यसैले तिम्रो मेसिनले के, यो स्पुत्निक वा यी विमानहरू, तिमीलाई मदत गर्नेछन् ? तिमि फेरी तल झर्नुपर्नेछ | तिमी आन्ध्र महासागर वा प्रशं महासागरमा खस्छु, र कसैले त्यहाँ गएर तिमीलाई टिप्नेछन् | तिमि देख्छौ ? यो तिम्रो स्थिति छ | त्यसैले शुन्यवाद भनेको आकाशमा उड्नु र घमण्ड गर्नु हो, "म यति माथि आएको छु, म यति माथि आएको छु, यति माथि |" (हाँस्नुहुन्छ) ती मुर्ख मानिसहरु जान्दैन कहिलेसम्म ऊ त्यस उच्च स्थितिमा रहन सक्छ | तिमी देख्छौ ? ऊ तल झर्नेछ |