NE/Prabhupada 0570 - पति र पत्नीबीच असमझदारी भए पनि - सम्बन्धविच्छेदको कुनै प्रश्न उठ्दैन



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: के भारतमा धेरै सम्बन्ध विच्छेद छ ?

प्रभुपाद: छ | आधुनिक, तथाकथित केटा र केटीहरु, तिनीहरु अहिले सम्बन्धविच्छेद पछी छन् | तर योभन्दा पहिले, पति र पत्नीबीच असमझदारी भएपनि, झगडा, सम्बन्धविच्छेदको कुनै प्रश्न थिएन | मेरो जीवनलाई व्यवहारिक रुपमा लिनुहोस् | म गृहस्थ थिएँ | अहिले मैले त्यागीसकें | त्यसैले व्यवहारिक रुपमा म आफ्नी पत्नी सँग सहमत भइनँ, तर सम्बन्धविच्छेदको कुनै सपना थिएन | तपाई देख्नुहुन्छ | न उनले सपना देखिन्, न मी | यो अज्ञात थियो | अब यिनीहरु ल्याइएको छ |

पत्रकार: हो | पाश्चात्य संस्कृति |

प्रभुपाद: हो |

पत्रकार: के भारतमा तपाईका अनुयायीहरु छन् ?

प्रभुपाद: छ | मेरो व्यक्तिगत होइन, तर मेरा अरु गुरुभाईहरुको, यो समुह धेरै राम्रो छ |

पत्रकार: कति, कति.....

प्रभुपाद: लाखौं | हामीसँग यो वैष्णव दर्शन, कृष्ण भावना, लाखौं-लाखौंमा छ | लगभग सबै | ८० प्रतिशत | तपाई कोहि भारतीयलाई सोध्नुहोस् र उसले कृष्ण भावनाबारे धेरै कुराहरु बोल्नेछ | ऊ मेरो शिष्य नहुन सक्छ तर मजस्ता धेरै साधुहरु छन् | तिनीहरु यो कार्य गर्दै छन् |

पत्रकार: के तपाईले कसैसँग आधिकारिक तालिम लिनुभयो.......

प्रभुपाद: हो, म मेरो गुरु महाराजद्वारा दीक्षित थिएँ | उहाँको, यहाँ छ, मेरो अध्यात्मिक गुरुको तस्विर |

पत्रकार: हो, मैले देख्छु |

प्रभुपाद: हो | जब तपाईको देशले प्रमाणपत्रको चाहना गर्यो मलाई स्थायी वासिन्दा बनाउन, मैले मेरा गुरुभाईहरुबाट प्रमाणपत्र पाएँ कि म दीक्षित छु | त्यति हो | तर अन्यथा, हाम्रो देशमा, प्रमाणपत्रको कुनै आवश्यकता छैन | पत्रकार: अर्को शब्दमा, भारतमा विद्यालय जानेजस्तो केहि पनि हुँदैन जहाँ तपाई विद्यालय वा मठ जानुहुन्छ र चार वर्षको लागि केहि शिक्षा लिनुहुन्छ..... प्रभुपाद: होइन, यो मठ हो | हो, त्यहाँ मठ छ | हामीसँग संस्था छ, गौडीय मठ संस्था | उनीहरुसँग सयौं शाखा छन्, हो |

पत्रकार: तपाई निर्धारित पाठ्यक्रमको पढाई गर्न जानुहुन्छ ?

प्रभुपाद: हो, निर्धारित पाठ्यक्रमको पढाई, यी दुई, तीन पुस्तक, त्यति हो | जसले पनि पढ्न सक्छ | भगवद गीता र श्रीमद भागवतम वा चैतन्य चरितामृत | तपाईले सबै कुरा जान्नुहुनेछ | तपाईले ठुलो खण्डको पुस्तक पढ्नुपर्दैन | किनकि भगवद गीता यस्तो राम्रो पुस्तक छ, यदि तपाई एक श्लोक बुझ्न सक्नुहुन्छ, तपाई सय वर्ष अघि बढ्नुहुन्छ | तपाई देख्नुहुन्छ ? मेरो मतलब, अर्थपूर्ण र यस्तो बलियो | तसर्थ हामीले यो भगवद गीता यथारूप प्रकाशित गरेका छौं | तपाईको मानिसलाई पढ्न दिनुहोस्, प्रश्न सोध्न दिनुहोस्, र बुझ्ने प्रयास गर्नुहोस् यो अभियान के हो |

पत्रकार: म्यकमिल्लनले यो प्रकाशन गर्दैछ |

प्रभुपाद: हो, म्यकमिल्लनले यो प्रकाशन गर्दैछ |