NE/Prabhupada 0573 - म कुनै पनि भागवत चेतनामा अवस्थित मानिससँग बोल्न तयार छु



Press Interview -- December 30, 1968, Los Angeles


प्रभुपाद: अहिले मैले पोपलाई एउटा पत्र लेखेको छु | तपाईले त्यो देख्नुभयो ? त्यो पत्र कहाँ छ ?

हयग्रीव: त्यो यहाँ छ |

पत्रकार: ए, पोपलाई पत्र | के उनले जवाफ दिए ?

प्रभुपाद: छैन, मैले कुनै जवाफ पाएको छैन | के यो पत्रमा छ ? होइन, यो पत्रमा होइन | पछिल्लो कहाँ छ ? को छ त्यहाँ ? एउटा पछिल्लो ल्याउने भन | एउटा पछिल्लो ल्याऊ, हो | हामीले हालसालै त्यस पत्र, तर दुर्भाग्यवश, मैले कुनै जवाफ प्राप्त गरेको छैन |

पत्रकार: त्यो कसरी ? (विराम)

प्रभुपाद: म सबसँग सहकार्य गर्न चाहन्छु, तर तिनीहरु नकार्दै छन् | म के गर्न सक्छु ? म कुनै पनि भागवत् चेतनामा अवस्थित मानिससँग बोल्न तयार छु | हामी एउटा कार्यक्रम गरौँ ताकी मानिसलाई फाइदा होस्, तर तिनीहरु आफ्नै तरिकाले जान चाहन्छन् | यदि हामी देख्छौं कि कुनै विशेष धार्मिक सिद्धान्त पालन गरेर कसैले उसको भागवत् प्रेम विकास गरेको छ, त्यो पहिलो-श्रेणीको धर्म हो | तर यदि उसले दानव वा मानिसको लागि प्रेम विकास गरेको छ भने धर्म कहाँ छ ?

पत्रकार: सत्य |

प्रभुपाद: (हाँस्दै) तपाई देख्नुहुन्छ | त्यो हाम्रो परिक्ष हो | यदि तपाईले विकास गर्नुभएको छ......... हामी भन्दैनौं कि तपाई इशाई वा मुस्लिम वा यहुदी वा हिन्दु अनुसरण गर्नुहोस्- हामी भन्दैनौं | तपाईले आफ्नो भागवत् प्रम विकास गर्नुभएको छ कि छैन | तर तिनीहरु नकार्छन्,"ओहो, म भगवान हुँ | भगवान को हो ? म भगवान हुँ |" तपाई देख्नुहुन्छ ? आजकल सबैलाई सिकाइन्छ कि सब भगवान हुन् | हेर्नुहोस् कस्तो रमाइलो छ | सब भगवान हुन् | के तपाई त्यस्तो सोच्नुहुन्छ ?

पत्रकार: तपाईलाई मेहर बाबा थाहा छ ?

प्रभुपाद: ऊ पनि अर्को धुर्त हो | उसले पनि प्रचार गर्दै छ कि सब भगवान हुन् |

पत्रकार: उसले भन्छ कि ऊ भगवान हो |

प्रभुपाद: ऊ भगवान हो | हेर्नुहोस् त | यो चल्दै छ |

पत्रकार: के तपाई उसलाई चिन्नुहुन्छ ?

प्रभुपाद: मैले यो नाम सुनेको छु | म यी मानिसलाई वास्ता गर्दिनँ | उसले केहि प्रचार गर्दै छ कि ऊ भगवान हो |

पत्रकार: उसले भन्छ कि उसले चालिस वर्ष, पैंतालिस वर्षसम्म बोलेको छैन |

प्रभुपाद: त्यसको मतलब मानिसलाई थाहा छैन भगवान को हुनुहुन्छ | मानौं यदि म तपाईकहाँ आउँछु, यदि म भन्छु कि मा राष्ट्रपति जोन्सन हुँ, के तपाईले मलाई स्विकार्नुहुनेछ ?

पत्रकार: अहँ (हाँस्दै) मलाई लाग्दैन कि म गरुँला |

प्रभुपाद: तर यी मानिसहरु, धुर्तहरु, उसलाई भगवानको रुपमा स्विकार्नेछन् किनकि तिनीहरुलाई थाहा छैन कि भगवान के हुनुहुन्छ | त्यो कमी छ | हामीलाई थाहा छ कि भगवान के हुनुहुन्छ, तसर्थ हामी कुनै धुर्तको ऊ भगवान हो भन्ने घोषणा स्वीकार्दैनौं | त्यो भिन्नता छ |

पत्रकार: यो पूर्ण हास्यास्पद हो कि कोहि आउँछ र तपाईलाई भन्छ कि ऊ भगवान हो |

प्रभुपाद: तर ऊ कति धुर्त हो कि उसले त्यो मानिसलाई भगवानको रुपमा स्वीकार्छ | ऊ एक नम्बरको धुर्त हो | ऊ ठग हो र ठगिने मानिस पनि अर्को धुर्त हो | उसलाई थाहा छैन कि भगवान के हुनुहुन्छ | कोहि भगवानको रुपमा आउँछ, भगवान बजारमा पाइने जत्तिको सस्तो भइसके, सबैतिर |

पत्रकार: अवश्य पनि पश्चिमी धारणा यो छ कि मानिस भगवानको चित्रमा बनेको छ, फलस्वरूप भगवान पनि मानिस जस्तै देखिनुपर्छ, तसर्थ जो मानिस पनि भगवान बन्न सक्छ |

प्रभुपाद: त्यो ठिक छ | तपाईसँग धेरै वैज्ञानिक छन् | जेवल पट्ट लगाउनुहोस् भगवानको चित्र कस्तो छ, उहाँको रुप........त्यो विभाग कहाँ छ ? तपाईसँग त्यस्तो विभाग छैन | तपाईसँग धेरै विभाग छन्, प्राविधिक विभाग, यो विभाग | त्यो विभाग कहाँ छ, भगवान को हुनुहुन्छ ? ज्ञानको कुनै विभाग छ ?

पत्रकार: मलाई त्यसको बारेमा थाहा छैन...... आज कुनै भगवान विभाग कार्यरत छैन, त्यो म तपाईलाई तत्काल भन्न सक्छु |

प्रभुपाद: त्यो कठिनाई छ | र यहाँ, यहाँ कृष्ण भावनामृत अभियान भगवानलाई जान्ने ज्ञानको विभाग हो | तब तपाईले कुनै धुर्तलाई भगवानको रुपमा स्विकार्नुहुनेछैन, तपाईले केवल भगवानलाई भगवानको रुपमा स्विकार्नुहुनेछ |