NE/Prabhupada 0598 - हामीले भगवानको महानता बुझ्न सक्दैनौं । त्यो हाम्रो मूर्खता हो



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


त्यसैले वास्तवमा, अन्तिम, परमसत्यको अन्तिम शब्द व्यक्ति हो | तर, दुर्भाग्यवश, जो मुढ छन्, वा कम बुद्धिमान, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९।११), "ओहो, कृष्ण ? उहाँ भगवान हुन सक्नुहुन्छ, तर उहाँ मायाको मदत लिएर व्यक्ति बन्नुभएको छ |" यो मायावाद सिद्धान्त हो | तिनीहरु मायाको अध्ययन गर्दैछन्; तिनीहरु भगवानलाई पनि मायाभित्र राख्दै छन् | यो मायावाद सिद्धान्त हो | तर भगवान माया हुनुहुन्न | भगवान कहिल्यै मायाबाट ढाकिनुहुन्न | कृष्णले भन्नुहुन्छ कि माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते: (भ गी ७।१४) "जो ममा शरणागत हुन्छ, ऊ मायाको बन्धनबाट मुक्त हुन्छ |" कसरी कृष्ण माया भित्र हुन सक्नुहुन्छ ? त्यो त्यति राम्रो सिद्धान्त होइन | केवल कृष्णमा शरणागत भएर, तपाई मायाबाट मुक्त हुनुहुन्छ | कसरी व्यक्ति, परमपुरुष, कृष्ण माया भित्र हुन सक्नुहुन्छ ? तसर्थ कृष्णले भन्नुभयो, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम्, परं भावम् अजानन्तः (भ गी ९|११) | तिनीहरुलाई थाहा छैन भगवान कति क्षमतावान हुनुहुन्छ, उहाँ कति शक्तिशाली हुनुहुन्छ | तिनीहरु भगवानको शक्ति आफ्नो शक्तिसँग तुलना गर्दैछन् | एउटा भ्यागुता दर्शन | डा. भ्यागुता | भ्यागुताले सोच्दैछ,"प्रशान्त महासागर कुवाभन्दा थोरै ठुलो हुनसक्छ |" किनकि उ सधै बस्दैछ | कूप​-मण्डूक​-न्याय​ | यो संस्कृत हो | यसलाई भनिन्छ कूप​-मण्डूक​-न्याय​ | कूप भनेको कुवा, र मण्डूक​ भनेको भ्यागुता | भ्यागुता सधैं कुवामा हुन्छ, र यदि कसैले उसलाई सुचित गर्छ कि त्यहाँ अर्को ठुलो पानिको भण्डार, प्रशान्त महासागर छ, उसले केवल गणना गर्छ कि "यो यस कुवाभन्दा अलि धेरै हुन सक्छ, कुवाभन्दा अलि धेरै |" तर उसले बुझ्न सक्दैन कि उहाँ कति महान हुनुहुन्छ | त्यसैले भगवान महान हुनुहुन्छ | हामी बुझ्न सक्दैनौं उहाँ कति महान हुनुहुन्छ ! त्यो हाम्रो मुर्ख्याई हो | हामी केवल गणना गर्दैछौं: "उहाँ मभन्दा एक इन्च ठुलो हुनुहुन्छ होला | वा म भन्दा एक फुट ठुलो |" त्यो मानसिक कल्पना हो | तसर्थ कृष्ण भन्नुहुन्छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये: (भ गी ७।३) "लाखौँ मानिसमध्ये, एकले उसको जीवन सफल बनाउने प्रयास गर्छ, परमसत्य बुझ्न |" र यतताम् अपि सिद्धानां कश्चिन् मां वेत्ति तत्त्वतः (भ गी ७।३) । हामी आफ्नो मानसिक कल्पनाद्वारा भगवानलाई बुझ्न सक्दैनौं | न त हामी आत्माको नाप के हो बुझ्न सक्छौं | त्यो सम्भव छैन | तसर्थ हामीले उच्चतम अधिकारी, कृष्णबाट जानकारी लिनुपर्छ, भगवानको प्रकृति के हुन्छ, परमसत्यको प्रकृति के हुन्छ, आत्माको प्रकृति के हुन्छ | हामीले सुन्नुपर्छ | हामीले सुन्नुपर्छ | तसर्थ वैदिक साहित्यलाई श्रुति भनिन्छ | तपाईले अनुसन्धान गर्न सक्नुहुन्न | त्यो सम्भव छैन | तर दुर्भाग्यवश, मानिसको एक हुल छ जो सोच्छन् कि तिनीहरुले अनुसन्धान गर्न सक्छन, तिनीहरुले भगवानलाई मानसिक कल्पनाबाट बुझ्न सक्दैनन् | ब्रह्म-संहितामा भनिएको छ: पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्गवानाम् सो ऽप्य् अस्ति यत् प्रपद​-सीम्न्य् अविचिन्त्य​-तत्त्वे गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३४) पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्य: | लाखौं वर्षको लागि, यदि तपाईले आकाशमा भगवानलाई खोज्न अघि बढ्नुहुन्छ, भगवान कहाँ हुनुहुन्छ..... पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि | यो साधारण विमान होइन, तर हावाको विमान, हावाको गति | वा मन | मनको गति धेरै द्रुत छ | तत्काल, तपाई यहाँ बस्दै हुनुहुन्छ, तपाईको मन लाखौं मिल पर जान सक्छ यदि तपाईसँग विचार छ | त्यसैले मनको विमानमा वा हावाको विमानमा, र लाखौं वर्षको लागि यात्रा गर्दै, तपाईले भेटाउन सक्नुहुन्न | पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्ग​... (ब्र स ५|३४) | मुनि-पुङ्गवानाम् | साधारण मानिसमात्र होइन, तर महान साधु, ऋषिहरु, तिनीहरु पनि सक्दैनन् |