NE/Prabhupada 0599 - कृष्ण भावना त्यति सजिलो छैन । आफु शरणागत नभएसम्म यसलाई प्राप्त गर्न सकिंदैन



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


त्यसैले अर्को स्थानमा ब्रह्म संहितामा भनिएको छ: वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | वेदेषु | यदि तपाई केवल वेद अध्ययन गर्नुहुन्छ, वेद अध्ययनको अन्तिम लक्ष्य भनेको कृष्णलाई जान्नु हो, तर यदि तपाई वेद अध्ययन आफ्नो काल्पनिक विधिबाट गर्न चाहनुहुन्छ तब उहाँ सधैं दुर्लभ रहनुहुन्छ | वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | तर यदि तपाई भगवानको भक्त समक्ष जानुहुन्छ, उनले तार्न सक्छन् | उनले तार्न सक्छन् | महीयसां पाद​ऋअजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत्, नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२) | प्रह्लाद महाराज भन्नुहुन्छ कि "तपाईले कृष्ण भावना पाउन सक्नुहुन्न....." नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२) | कृष्ण भावना त्यति सजिलो छैन | तपाईले यो तबसम्म पाउनुहुन्न, जबसम्म तपाईले आफुलाई शरणागत गराउनुहुन्न | निष्किञ्चनानाम्, महीयसां पाद​ऋअजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | जबसम्म तपाईले भक्तको चरणकमलको धुलि लिनुहुन्न, निष्किञ्चनानाम्, जसलाई यो भौतिक जगतमा केहि गर्नु छैन- उनी केवल भगवानको सेवामामात्र सरोकार राख्छन्- जबसम्म तपाई त्यस्तो व्यक्तिको सम्पर्कमा हुनुहुन्न, कृष्ण भावना पाउन सम्भव छैन | यी शास्त्रका बयान हुन् | त्यसैले कृष्ण परमसत्य हुनुहुन्छ, र उहाँ व्यक्ति हुनुहुन्छ | तर हामी उहाँलाई बुझ्न सक्दैनौं जबसम्म हामी कृष्ण भक्तको मध्यमबाट जाँदैनौं | तसर्थ कृष्णलाई बुझ्नको लागि, कृष्ण भक्तको रुपमा आउनुभएको छ, भगवान चैतन्य महाप्रभु | श्री-कृष्ण​-चैतन्य प्रभु नित्यानन्द श्री-अद्वैत गदाधर श्रीवासादि-गौर-भक्त​-वृन्द​ | त्यसैले हामीले कृष्णलाई चैतन्य महाप्रभुको मध्यमबाट बुझ्नुपर्छ | किनकि कृष्ण स्वयं आउनुभएको छ.... कृष्णाय कृष्ण​-चैतन्य​-नाम्ने | रुप गोस्वामी, जब उहाँले प्रथम पटक चैतन्य महाप्रभुलाई भेट्नुभयो..... प्रथम होइन, दोस्रो पटक | प्रथम पटक उहाँले भेट्नुभयो, जब उहाँ नवाव हुसेन साहको सरकारमा मन्त्रि हुनुहुन्थ्यो | अनि, भेटेपछी, चैतन्य महाप्रभु उहाँहरुद्वारा आफ्नो लक्ष्य पुरा गराउन चाहनुहुन्थ्यो | त्यसैले उहाँहरुले सरकारी सेवाबाट राजिनामा दिएर कृष्ण भावमामृत अभियान फैलाउन चैतन्य महाप्रभुसँग सहभागी हुने निर्णय लिनुभयो | तसर्थ जब रुप गोस्वामीले चैतन्य महाप्रभुलाई अल्लाहवाद, प्रयागमा भेट्नुभयो, यस सम्बन्धमा उहाँले रच्नुभएको पहिलो श्लोक, उहाँले भन्नुभयो, नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते: (चै च मध्य १९|५३) "मेरो प्रभु, हजुर सबभन्दा उदार अवतार हुनुहुन्छ |" किन ? "किनकि हजुर कृष्ण प्रेम वितरण गर्दै हुनुहुन्छ | मानिस बुझ्दैनन् कृष्ण के हुनुहुन्छ, र कृष्ण-प्रेमको के कुरा गर्नु | तर त्यस कृष्ण-प्रेम, हजुर साधारण जसरी वितरण गर्दै हुनुहुन्छ |" नमो मह-वदान्..... "तसर्थ हजुर सबभन्दा उदार, दानी व्यक्ति हुनुहुन्छ |" नमो महा-वदान्याय​ | वदान्याय​ भनेको जो धेरै दानी छ, तपाईलाई जति मन लाग्छ दान दिन्छ |