NE/Prabhupada 0600 - हामी शरणागत हुन तयार छैनौं, यो हाम्रो भौतक रोग हो



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


त्यसैले चैतन्य महाप्रभु, किनकि मानिसले कृष्णलाई बुझेनन्.... कृष्णले भगवद गीतामा भन्नुभयो कि "तिमी ममा शरणागत होउ |" उहाँले के गर्न सक्नुहुन्छ ? उहाँ भगवाण हुनुहुन्छ | उहाँ कृष्ण हुनुहुन्छ | त्यहाँ उहाँ तपाईलाई आदेश दिनुहुन्छ: "तिमी शरणागत होउ | म तिम्रो जिम्मा लिन्छु |" अहं त्वां सर्व​-पापे..... तर अझ पनि, मानिस बुझ्दैनन् | "ओहो, म किन कृष्णमा शरणागत हुने ? उहाँ पनि म जस्तै मानिस हुनुहुन्छ | हुनसक्छ थोरै महत्वपूर्ण | तर म किन उहाँमा शरणागत हुने ?" किनकि यहाँ भौतिक रोग भनेको शरानगत नहुनु हो | सबै गर्व गर्छन्: "म केहि हुँ |" यो भौतिक रोग हो | तसर्थ यो भौतिक रोगबाट सन्चो हुन, तपाई शरणागत हुनुपर्छ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस् तत्त्व​-दर्शिनः (भ गी ४|३४) | त्यसैले जबसम्म तपाई शरणागत हुन तयार हुनुहुन्न....... त्यो भौतिकवादी मानिसको लागि धेरै कठिन कार्य हो | कोहि शरणागत हुन चाहँदैन | ऊ प्रतिस्पर्धा गर्न चाहन्छ | व्यक्तिगत रुपमा, मानिस देखि मानिस, परिवार देखि परिवार, राष्ट्र देखि राष्ट्र, सबै माली बन्ने प्रयास गर्दैछन् | शरणागत हुने प्रश्न कहाँ छ ? शरणागतिको कुनै प्रश्न छैन | त्यसैले यो रोग हो | तसर्थ कृष्ण भन्नुहुन्छ कि तपाई यो धुर्त्याई, वा सबभन्दा स्थायी रोग सन्चो पार्नुहोस्, तपाई शरणागत हुनुहोस् | सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | "तब ? यदि म शरणागत हुन्छु, तब सम्पूर्ण कुरा असफल हुन्छ ? मेरो व्यापार, मेरा योजना, मेरो धेरै कुराहरु....?" होइन | "म तिम्रो जिम्मा लिन्छु | " अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः | "चिन्ता नगर |" यति धेरै आश्वासन छ यहाँ | अझ पनि, हामी शरणागत हुन तयार छैनौं | यो हाम्रो भौतिक रोग हो | तसर्थ कृष्ण फेरी भक्तको रुपमा आउनुभयो केवल कृष्णमा कसरी शरणागत हुने देखाउन | चैतन्य महाप्रभु | कृष्ण वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् (श्री भा ११|५|३२) | त्यसैले यो कृष्ण भावनामृत अभियान धेरै वैज्ञानिक र आधिकारिक छ | यो झुठो कुरा होइन, मानसिक कल्पनाद्वारा उत्पादन गरिएको | यो आधिकारिक छ, वैदिक उपदेशमा आधारित, जसरी कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८।६६) | त्यसैले हामी केवल यो दर्शन सिकाउँछौं, कि तपाई...... कृष्ण, यहाँ कृष्ण हुनुहुन्छ, सर्वोच्च पुरुषोत्तम भगवान | तपाई भगवान खोज्दै हुनुहुन्छ | तपाई बुझ्न सक्नुहुन्न भगवान के हुनुहुन्छ | यहाँ भगवान हुनुहुन्छ, कृष्ण | उहाँको नाम, उहाँको गतिविधि, सबै कुरा भगवद गीतामा छ | तपाई स्वीकार्नुहोस् र उहाँमा शरणागत हुनुहोस् | र जसरी कृष्णले भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | हामी उही कुरा बोल्दैछौं | जसरी भगवद गीतामा बताइएको छ | हामी गलत अनुवाद गर्दैनौं | हामी सम्पूर्ण भगवद गीता बिगार्दैनौं | हामी यो कुचेष्टा गर्दैनौं | कहिलेकाही मानिस भन्छन्, उनीहरु भन्छन्,"स्वामीजी, हजुरले आश्चर्यजनक कार्य गर्नुभएको छ |" तर के आश्चर्यजनक ? म जादुगर होइन | मेरो एकमात्र श्रेय भनेको मैले भगवद-गीता बिगारेको छैन | मैले यथारूप प्रस्तुत गरेको छु | तसर्थ यो सफल छ |

धेरै धेरै धन्यवाद | हरे कृष्ण | (अन्त्य)