NE/Prabhupada 0617 - कुनै नयाँ सूत्र छैन, उही व्यास पूजा, उही दर्शन



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Disappearance Day, Lecture -- Hyderabad, December 10, 1976


प्रभुपाद: त्यसैले चालिस वर्ष अघि | मलाई याद छ कि उही कुरा जुन १९२२मा थियो, र अझै उही कुरा चल्दैछ | केहि नयाँ छैन | हामीसँग केहि नयाँ छैन | केवल यसलाई यथारूप प्रस्तुत गरौँ; यो सफल हुनेछ | कुनै...... तपाई देख्नुहुन्छ | मेरो लेखनको उत्साह उही छ | "गलत बाटोतर्फ छौं हामी, सब खेर जाँदै |" यो आत्मा-मार्ने सभ्यताले हामीलाई गलत बाटोतर्फ लाँदै छ | हामीले यो थाहा पाउनुपर्छ, यो धेरै गलत बाटोतर्फ लाने सभ्यता छ | हाम्रो वास्तविक लक्ष्य भनेको आफ्नो अध्यात्मिक परिचय बुझ्नु र भगवान, कृष्णसँगको हाम्रो सम्बन्ध खोज्नु | त्यो हाम्रो वास्तविक कार्य हो | तर यो आधुनिक सभ्यताले हामीलाई विभिन्न तरिकाले गलत बाटोतर्फ लाँदैछ | त्यसैले मैले यो लेखें, कि "गलत बाटोतर्फ छौं हामी, सब खेर जाँदै | हामीलाई बचाउनुहोस् प्रभु, हाम्रो यहि प्रार्थना | हजुरको तरिकाले हाम्रो मुख मोडियोस्, हजुरको चरणकमलप्रति प्रेम होस्, हे श्रद्देय प्रभु |" यो अंश उहाँले धेरै सराहना गर्नुभयो | त्यसैले हामीले बाटो खोज्नुपर्छ कसरी वेग मोड्ने | वेग भनेको इन्द्रियतृप्ति | भौतिक जीवन भनेके वेग इन्द्रियतृप्ति हो, र यो वेग मोडिनुपर्छ - कृष्णको इन्द्रियतृप्ति | इन्द्रियतृप्ति हुन्छ, तर भौतिक सभ्यता, बाटो हराएको सभ्यता, भनेको इन्द्रियतृप्ति व्यक्तिगत रुपमा लिइन्छ | जब यो इन्द्रियतृप्ति कृष्णतर्फ मोडिन्छ, तब हाम्रो जीवन सफल हुन्छ | जस्तै गोपीहरु | प्रत्यक्ष रुपमा लाग्छकि गोपीहरु, उनीहरु युवा, कृष्णसँग आकर्षित थिए, र उनीहरुको इन्द्रियतृप्तिको लागि उनीहरुले कृष्णसँग मित्रता राखे | होइन | त्यो तथ्य होइन | तथ्य यो हो कि गोपीहरु आफुलाई राम्ररी सुसज्जित गराउँथे, कनाकी उनीहरुलाई देखेर कृष्ण सन्तुष्ट हुनुहुन्थ्यो, यो होइन कि उनीहरुको इन्द्रियतृप्तिको लागि | साधारणतय एक युवती पनि वस्त्र लगाउँछिन्, युवाको ध्यान आफुतर्फ तान्न | त्यसैले उही कुरा त्यहाँ छ, तर यो कृष्णको इन्द्रियतृप्ति हो, गोपीहरुको होइन | गोपीहरु केहि चाहन्नथे | तर कृष्ण सन्तुष्ट हुनुहुनेछ | त्यो भिन्नता छ काम र प्रेमबीच | प्रेम हुन्छ, तब सम्भव हुन्छ जब यो कृष्णतर्फ मोडिन्छ | त्यो प्रेम हो | र त्योभन्दा तर- पर होइन, त्यसको तल- सबै काम हो | त्यसैले हामीले सधैं यो सम्झनुपर्छ | इन्द्रियहरु रोकिन्नन्, तर आजबा इन्द्रियतृप्ति कृष्णतर्फ निर्देशित हुन्छ, त्यो भक्ति हो, वा प्रेम | र जब इन्द्रियतृप्ति व्यक्तिगत स्वार्थतर्फ निर्देशित हुन्छ, त्यो काम हो | यो भिन्नता छ काम र प्रेम बीच | त्यसैले श्रील भक्तिसिद्धान्त सरस्वति ठाकुरलाई यो कला थाहा थियो, कसरी हाम्रो गतिविधि कृष्णतर्फ मोड्ने | यो हो कृष्ण भावनामृत अभियान | तसर्थ म....... "हजुरको तरिकाले हाम्रो मुख मोडियोस्, हजुरको चरणकमलप्रति प्रेम होस्, हे श्रद्देय प्रभु |" "कृष्णलाई बिर्सियौं, हामी पतित जीव |" हामी किन पतित छौं ? किनकि हामीले बिर्सियौं | कृष्णसँग हाम्रो सम्बन्ध शाश्वत छ | यो शाश्वत नभए, कसरी पश्चिमी मानिसहरु कृष्णभक्त हुन्थे ? कृत्रिम रुपले तपाई कृष्णको भक्त हुन सक्नुहुन्न | यस सम्बन्ध शाश्वत रुपले छ | नित्य-सिद्ध कृष्ण भक्ति | प्रक्रियाबाट अहिले जागरुक छ | श्रवनादि शुद्ध चित्ते करये उदय (चै च मध्ये २२|१०७) | यो जागरुक छ | युवा र युवतीबीचको प्रेम कृत्रिम होइन | यो हुन्छ | तर केहि परिस्थितिवश, प्रेम प्रकट हुन्छ | त्यसैगरी, कृष्णप्रतिको हाम्रो प्रेम, कृष्णसँगको सम्बन्ध शाश्वत छ | जीवेर स्वरूप हय नित्य कृष्ण​-दास (चै च मध्य २०|१०८-१०९) | तर हामीले त्यस्तो परिस्थिति सिर्जना गर्नुपर्छ कि शाश्वत सम्बन्ध जागरुक हुन्छ | यो कला हो | त्यो चाहिएको छ | त्यसैले "कृष्णलाई बिर्सियौं, हामी पतित जीव, भ्रमको गह्रौं मूल्य तिर्दै |" किनकि हामीले कृष्णलाई बिर्सिएका छौं, हामी धेरै गह्रौं मूल्य, कर तिर्दैछौं | त्यो कर के हो ? कर भनेको निवर्तन्ते मृत्यु-संसार​-वर्त्मनि (भ गी ९|३) | यो मानव जीवन कृष्णलाई बुझ्नको लागि हो, तर कृष्णलाई बुझ्नुको साटो, हामी तथाकथि भौतिक विज्ञान इन्द्रियतृप्तिको लागि बुझ्दैछौं | यो हाम्रो स्थिति छ | जुन शक्ति प्रकृतिद्वारा कृष्णलाई बुझ्न दिइएको थियो, त्यो अहिले कसरी इन्द्रियतृप्तिको लागि केहि उत्पादन गर्ने भनेर प्रयूग हुँदैछ | यो चल्दै छ | यो हो माया, भ्रम | तसर्थ "भ्रमको गह्रौं मूल्य तिर्दै |" गह्रौं कर | त्यो हामी तिर्दैछौं किनकि हामीले कृष्णलाई बिर्सियौं | तसर्थ अहिले हामीले आणविक शस्त्र उत्पादन गरेका छौं- रुस, अमेरिका- र तपाईले गह्रौं गरि तिर्नुपर्छ | तिनीहरु पहिल्यै गह्रौं गरि तिर्दैछन् | युद्धको तयारी चल्दैछ | राज्यको पचास प्रतिशतभन्दा बढी आय यो हतियारको लागि खर्च हुँदैछ...., गह्रौं | अरु प्रयोजनको साटो, यो सैन्यशक्तिको लागि खर्च हुँदैछ, हरेक राज्य | त्यसैले त्यो गह्रौं कर हामी तिर्दैछौं | र जब युद्ध हुन्छ, तब कुनै सिमा हुँदैन, यो विनाशको लागि हामी कति खर्च गर्दैछौं | त्यसैले किन ? किनकि हामीले कृष्णलाई बिर्सिएका छौँ | यो तथ्य हो | त्यसैले यी मानिसहरु, तिनीहरुले संयुक्त राज्य बनाएका छन्, अनावश्यक रुपमा कुकुरजस्तै झगडा गर्दैछन् | त्यसैले यसले समस्या समाधान गर्दैन | समस्या तब समाधान हुन्छ जब तिनीहरु संकल्प गर्छन् कि सारा संसार, यो संसारमात्र होइन..... कृष्ण भन्नुहुन्छ, सर्व-लोक महेश्वरम् (भ गी ५|२९) | कृष्ण मालिक हुनुहुन्छ, त्यसैले किन नस्वीकार्ने ? वास्तवमा उहाँ मालिक हुनुहुन्छ | यो ग्रह कसले सिर्जना गर्यो ? हामीले सिर्जना गर्यौं वा हाम्रो पिताले सिर्जना गर्नुभयो ? होइन | कृष्णले सिर्जना गर्नुभयो | तर हामी दाबी गर्दैछौं,"यो अंश अमेरिका हो, यो अंश भारत हो, यो भारत पाकिस्तानी हो |" अनावश्यक | यो दाबीको के मूल्य छ ? हामीले पचास वा साठी वा सय वर्षको लागि दाबि गर्न सक्छौं, र त्यसपछी, एक लात: "बाहिर निस्क |" तपाईको दाबी कहाँ छ ? तर तिनीहरु यो दर्शन बुझ्दैनन् | तिनीहरु लडाई गर्दैछन्, त्यति हो, कि "यो मेरो हो | यो मेरो जमिन हो," "यो मेरो जमिन हो |" तिनीहरुलाई थाहा छैन | कृष्णले भन्नुभयो, तथा देहान्तर प्राप्तिः (भ गी २|१३) | "तिमी आज अमेरिकी छौ | भोलि, तिमी अमेरिकाभित्र नै भए पनि, एउटा अमेरिकी गाई वा अमेरिकी पशु, कसैले तिम्रो मतलब गर्दैनन् | तिम्रो राजनीतिको कसैले मतलब गर्दैन |" तर यो कला तिनीहरुलाई थाहा छैन | यो विज्ञान तिनीहरुलाई थाहा छैन | तिनीहरु भ्रममा छन् | तिनीहरु सोच्दैछन् कि "म निरन्तर अमेरिकी हुनेछु, त्यसैले अमेरिकी हितमा समय नाश गर्नुपर्यो," तथाकथित हित | कुनै हित हुन सक्दैन | प्रकृतेः क्रियमाणानि गुणै कर्माणि सर्वशः (भ गी ३|२७) | सबै कुरा प्रकृतिद्वारा गरिंदैछ, हामी केवल झुठो तरिकाले सोच्दैछौं, अहङ्कार​-विमूढात्मा कर्ताहम् इति मन्यते | यो भ्रम चल्दैछ | "कृष्णलाई बिर्सियौं, हामी पतित जीव, भ्रमको गह्रौं मूल्य तिर्दै |" हामी तिर्दैछौं, तिर्दैछौं | "अन्धकार सबैतिर, कुनै निशान छैन | केवल आशा, हे श्रद्देय प्रभु |" यो सन्देश | हामी केवल अन्धकारमा छौं | त्यसैले हामी पछी छलफल गर्नेछौं | अब केवल...... अहिले समय कति भयो ?

भक्त: पौने नौ |

प्रभुपाद: हँ ?

भक्त: पौने नौ |

प्रभुपाद: हो | हामी फेरी छलफल गर्नेछौं | उही कुरा, यो कृष्णद्वारा निर्देशित छ, र परम्परा-विधीबाट हामीले यो दर्शन बुझ्छौं | एवं परम्परा प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | त्यसैले यो परम्परा विधि कायम राख्नुहोस् | यो व्यास पुजा परम्परा विधि हो | व्यास पुजा भनेको यो परम्परा विधि स्विकार्नु | व्यास | गुरु व्यासदेवको प्रतिनिधि हुनुहुन्छ किनकि उहाँले केहि परिवर्तन गर्नुहुँदैन | के व्यास व्यास पुजा.... जे व्यासदेवले भन्नुभयो, तपाईको गुरुले पनि उही कुरा भन्नुहुनेछ | यो होइन कि "यति धेरै सय र हजार वर्ष बितिसक्यो; तसर्थ म तिमीलाई नयाँ सुत्र दिन्छु |" होइन | कुनै नयाँ सुत्र छैन | उही व्यास-पुजा, उही दर्शन | केवल हामीले स्विकार्नुपर्छ, तब हाम्रो जीवन सफल हुनेछ |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय ! (अन्त्य)