NE/Prabhupada 0618 - आध्यात्मिक गुरु धेरै खुसी हुन्छन् कि "यी शिष्यले मभन्दा धेरै प्रगति गरेका छन्"



Lecture on CC Adi-lila 7.91-2 -- Vrndavana, March 13, 1974


जब एक शिष्य अध्यात्मिक विकासमा पूर्ण हुन्छन्, तब अध्यात्मिक गुरुले धेरै, धेरै खुसी अनुभव गर्छन्, कि "म बेकार हुँ, तर यी युवा, उनले मेरो उपदेश पालन गरे र उनले सफलता प्राप्त गरे | यो मेरो सफलता हो |" यो अध्यात्मिक गुरुको लक्ष्य हो | एउटा पिता जस्तै | यो सम्बन्ध हुन्छ | जस्तै..... कोहि पनि कसैलाई आफुभन्दा विकसित देख्न चाहँदैन | यो प्रकृति हुन्छ | मत्सरता | यदि कोहि कुनै विषयमा विकसित हुन्छ, तब म ऊप्रति इर्ष्यालु हुन्छु | तर अध्यात्मिक गुरु वा पिता, उनी इर्ष्यालु हुँदैनन् | उनी आफैं धेरै धेरै खुसी अनुभव गर्छन्, कि "यी युवा मभन्दा बढी विकसित भए |" यो अध्यात्मिक गुरुको स्थिति हुन्छ | त्यसैले कृष्ण, चैतन्य महाप्रभुले व्यक्त गर्नुहुन्छ, उहाँले (अस्पष्ट) कि...... "जब म परमानन्दमा जप्छु र नाच्छु र रुन्छु, मेरो अध्यात्मिक गुरुले यस प्रकार मलाई धन्यवाद ज्ञापन गर्नुहुन्छ: भाल हैल," यो धेरै, धेरै राम्रो छ |" पाइले तुमि परम​-पुरुषार्थ​: "अब तिमीले जीवनको उच्चतम सफलता प्राप्त गरेका छौ |" तोमार प्रेमेते: "किनकि तिमी यति धेरै विकसित छौ, आमि हैलाङ् कृतार्थ​, म यति धेरै आभारी अनुभव गर्दैछु |" यो स्थिति हुन्छ | तब उहाँले प्रित्साहन दिनुहुन्छ, आच​, गाओ, भक्त​-सङ्गे कर सङ्कीर्तन​: "अब जाऊ | तिनीले यति धेरै सफलता प्राप्त गरेका छौ | अब फेरी तिमि जाऊ |" नाच: "तिमी नाच |" गाओ: "तिमी गाउ र जप," भक्त सङ्गे,"भक्तको समाजमा |" जागिर बनाउने होइन, तर भक्त सङ्गे | यो अध्यात्मिक जीवनमा सफलता प्राप्त गर्ने वास्तविक स्तर हो | नरोत्तम दास ठाकुरले पनि भन्नुहुन्छ कि ताञ्देर चरण​-सेवि-भक्त​-सने वास​, जनमे जनमे मोर एइ अभिलाष​ | नरोत्तम दास ठाकुरले भन्नुहुन्छ कि "जन्म-जन्मान्तर |" किनकि एक भक्त, उनी घर फर्कने, भगवद धाम फर्कने महत्वाकांक्षा राख्दैनन् | होइन | कुनै स्थान, यसको मतलब हुँदैन | उनी केवल भगवानको महिमा गाउन चाहन्छन् | यो हो उनको कार्य | यो भक्तको कार्य होइन कि उनी जप्छन् र नाच्छन् र भक्ति सम्पन्न गर्छन्, वैकुण्ठ वा गोलोक वृन्दावन जान | त्यो कृष्णको इच्छा हो | "यदि उहाँले इच्छा गर्नुहुन्छ, उहाँले मलाई लानुहुनेछ |" जस्तै भक्तिविनोद ठाकुरले भन्नुभयो: इच्छा यदि तोर | जन्माओबि यदि मोरे इच्छा यदि तोर​, भक्त​-गृहेते जन्म ह​-उ प मोर​ | भक्तले यो मात्र प्रार्थना गर्छन् कि..... उनी कृष्णसँग अनुरोध गर्दैनन् कि "कृपया मलाई वैकुण्ठ वा गोलोक वृन्दावन फिर्ता लानुहोस् |" होइन | "यदि हजुरलाई लाग्छ कि मैले फेरी जन्म लिनुपर्छ, त्यो ठिकै छ | तर मेरो केवल अनुरोध यो छ कि मलाई भक्तको घरमा जन्म दिनुहोस् | त्यतो हो | ताकी म हजुरलाई नबिर्सीउँ |" यो नै भक्तको एकमात्र प्रार्थना हो |