NE/Prabhupada 0619 - लक्ष्य भनेको आध्यात्मिक जीवनको सुधार हुन्छ, यो गृहस्थ-आश्रम हो



Lecture on SB 1.7.24 -- Vrndavana, September 21, 1976


मतिर् न कृष्णे परतः स्वतो वा मिथो ऽभिपद्येत गृह​-व्रतानाम् (श्री भा ७|५|३०) | गृह​-व्रतानां मतिर् न कृष्णे | जसले प्रण लिएका छन् कि "म यो पारिवारिक जीवनमा रहनेछु, र मेरो स्थिति सुधर्नेछु," गृह​-व्रतानाम्...... गृह​-व्रत | गृहस्थ र गृह​-व्रत फरक हुन् | गृहस्थ भनेको गृहस्थ आश्रम | एक पुरुष पत्नी वा बच्चासँग बस्छ, तर लक्ष्य भनेको कसरी अध्यात्मिक जीवन सुधार्नु हुन्छ | त्यो गृहस्थ आश्रम हो | र जसको त्यस्तो लक्ष्य छैन, ऊ केवल इन्द्रियतृप्ति गर्न चाहन्छ, र त्यस प्रयोजनको लागि ऊ घर, पत्नी बच्चालाई सजाउँछ- उसलाई गृह​-व्रत वा गृहमेधी भनिन्छ | संस्कृतमा विभिन्न अर्थको लागि विभिन्न शब्द छन् | जो गृह-व्रत छन्, तिनीहरु कृष्ण भावनाभवित हुन सक्दैनन् | मतिर् न कृष्णे परतः स्वतो वा | परतः भनेको गुरुको निर्देशनले वा अधिकारीको निर्देशनले, परतः | र स्वतो वा | स्वत: भनेको आफैं हुने | र यो उपदेशबाट स्वत: हुन सम्भव छैन | किनकि उसको प्रण यो छ कि "म यस्तै रहनेछु |" गृह-व्रतानाम् | मतिर् न कृष्णे परतः स्वतो वा मिथो ऽभिपद्येत​ | मिथ:, कुनै बैठकबाट, भेलाबाट, संकल्प प्रस्तावबाट होइन, "यदि हामी कृष्ण भावनाभवित हुन चाहन्छौं," त्यो सम्भव छैन | यो सबै व्यक्तिगत हो | म कृष्णप्रति व्यक्तिगत रुपमा शरणागत हुनुपर्छ | जस्तै जब तपाई आकाशमा हवाईजहाजमा जानुहुन्छ, यो सब व्यक्तिग हुन्छ | यदि कुनै हवाईजहाज खतरामा हुन्छ, अरु हवाईजहाजले उसलाई बचाउन सक्दैन | त्यो सम्भव छैन | त्यसैगरी, यो सबै व्यक्तिगत हुन्छ | यो सब परत: स्वतो वा हुन्छ | जसले पनि यसलाई गम्भिरतापूर्वक लिनुपर्छ, व्यक्तिगत रुपमा कि "कृष्ण चाहनुहुन्छ, त्यसैले म शरणागत हुनेछु | कृष्णले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६), त्यसैले म यो गर्नेछु |" यो होइन कि "जब मेरा पिताले गर्नेछन्, तब मैले गर्नेछु," वा "मेरा पतिले गर्नेछन्, तब मैले गर्नेछु," वा "मेरी पत्नीले गर्नेछिन् |" होइन | यो सब व्यक्तिगत हो | यो सब व्यक्तिगत हो | र कुनै अवरोध छैन | कुनै अवरोध छैन | अहैतुक्य् अप्रतिहता | यदि तपाई कृष्णमा शरणागत हुन चाहनुहुन्छ, कसैले तपाईलाई रोक्न सक्दैन | अह्ऐतुक्य् अप्रतिहता यया आत्मा सुप्रसीदति | जब तपाईले व्यक्तिगत रुपमा गर्नुहुन्छ...... यदि तपाई..... सामुहिक रुपमा यो गरियो भने, यो राम्रो हो, तर यो व्यक्तिगत रुपमा गर्नुपर्छ |